ललिता ‘दोषी’सराप्ला चिताले
सँगै लान्छौ कि कुर्सी कतै ? समातेका छौ त्यसैले कसी आफू मरे डुम्मै राजा कस्तो भयो तिम्रो मति । कोही भन्थे म मरूँ देश बाँचोस् तिमी भन्छौ देश मरोस् म बाँचूँ खोक्रो-खोक्रो बनाएर राष्ट्र केवल म मात्र हाँसूँ ।

ललिता दाेषी :
देश दुब्लो, दुब्लो कठै !
नेताहरू भए मोटा
छैन राष्ट्रको चिन्ता
कुर्सीको नै भए भोका ।
नाङ्गो नाच सधैँ नाच्छन्
लाजसरम कता गयो ?
स्वर्गजस्तो देश यो
कठै ! कठै !! नर्क भयो ।
गाउँमा छन् वृद्धवृद्धा
छैनन् मलामी कति
पलाएनछन् कर्मठ युवा
ध्यान त्यता गएन रति ।
लाज लाग्छ छिमेकीलाई
नेपाली भनी चिनाउँदा
उच्च थियो शिर हाम्रो
दुख्छ साह्रो गिराउँदा ।
सँगै लान्छौ कि कुर्सी कतै ?
समातेका छौ त्यसैले कसी
आफू मरे डुम्मै राजा
कस्तो भयो तिम्रो मति ।
कोही भन्थे म मरूँ देश बाँचोस्
तिमी भन्छौ देश मरोस् म बाँचूँ
खोक्रो-खोक्रो बनाएर राष्ट्र
केवल म मात्र हाँसूँ ।
सराप्ला चिताले कतै !
सोच ठन्डा दिमागले
मृत्यु त्यही पर नै छ बुझ
लेऊ त्यसको केही त भए ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































