सुलसुलेबालकृष्ण माबुहाङको ‘इमानु निमा’ माथि विमर्श
माबुहाङको पुस्तकमा समीक्षा गर्नेहरूमा डा. रामनारायण कन्दङ्बा, डा. जीवनकुमार राई, जंगबहादुर भट्टराई, टिका आत्रेय, अर्जुन माबुहाङ र डा.गोबिन्द तुमबाहाङ थिए ।

धरान, २०७९ फाल्गुन २४ । सह प्राध्यापक बालकृष्ण माबुहाङको यात्रा संस्मरण कृति ‘इमानु निमा’ माथि धरानमा विमर्श कार्यक्रमको आयोजना गरिएको छ ।
किरात याक्थुङ चुम्लुङको भवनमा पुस्तक बारे चर्चा परिचर्चा भएको हो । लिम्बुवान अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा छ जनाले समीक्षा गरेका थिए । परिचर्चाको परिचालन केन्द्र विजयपुर च्याप्टरका संयोजक नरप्रसाद लुङ्फुङबाले गरेका थिए । माबुहाङको पुस्तकमा समीक्षा गर्नेहरूमा डा. रामनारायण कन्दङ्बा, डा. जीवनकुमार राई, जंगबहादुर भट्टराई, टिका आत्रेय, अर्जुन माबुहाङ र डा.गोबिन्द तुमबाहाङ थिए ।
इमानु निमामा पूर्वको लिम्बुवानदेखि पश्चिमको रोल्पासम्मको यात्राका बारेमा कलात्मक ढंगबाट प्रस्तुत गरिएको समीक्षकहरूले बताए । यात्रा संस्मरण भनिए पनि पुस्तकको प्रस्तुति उपन्यास जस्तो भएको समीक्षकहरूले बताए । किताबमा विशेषगरी रोल्पादेखि पूर्वको ताप्लेजुङसम्मका आदिवासीको जीवन शैली, आर्थिक सामाजिक पाटो सरल रुपमा प्रस्तुत गरिएको बताए । स्थानीयबीच गरिएको संवाद जस्ताकोतस्तै राखिएकोले पुस्तकलाई थप जीवन्त बनाएको समीक्षा क्रममा उल्लेख गरे ।
कमै मात्रामा मातृभाषामा पुस्तकको राखिने गरेको पृष्ठभूमिमा माबुहाङको यो कृतिको नाम लिम्बू याक्थुङ भाषामा राखिएको सन्दर्भ उल्लेख्य रहेको पनि समीक्षकहरूले बताए । पुस्तकमा ११ वटा यात्रा संस्मरणलाई समेटिएको छ ।
कृति स्रष्टा बालकृष्ण माबुहाङले आफू विभिन्न सन्दर्भमा नेपालको हरेक स्थानमा यात्रा गर्दा गरिएका टिपोटहरूको आधारमा यो यात्रा संस्मरणको पुस्तक तयार पारिएको बताए ।
०००
स्राेत : चिसेफायु
Subscribe
Login
0 Comments
Oldest









































