साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के पाइयो पाइयो 

हेर्छन् हात र खोज्दछन् हर युवा, सौभाग्य-रेखाहरू, देख्दैनन् तिनले यहाँ दृढ कुनै, आधार-टेकाहरू, आफ्नो भाग्य भविष्य खोज्नुछ भनी, जान्छन् युवा बाहिर, तारा झार्न चरा खसाल्न चतुरा, नेतृत्व छन् माहिर ।

Nepal Telecom ad

ल्याएको गणतन्त्र हो र यसले, खै के दियो सोच्नु छ
ल्याएको निरपेक्ष धर्म पनि हो, खै के मिल्यो खोज्नु छ
जाडो छेल्न हिजो दह्रो घरबुना-राडी र काम्लो थियो
धर्ती बोक्न अतीतमा श्रमसँगै, डोको र नाम्लो थियो ।१

हात्ती एकल बोझ ठान्न पुगियो, हुत्त्याइयो फालियो
उस्तै फेरि अनेक छान्न पुगियो, सम्हालियो पालियो
हात्ती आज हराभरा वन-बुटा, खाएर गोब्र्याउँछन्
मात्रै आर्थिक मेरुदण्ड जन को, सेकेर दोब्र्याउँछन् ।२

आफ्ना सीप तथा परिश्रम यहीँ, बारीभरी फुल्दथे
साराका पसिना र पौरख यहीँ, टारीभरी झुल्दथे
ठान्यौँ अस्ति निकै कमी र बलियो, सङ्घीयता ल्याइयो
पाऔँला सुख शान्ति खूब भनियो, के पाइयो पाइयो ।३

हेर्छन् हात र खोज्दछन् हर युवा, सौभाग्य-रेखाहरू
देख्दैनन् तिनले यहाँ दृढ कुनै, आधार-टेकाहरू
आफ्नो भाग्य भविष्य खोज्नुछ भनी, जान्छन् युवा बाहिर
तारा झार्न चरा खसाल्न चतुरा, नेतृत्व छन् माहिर ।४

भन्छन् खूब विकासको गति लिँदै, हट्दै गरीबी गयो
मान्छे आज पढेर शिक्षित हुँदै, झन् बुद्धिजीवी भयो
पानी झैँ जनशक्ति यो मुलुक को, अन्यत्र मात्रै बह्यो
ओरालोतिर अर्थतन्त्र छ सदा , खै के भयो के भयो ।५

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले सम्म हो हुने ?

कहिले सम्म हो हुने...

कृष्णशरण उपाध्याय पाैडेल
हुन् बाबु आमा भगवान् समान

हुन् बाबु आमा भगवान्...

कृष्णशरण उपाध्याय पाैडेल
गधा

गधा

कृष्णशरण उपाध्याय पाैडेल
चम्चा हुनू केवल

चम्चा हुनू केवल

कृष्णशरण उपाध्याय पाैडेल
त्यो देश को नाम के ?

त्यो देश को नाम...

कृष्णशरण उपाध्याय पाैडेल
आँखै निकाल्नू अब

आँखै निकाल्नू अब

कृष्णशरण उपाध्याय पाैडेल
0
Would love your thoughts, please comment.x
()
x