साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा !!

हामी सबैको मानवीय उपहार हो बस् ढुङ्गो नबनाऊ मूर्ति नसम्झ उनी हाम्रै परिवारकी एक सदस्या हुन् बथानमा रहेका पोथीजस्तै समाजका आमाहरू !!

Nepal Telecom ad

अन्धताको हुन्छ
-सीमा
अस्पष्टताको हुन्छ
-साँध
जायज कुराको
भक्त बन्नु पनि
एउटा पाटो हो
-अन्धकारमा
-अस्पष्टतामा
-अज्ञानतामा
छिप्छिपे पानीलाई
असबाफ जलजङ्घार ठानेर
किनारा वारि नै
वरुणपूजाको आरती
देवत्वको दन्दनाहट
ज्वाला स्मरण गरेर
सर्वस्व सुम्पनुको मूर्खतामा
ओ, स्रष्टाहरू !
आफूलाई
आफ्ना मनवचनलाई
कति दिन बन्धक बनाउँछौ ?

आमा !
बाबुकी पत्नी हुन्
न हुन्जेल प्रेयसी हुन्
भएपछि तिम्री
-हाम्री
-मेरी
-उसकी
-अर्काकी आमा

आमा !
-न पहिले देवी थिइन्
-न पछि परम्शक्तिरूपा हुने हुन्
न अहिले
खोपी सजाएर
-मूर्ति पुजिन्छिन्
ओ,मेरा दिल थोत्रा स्रष्टाहरू !
आमा !
तिनै एक बस्तु हुन्
जसमा
-भैँसीको रूप छ
-भेडीबाख्रीको रूप छ
-गाईको रूप छ
-पोथी मृगशावकको रूप छ
-छोरीबुहारीको स्वरूप छ
-तिमी, कवयत्रीको स्वरूप छ
मात्र एक बस्तु
जो भोकमा
-पेटभरि खाना खोज्छ
जाडोमा
आङ् भर्ने नाना खोज्छ
शीतमा
-शिर ओत्ने छाना खोज्छ
तिम्री आरती बल्ने दुर्गाले
महिषासुरमर्दिनी कालीले
शुम्भनिशुम्भ ढाल्ने भगवतीले
खोपी सजिने
अनेक मिथक देवीले
पार्वतीसीताले
कुन्तीद्रौपदीले
सुनेका छौ कतै ?
-खाना खोजेका कुरा
सुनेका छौ कतै
नाङ्गा आङ्
-नाना खोजेका कुरा
देखेभोगका छौ कतै ?
-छाना सजाउन चाहेका कुरा
भ्रमका अविर
निराधार भरेर
कलम सजिने हातमा
सामुद्री हड्डी
शङ्खघन्ट उचाल्दै
मानेतोर्मा घुमाउँदै
रालसिँगानका अशक्तावस्थामा
वृध्दाश्रम धकेल्ने
ओ,मनोदरिद्र स्रष्टाहरू!
आमा!
कुनै मन्दिरमा सजाएर
मुख बन्द गर्दै
आरती सल्किने
न कुनै पत्थर हुन्
न हुन सक्छिन्
अन्यायी खेतमा रम्ने
न सुनबालाकी भरोसा हुन सक्छिन्
आमा !
मात्र एक पोथी व्यक्ति हुन्
जसका यौनचाहनाबाट
-ऊ
-तिमी
-म
हामी जन्म्यौ
सन्तुष्टिको चरमपछि
मातृत्व
उनको कर्तव्य हो
अपराधपछिको दन्ड
न भार हो
न ऋण हो
सामान्य कर्तव्य हो
अनुशासनको
मानवीय अनुशासनको
अन्यत्र लागू हुन्न यो
अशक्त हुन्छिन्
सहारसुसार गर
खाना
नाना
र छाना
तिमी
हामी सबैको मानवीय
उपहार हो
बस्
ढुङ्गो नबनाऊ
मूर्ति नसम्झ
उनी
हाम्रै परिवारकी
एक सदस्या हुन्
बथानमा रहेका पोथीजस्तै
समाजका आमाहरू !!

०००
कलेकुटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x