साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुण्डाराज

त्यसको केही क्षणमा पत्रिकामा ठूला अक्षरमा समाचार छापियो- “गुण्डा नाइकेको सत्ता सफत ।” विचरा प्रहरी भने गुण्डालाई स्यालुट हान्नुपर्ने पीडाले छट्पटाउँदै थिए ।

Nepal Telecom ad

ऊ कुख्यात अपराधी, जो सुनदेखि मानव तस्करीसम्ममा संलग्न थियोे । पुलिसलाई सबै कुरा थाहा भए पनि सहि प्रमाणको अभावमा उसलाई पक्राउ गर्न सकेको थिएन । एक दिन बारमा झगडा गर्दैगर्दा उसलाई पुलिसले पक्राउ गरि जेल हाल्यो ।

जेलमै गुण्डाले प्रहरीलाई धम्क्यायो- “मलाई पक्राउ गरि गल्ती गर्नुभयो महासय ! माथिबाट फोन आउदैछ, तपाईंले छोड्न पर्ने हुन्छ । होस गर्नुस् जागिर जाला !!”

गुण्डाको धम्कीले प्रहरीलाई आकुलब्याकुल बनायो । प्रहरीले उसलाई एक झापड लगाए र भने- “एकदम चुप लाग !”

पक्राउ परेको एक घण्टा नबित्दै प्रहरीलाई माथिबाट फोन आयो- “मेरो मान्छे पक्राउ गरि गल्ती गर्दै हुनुहुन्छ ? जागिर खाने रहर भए तुरुन्तै छोडिदिनुस् ।”

माथिको आदेश प्रहरीलाई भारी भयो । प्रहरी गुण्डा छोड्न बाध्य भए ।
गुण्डा मुस्कुराउँदै- “देख्नु भो त महासय मेरो तागत !!”

प्रहरी नजवाफ भए । त्यसको केही क्षणमा पत्रिकामा ठूला अक्षरमा समाचार छापियो- “गुण्डा नाइकेको सत्ता सफत ।” विचरा प्रहरी भने गुण्डालाई स्यालुट हान्नुपर्ने पीडाले छट्पटाउँदै थिए ।

उता सडकमा चर्को नारा घन्किन थालेको थियो- “गुण्डाराज जिन्दावाद ! जिन्दावाद !!”

०००
रातोपुल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x