साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हनुमान ढोकाका श्री हनुमानजी

हनुमानजीले जुम्रा हेरिरहेको रुमालले फेरि आफ्नो मुख छोप्नुभयो । म जिल्ल परें । के भएको यो भनेर यसो आँखा मिचेर हेर्दाखेरि त म पहिलेजस्तै मुख छोपिराखेको श्री हनुमानजीको ढुङ्गाको प्रतिमूर्तिअगाडि पो उभिइराखेको रहेछु ।

Nepal Telecom ad

तपाईंलाई आफूसित लोग्नेपन कम भएको जस्तो लाग्दछ अथवा लोग्नेपन नै नभएको जस्तो लाग्दछ ? यदि त्यस्तो लाग्दछ भने श्री हनुमानजीको सेवा गर्ने गर्नोस् । श्री हनुमानजीको सेवा गर्नुभएमा लोग्नेपन कम भएर गएको रहेछ भनेदेखि देखिने गरी तपाईंमा लोग्नेपन बढ्न थाल्दछ । होइन, लोग्नेपन शून्य नै भएर गइसकेको रहेछ भनेदेखि बिस्तारै अलिअलि भए पनि लोग्नेपन तपाईंमा हुनहुन थाल्दछ ।

बूढापाकाहरूले यस्तो भन्नुभएको हुनाले मैले हनुमानढोकाका श्री हनुमानजीको दर्शन दिनको चुत्थैमा एकपल्ट गर्दै आइरहेको धेरै नै वर्ष भइसक्यो । हनुमानढोकाका श्री हनुमानजीलाई छोएर दर्शन गरेमा के हुने हो कुन्नि ? त्यो त मलाई थाहा छैन । हनुमानढोकाको श्री हनुमानजीका प्रतिमूर्ति राखिएको खम्बा मात्र छोएर ढोग्नासाथै मलाई त आफूमा पूरा लोग्नेपन भएर जीउ नै सिरिङ्ग भएर आएको जस्तो लाग्दछ । त्यसैले अरू जस्तोसुकै बित्ने काम भए पनि म सधैं हत्तरपत्तर हनुमानढोकाका श्री हनुमानजीको दर्शन गर्न पुग्दछु ।

तपाईंहरूलाई याद छ होला, हनुमानढोकाका श्री हनुमानजीको मुख रुमालजस्तो घुम्टोले छोपिएको छ । मन्दिरमा देवताको दर्शन गर्न जाँदा घण्टा बजाएर “प्रभु ! म भक्त दर्शन गर्न आउँदै छु ।” भनेर सूचित गर्नुहुन्छ किनभने मन्दिरमा बजाउनलाई घण्टा राखिएको हुन्छ । तर यो हनुमानढोकाको श्री हनुमानजीलाई “प्रभु ! म हजूरको भक्त आएको छु ।” भन्नलाई अरू देवीदेउताहरू कहाँ झैं सूचित गर्नलाई यहाँ कुनै घण्टासण्टा राखिएको छैन है । ब्रह्मचर्य भङ्ग नभएको हुँदा श्री हनुमानजीले अन्तरध्यानले आफ्ना भक्तजनहरूलाई देख्दछन् रे । ब्रह्मचर्यव्रत भङ्ग भएको अरू देवताजस्तो पनि छैनन् रे यी हनुमानजी ।

जाँड, रक्सी, गाँजा, धतुरो खाने अरू देवताजस्तो बेहोशमा पनि कहिल्यै हुँदैनन् रे यी हनुमानजी । आफूलाई चाहिएको चाहिँ लोग्नेपन हो, जो खम्बा छोएर ढोग्नासाथै इन्जेक्सन दिँदाखेरि जीउ नै झुम्म हुने गरी लोग्नेपन भएर आउने भएको हुनाले मैले ती हनुमानजीको मुख छोपिए पनि, बजाउने घण्टी नभए पनि हनुमानढोकाका श्री हनुमानजीको दर्शन गर्दै आइरहेको थिएँ । एक दिन सदा हनुमानढोकाका श्री हनुमानजीको दर्शन गर्न गएको बेलामा श्री हनुमानजी त टाउको छोपिराखेको हा हुनुहुन्थ्यो । त्यो देख्नासाथ पहिले त मत पनि क्या हो यो दुनि हात चलाउदै जुम्रा पो हेर्दै छ वा आज साक्षात् देवीदेउता बास गरेको मुलुक हो वा हाम्रो नेपाल । यस्तो कुरो मनमा राख्दै विस्तारे बाबा छोएर के साबिक श्री हनुमानजीको दर्शन गरेर जान लागेको थिएँ, श्री हनुमानजीबाट आज्ञा भयो- ए पिवा के छ हालचाल अचेल काठमाडौ उपत्यका युवकहरूमा लोग्नेपन नै छैन रे भन्ने सुन्दछ नि हो के यो कुरा

“हो प्रभु लोग्नेमान्छेपन नभएकाले आजभोलिका ठिटाहरू डिटीहरूको पहिरन गरेर हिँड्छन् ।” नम्र भएर मैले सानो स्वरमा भनें ।

अनि फेरि श्री हनुमानजीबाट आज्ञा भयो- “लोग्नेमान्छेमा लोग्नेमान्छे नै खत्तम भएपछि देशै बरवाद भएन त ? लोग्नेमान्छे भन्ने नै भएन भने अन्याय र अत्याचारको कसले विरोध गर्ला ए ? त्यसो भए लोग्नेमान्छेपन नभएका केही युवकहरूको एउटा दल यहां मकहाँ ल्याऊ । तिनीहरूमा म युवकत्व, जोश र निर्भीकता भरेर पठाइदिन्छु। त्यो एउटा काम गर है तिमीले ।”

अनि मैले भनें- “अचेल नेपालमा केही देशको लागि ग भन्ने जोश र उमर भएको दलसल नै छैन प्रभु । खालि खान दिए काम गर्ने, खान नदिए काम नगर्ने सदस्यहरू भएका दलहरू मात्र छन् ।” अनि हनुमानजीबाट फेरि आज्ञा भयो- “बुद्धले भन्नुभएको छ- संध शरणं गच्छामि राम्रो सङ्गठन त हुनुपथ्र्यो । जोशिला युवकहरू सदस्य बनाएर तिमी आफैं अध्यक्ष भएर एउटा नयाँ सङ्गठन खोल न ।”

“सङ्गठन खोल्नलाई पैसासैसा छैन प्रभु ! पैसा नभई के सङ्गठन चल्ला र !” मैले भनें ।

अनि हनुमानजीबाट आज्ञा भयो- “पैसाले सङ्गठन चल्दैन । सिद्धान्तले सङ्गठन चल्छ । पैसाले सङ्गठन चलाइरहेकाहरूले देशको उन्नति गर्ने छैनन् । राष्ट्रियता, समाजवाद र प्रजातन्त्रको नारा दिएर सिद्धान्तवादी जोशिला युवकहरूको समूह गठन गर । व्यक्तिप्रधान पार्टी पार्टी नै होइन । सिद्धान्त र कार्यप्रधान पार्टी भाव खास पार्टी हो । बाद फरक भएर अर्को पार्टी खडा भए त्यस पार्टीले प्रजातन्त्रलाई बिगार गर्दैन । म नै पार्टीको अध्यक्ष हुन्छ भन्नेले पार्टी चलाएर खादैन । अनुशासनहीन कार्यकतालाई पार्टीबाट निकाला गर्नुपर्दछ र काम गर्ने निःस्वार्थी कार्यकर्तालाई माथि ल्याउनुपर्दछ । प्रजातन्त्र रक्षा हुने गरी प्रजातान्त्रिक उहले पार्टीका मानिसहरूले राज्यशासन चलाए म आफ्नो मुख छोदिन होइन, धाक रवाफ देखाउँदै पार्टीका मानिसहरू आपसआपसमा झगडा गरी प्रजातन्त्र नै फेरि एकतन्त्रमा परिणत हुने अवस्था ल्याएमा म आफ्नो मुख फेरि छोप्दछु” भनेर हनुमानजीले जुम्रा हेरिरहेको रुमालले फेरि आफ्नो मुख छोप्नुभयो । म जिल्ल परें ।

के भएको यो भनेर यसो आँखा मिचेर हेर्दाखेरि त म पहिलेजस्तै मुख छोपिराखेको श्री हनुमानजीको ढुङ्गाको प्रतिमूर्तिअगाडि पो उभिइराखेको रहेछु । अनि म हनुमानजीको दर्शन गरेर सरासर घर आएँ ।

०००
‘घुयेँत्रो’ (२०५५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
श्रीमती हिरोइन

श्रीमती हिरोइन

सूर्यबहादुर पिवा
मास्टरसाहेब ! नमस्कार !!

मास्टरसाहेब ! नमस्कार !!

सूर्यबहादुर पिवा
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
सपनाको कुरो

सपनाको कुरो

सूर्यबहादुर पिवा
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x