साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सारा देश खुसियालीमा हुँदा म भने दुःखी छु

टोल-टोलमा एयरपोर्ट, बादलमाथि च्याउ खेती, पैसा फल्ने रुख, टुँडिखेलमा तेलको कुवा, हरेक घरको छतमा हेलिप्याड, पढ्दै नपढि घर-घरमा सर्टिफिकेट, घरमै बसेर रिमोट थिच्दा सोझै अमेरिका.....।

Nepal Telecom ad

सर्वोच्च अदालतले विघटित प्रनिनिधिसभाको पुनर्स्थापनासँगै नयाँ संविधानले परिकल्पना गरेको शासकीय प्रणाली कस्तो हो भनी परिभाषित समेत गरिदियो । त्यसपछि प्रतिगमन सच्चियो, देश दुर्घटना हुनबाट जोगियो । तिनै तहका सरकारहरूको निर्वाचन भयो । अब देश राजनीतिक स्थिरतातर्फ जान्छ र विकासले गति लिन्छ भन्ने एक किसिमको हर्ष र उल्लासमय वातावरण बनेको छ तर मलाई भने कागलाई बेल पाक्यो न हर्ष न विस्मात जस्तै भएको छ । सारा देश खुसियालीमा हुँदा म भने दुःखी छु । मलाई त्यसो हुनुमा मेरा आफ्नै तर्कहरू छन् ।

मलाई खरो कुरा गर्दा पनि हसाउँन नछोड्ने, हरेक मञ्चमा नयाँ नयाँ उखान र शब्दहरूको प्रयोग गर्ने मान्छे अब पाइन्न कि भन्ने चिन्ता लागेको छ । उखान टुक्का सुनाउन र भाषणमा मिठास भर्दै श्रोता तथा कार्यकर्तालाई हसाउँने मान्छे शायद अब पाईंदैन कि ! सरकारको हुण्डी खाएर नाँङ्गो नाच नाच्ने साईबर स्यालहरूको नाङ्गो नाच हेर्न नपाइन्न कि भन्ने चिन्ता लाग्न थालेको छ ।

नेपालले गरेको आर्थिक प्रगति देखेर विश्व समुदाय आश्चर्यचकित परेको छ । अहिले नेपाल भनेर विश्व समुदायका मानिसहरूलाई चिनाइरहनु नपर्ने भएको छ । दैलेखका शिरिस्थान, नाभिस्थान, पादुका, धुलेश्वर लगायत पञ्चकोशी क्षेत्रमा सयौँ वर्षदेखि ज्वालाका रुपमा पेट्रोलियम पदार्थ निकालेर बिदेश निर्यात गर्न धेरै दिन लाग्ने थिएन । घर घरमा खाना पकाउने ग्यासको पाइप आउनै लागेको थियो । अबको केहि दिनमा आई हाल्नेवाला थियो, अब कसले ल्याइदिन्छ ? प्रशान्त महासागरसम्मको निकास खोल्न तयारी चरणमा थियो । चिनियाँ रेल्वेसँग नेपालको काठमाडौँ-पोखरा हुँदै लुम्बिनीसम्म, उता पोखरा, कुश्मा हुँदै बेनीसम्म रेलको लिक बिच्छ्याउने काम तयारी अवस्थामा थियो । रेलको लिक बनाउने फलाम कारखाना आफ्नै देशमा खोल्न सबै तयारी पुरा हुनै लागेको थियो ।

ग्यासका सिलिन्डर काँधमा बोकेर, मोटसाइकलमा बोकेर हिँड्नु पर्ने वाध्यताको अन्त्य हुनै लागेको थियो, सिलिन्डरको युग समाप्त भएर घर-घरमा चुला-चुलामा पाइप पुग्नै लागेको थियो । भुरुरु धुवाँ छोड्ने डिजेलको बस होइन, इलेक्ट्रिक बस चलाउनको लागि स्ट्याण्डबाई थिए । हावाबाट बिजुली निकालेर राष्ट्रिय प्रशारण लाइनमा जोड्ने काम अन्तिम चरणमा थियो । एक वर्षभित्र बिजुली भारत चीन र बङ्गलादेशमा बेच्ने तयारी थियो । धेरेजसो नेताहरूलाई खुसी साथ काम गरुन् भनेर उपप्रधानमन्त्री, मन्त्री, पार्टीको केन्द्रिय सदस्य बनाइएको थियो । मन्त्रीहरू धेरै भएर केहि बिग्रिएको थिएन । मन्त्रीका अगाडि एउटा पगरी गुथाइदिएको त हो । सांसद्को भन्दा मन्त्रीको दुई हजार बढी तलब हुने त हो नि । पार्टीको केन्द्रिय सदस्य बनाएर सर्वमान्ने कसैले पनि नमान्ने बनाइएको थियो ।

भ्रष्टाचारै सहि ३३ किलो सुन, प्रिंटिङ प्रेस खरिदमा ७० करोड, हवाईजहाज खरिदमा ४ अर्ब कमिशन जस्ता आर्थिक कृयाकलापले देशमा ठूलो सम्पत्ति भित्रिएको थियो, आर्थिक कृयाकलापहरू बढेको थियो । कतिजनाले रोजगारी पाएका थिए । कतिजनाले पीए/सल्लाहकारमा जागिर पाएका थिए अब तिनीहरूले रोजगारी गुमाउने हुन कि भन्ने चिन्ता लाग्न थालेको छ ।

यौन मानव जीवनको अभिन्न अङ्ग हो । त्यसैले यौनेच्छा हुनु, यौनका कुरा सुन्दा उत्तेजित हुनु एकदम स्वाभाविक हो । मानव जीवनका लागि भोक, प्यास र निद्रा जस्तै प्रकृतिले दिएको यौन पनि आवश्यक कुरा हो । यो प्रकृतिले मानवजातीलाई दिएको बरदान हो । तर हाम्रो देशमा यौन सम्बन्धी कुरा गर्न लाज मानिन्छ । खास कुरा यो हो कि नियमित सेक्स स्वास्थ्यको लागि एकदम राम्रो हो । स्वास्थ्यका लागि राम्रो चिज गर्न एक किसिमले छुटजस्तै थियो । नमान्नेहरूलाई मात्र बलत्कार र हत्या गरेको हो । माने भैहाल्थ्यो नि त कसले बलत्कार र हत्या गर्थ्याे त ? कञ्चनपुरकी निर्मला पन्त, बझाङकी सम्झना बिक, बैतडीकी भागिरथी भट्टलाई भनेको नमानेपछि जबर्जस्ति गरेर मार्नु परेन त ? अब यो पेशा मौलाउन नपाउने हो कि भन्ने चिन्ता लागिरहेको छ ।

नेपालका पार्टीहरूमा रहेको गुट, उपगुट, सहगुट र झुन्ड संस्कृतिको कत्रो ठूलो बजार थियो त्यो बजार अब फस्टाउन पाउँदैन कि भन्ने चिन्ता लागेको छ । मानवसाङ्लोलाई माखेसाङ्लो देख्ने दुरदृष्टि भएको मान्छे फेरि भेटिंदैन कि ? एउटा झोला किन्दे भन्यो भने झोला किनिदिने मान्छे थिए । त्यतिले पुगेन, एउटा हात्ती पनि किनिदे भन्यो भने हात्ति किनिदिने मान्छे पनि थिए । लौ अब त्यो हात्ती यो झोलामा हालिदे भनेर निहुँ खोज्नेहरूलाई पनि हात्तिलाई झोलामा हालेर हेरेको हेर्यै पारिदिने मान्छेहरू पनि थिए । अब ती फेरि देख्न पाईंदैन कि भन्ने चिन्ताले पिरोलेको छ ।

गाउँघरका खेत पाखा बाँझो भएर के भो त कौसीमा गमला खेती जस्तो लोकप्रिय कार्यक्रम फेरि नीति तथा कार्यक्रममा समेटिने हो कि होइन चिन्ता लाग्न थालेको छ । बयलगाडा संस्कृति भित्र्याएर अहिलेको युवा पुस्तालाई बयलगाडा भनेको के हो भनेर चिनाउने विद्वानहरू फेरि शक्तिमा देखिन पाइने हो कि हैन चिन्ताको विषय बनेको छ । गधालाई धोएर गाई बनाउने भनेर कति धेरै साबुनको डल्लाहरू सिध्याउने गधाहरूको ब्यापार बढेको थियो । अब त्यो ब्यापार सुस्ताउँछ कि भन्ने चिन्ता थपिएको छ । झुम्रा, कागज र अरु सामग्रीहरू जोडेर पुतली बनाएर आकाशमा उडाउन ठीक्क थियो । पुतली पनि उड्न ठिक्क परेको थियो । टोल-टोलमा एयरपोर्ट, बादलमाथि च्याउ खेती, पैसा फल्ने रुख, टुँडिखेलमा तेलको कुवा, हरेक घरको छतमा हेलिप्याड, पढ्दै नपढि घर-घरमा सर्टिफिकेट, घरमै बसेर रिमोट थिच्दा सोझै अमेरिका, भोक लाग्ने वित्तिकै आँफै पेट भरिने जस्ता राष्ट्रिय गौरवका आयोजना ल्याउनै आँटेको बेला आफ्नै पार्टीका मान्छे भनाउँदा माका फुँईहरूले देखि सहेनन् । तर बाँदरले रुखका हाँगा हल्लाउँदैमा रुख त ढल्दैन नि । यस्तो ढुक्क हुने मान्छेको सुशासन हेर्न र भोग्न पाइन्न कि भन्ने चिन्ता लागेको छ ।

एउटा सानो सपना देख्ने अनि त्यो सानो सपना पूरा गर्न ठूलो सपना देख्ने मान्छे पाउन मुश्किल हुने त होइन भन्ने चिन्ता लागेको छ । २१औं शताब्दीमा चार्ली च्याप्लिनको झल्को दिने गरि यो धर्तिमा नयाँ मान्छे उदाउँदैनन् कि भन्ने चिन्ताले पिरोलेको छ । अरुहरू बेलुका भयो कि रक्सी खाएर चिन्ता मेटाउँछन् तर अरु रक्सीको नशामा लठ्ठ भइरहेको बेला देश बिकासमै तल्लिन हुने मान्छे भेटाईंदैन कि र यो मुलुकको विकास अवरुद्ध हुन्छ कि भन्ने चिन्ताले सारा देश खुसियालीमा हुँदा पनि म भने दुःखी छु । अब क्यार्नी तो ? दुःखी भएर आफ्नै थुतुनो कालो पार्नु बाहेक अरु केहि छैन ।

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x