साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सुनौँ परिवारको ९४ औँ मासिक कवितावाचन

दुई सत्रमा सम्पन्न कार्यक्रममा विभिन्न भावी कार्यक्रमहरूको निर्णय सर्वसहमतबाट पारित भए भने विभिन्न अग्रज तथा अनुज पुस्ताबाट समसामयिक विषयका रचनाहरू पनि प्रस्तुत गरिए ।

Nepal Telecom ad

मिरिक, दार्जिलिङ, मार्च ४ तारिक २०२३ । मिरिक नगरपालिका पुस्तकालयको सभाहलमा साहित्य सुनौँ परिवार मिरिकको साधारण सभाको सन्दर्भमा मासिक कवितावाचन पनि सम्पन्न भएको छ । दुई सत्रमा सम्पन्न कार्यक्रममा विभिन्न भावी कार्यक्रमहरूको निर्णय सर्वसहमतबाट पारित भए भने विभिन्न अग्रज तथा अनुज पुस्ताबाट समसामयिक विषयका रचनाहरू पनि प्रस्तुत गरिए ।

विशेष संस्थाका संस्थागत निणर्यहरूमा- केही समयअघि संस्थाका सदस्य कथाकार अजम प्रधानको कथासङ्ग्रह ‘चियावाला सरदार’ को विमोचन भएको थियो र यस्तै कर्मलाई प्राथमिकता दिने क्रममा १९ मार्च २०२३ का दिन स्थानीय मिरिकको व्यावसायिक सङ्गठन भवनमा संस्थाको चौथो अङ्क (धनवीर पुरी र कमला राई स्मृति विशेषाङ्क) लोकार्पण गर्ने निणर्य गरियो ।

त्यसैगरी संस्थाका आजीवन सदस्यद्वय दीप मिलन प्रधान र बालकृष्ण शर्मासँगै केही स्रष्टाहरूलाई विभिन्न स्रष्टाका नामाङ्कित सम्मानहरू पनि हस्तान्तरण गर्ने निणर्य गरियो जसमा- स्रष्टा पुरस्कार २०२१ द्वारा सम्मानित प्रापक राजबहादुर राई, तथागत सृजन सम्मान २०२१- प्रापक विनोद प्रसाईं, स्वणर् कलम पुरस्कार २०२२- प्रापक केसाङ्ग लामा, तथागत सृजन सम्मान २०२२- प्रापक शीला लामा, सृजन सम्मान २०२२- प्रापक विष्णुकुमार बराइली, तथागत गौरव सम्मान २०२३- प्रापक कमला तामाङ आदि निणर्यका साथ थप लेखनाथ घिमिरे सम्मान- अजम प्रधान, पत्रिका आवरण सज्जाको निम्ति रोशन दियाली, “पानीको संरक्षणमा” विद्यावारिधि प्रापक शुभेच्छा घतानी आदि व्यक्तित्वहरूलाई समेत सम्मान गर्ने निणर्य भएको छ ।

सोही क्रममा आगामी दिनमा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती र भाषादिवससमेत संस्था आफैले (साहित्य सुनौँ परिवार मिरिक) मनाउने निणर्य पनि गरिएको छ । यी भावी कार्यक्रमहरूको उचित व्यवस्थापन सम्बन्धी कार्यअन्तर्गत सूचनार्थ र चिह्न बनाउने जिम्मा स्रष्टात्रय दीप प्रधान, कमला तामाङ र अजम प्रधानलाई प्रदान गरिएको छ ।

स्रष्टाद्वय अमर दुङ्माली र सुकवीर थापाको समेत उपस्थिति रहेको कार्यक्रमको दोस्रो सत्र रचनावाचनको भएकाले अझ सशक्त बनेको थियो । कार्यक्रममा जिनर घतानी- ‘म यौटा कविता कोर्छु’ शीर्षकको यथार्थवादी कविता, सुकबहादुर गजमेरले अटलविहारी वाजपेयीको हिन्दी कविता- ‘उमरक ओऐसी कैसी’, अनिलमणि प्रधान- ‘दृष्य’, गणेशबहादुर बराइली- ‘परोकाष्ट’, गोकुल रसाइली दुई गजल, कमला तामाङ- ‘सत्य’ (लघुकथा), अजम प्रधान- ‘यसपालीको वसन्त’, शीला लामा- ‘मेरो कविता’ आदि स्रष्टाहरूद्वारा सिर्जना भएको थियो । वाचित रचनामाथि कथ्य समीक्षा गर्दै स्रष्टा राजबहादुर राईले सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

साहित्यकार राजबहादुर राईको अध्यक्षता, सुकवीर थापाको प्रमुख आतिथ्य तथा अरू थप केही स्रष्टाहरूको उपस्थितिमा सम्पन्न सो कार्यक्रम मञ्चासिन अतिथिबाट तुल अनावरण गरी उदघाटन गरिएको थियो । कथाकार दीप प्रधानद्वारा उपस्थित सहभागीहरूलाई स्वागत र कार्यक्रमको औचित्यमाथि प्रकाश पारिएको कार्यक्रममा शीला लामाको सहजीकरण रहेको प्रेषकद्वय संस्थाका प्रचारप्रसार समिति सचिव सुकबहादुर गजमेर र संस्था सह- सचिव कथाकार दीप प्रधानले जानकारी दिए ।

०००

‘फित्कौली’का लागि मेची प्रतिनिधि नदी भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x