साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता म मानूँ किन ??

पाखाझैँ हरिया मनोजग हुने नेता भए मान्छु म अग्ला हैम चुली चुली अझ फुली नेता भए मान्छु! यी स्वाँगे घरका विलास बखडा नेता म मानूँ किन ? स्वार्थी भ्रष्ट समाज साँध परका नेता म मानूँ किन ??

Nepal Telecom ad

कलानिधि दाहाल :

नौटङ्की घरबार पूजक सबै नेता भएका यता
आफैँ खान तयारका तिरिमिरी चम्चा विजेता यता!
को छन् सामु समाज थाह नहुने साना सबै बालक
यस्ता यी भिडभाड शैशव सबै गुच्चा भए चालक !!

छाडी जागिर स्वार्थ टिप्न दुगुरी गल्ली छिरेका जन
कोही आस नराख राख्न सकिने खै देखिने सज्जन ?
चौडा हात हुने उचा शिर हुने आए हुने हो तर
जम्मै बाल स्वभावका लहडले भत्काउँछन् यो घर !!

भ्रष्टाचार छ रास रास रसको सन्तान छन् रासमा
विद्रोही अझ आउने गजब यो हो भ्रष्टकै भासमा!
नारा उग्र पछार्न उद्दत सबै गर्जेर साँढे सरी
भट्टीभाट उठी उठी अझ उठी नेता चुमेका परी !!

यौटा चोर चमार चाप्लुस सधैँ नाङ्गो भई सांसद
नाच्ने नै विजयी निरन्तर हुने यस्ता भए सांसद !
न्यायी छैन विवेक छैन हठका नेता हुने सांसाद
यस्ता चोर चलाख चाल घरका नेता हुँदा सांसद !!

भ्रष्टाचार लुकाउने जति सबै नेता भई निस्किए
काला रङ्ग छरे छरे तल झरे यी अन्धमा जिस्किए !
ताला ताल तिनै जगा जग तिनै नेता तिनै मालिक
चौडा चाकर घात घायलसँगै नेता सदा सालिक !!

खै छन् ? बुध्द विशाल वक्ष समका नेता छहारी दिने
खै छन् ? चेत विशाल नास्न तमका आगो उल्यालो दिने ?
खै छन् ? दीन उचाल्न तत्पर कतै नेता उचाकाशमा
छन् जम्मै विषका घडा घर खडा स्वार्थान्धका भासमा !!

गाडीमाथि चढी चढी अझ बढी सामन्तका सानले
दम्भी दाग जमात राग ननिका आफ्नै छ सम्मानले !
छन् राम्रै ठगका हिमायतहरू नेता चुनिन्छन् यिनै
सत्ता घुम्न सिपालु पागल पला चुम्दै गरेका यिनै !!

चौडा चोर दिमाग पाल्न चतुरा नेता यिनै बन्दछन्
ठग्ने ठान ठगी ठमाठम यिनै षड्यन्त्रमा रम्दछन् !
जो जो चाल चलाख चञ्चल अझै छन् धूर्त नेता सब
यस्ता गन्ध गवार गायक गला मानूँ म के गौरव !!

पाखाझैँ हरिया मनोजग हुने नेता भए मान्छु म
अग्ला हैम चुली चुली अझ फुली नेता भए मान्छु म !
यी स्वाँगे घरका विलास बखडा नेता म मानूँ किन ?
स्वार्थी भ्रष्ट समाज साँध परका नेता म मानूँ किन ??

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Balkumar chhetri
Balkumar chhetri
2 months ago

अन्तिम श्लोक को दोस्रो हरफमा अन्तिमममा एक अक्षर छुटेको छ।सुधार्न पर्ने देखिन्छ ।

Mina Pokharel
Mina Pokharel
2 months ago

सुन्दर सिर्जना।हार्दिक बधाई मामाश्री🙏🙏

Nepal Telecom ad
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
2
0
Would love your thoughts, please comment.x
()
x