सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

याद आयो

देखाउँदै मिति गुज्रेको जेलमा बसेको लाइसन व्यवस्थै खान थालेको याद आयो मलाई । टाँगेर निधारमा राष्ट्रियताको रातो तुल जासुस अँगालोमा हालेको याद आयो मलाई ।

Nepal Telecom ad

अर्जुन पराजुली :

खरानी बेच्न घर बालेको याद आयो मलाई
कात्रोमा खल्ती हालेको याद आयो मलाई ।

भ्रष्टाचार गर्न दिन्न भन्दै कोरोना कालमा
कमिशनका बोरा उचालेको याद आयो मलाई ।

च्यातेर साथीभाइ बनाएर पुछने टालो
जुत्ता पुछेर फालेको याद आयो मलाई ।

उध्याएर प्रतिगमनको तरबार मध्यरातमा
खसी झैँ संसद ढालेको याद आयो मलाई ।

देखाउँदै मिति गुज्रेको जेलमा बसेको लाइसन
व्यवस्थै खान थालेको याद आयो मलाई ।

टाँगेर निधारमा राष्ट्रियताको रातो तुल
जासुस अँगालोमा हालेको याद आयो मलाई ।

०००
सितलपाखा, कीर्तिपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के हुन्छ कमरेड ?

के हुन्छ कमरेड ?

अर्जुन पराजुली
ती शहीद भए !!

ती शहीद भए !!

अर्जुन पराजुली
उचाल्नु भाे

उचाल्नु भाे

अर्जुन पराजुली
फुर्सद छैन

फुर्सद छैन

अर्जुन पराजुली
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन
कसो गर्नु हो ? माइला दाइ !

कसो गर्नु हो ?...

तेजविलास अधिकारी
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने