साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुड

हामीले पहिले आफ्नो मुड बनाएर गाउँ समाज इष्ट मित्रको भलो चिताउने काम गर्नुपर्छ। मुड बिग्रियो भन्दैमा इष्टमित्रसित वैरभाव गर्नु आफ्नो खुट्टामा आफैले बञ्चरो हाने बराबर हो।

Nepal Telecom ad

नगिता लेप्चा राई :

मुड अङ्ग्रेजी शब्द हो। तर यो अङ्ग्रेजी शब्द मुड भने हाम्रो जिब्रामा फेभिकोल झैं नै टाँसिएको छ। रातभरि च्याटिङमा मग्न भएर अबेर गरी सुतेपछि बिहान पिठ्यूँमा घाम नआइञ्जेल सुत्ने बानी लागेको छ। यो रोगले मलाई मात्र होइन सबैलाई नै ग्रस्त पारेकै हुनुपर्छ। निँद्रा खुल्यो, टाउको टनटन दुखेर खपिनसक्नु भएको छ। बेड छोड़्न मन लागे त के ! एक फ्वाँक गुटक र सुपारीका केही कुड़्का मुखमा नहाली मुडै आउँदैन। बिहानी पखको स्वच्छ वातावरणको स्पर्श गर्ने कुरै छैन। रातभरि च्याटिङ अनि एक फ्वाँक गुटखा। बस…मुड बनिन्छ। अहिले मेरो गाउँ मात्र होइन सबैको नै मुड ठिकमा छैन।

अरु कुरा केही होइन, नेपालीलाई मुड चल्नुपर्छ। अझ यसो भनुँ, नेपाली बाँचेको छ भने यही मुडले बाँचेको छ। मुड आउनलाई वा बनाउनलाई दुइ-चार तीनपाने सोड़क्याउनैपर्छ। मुड बिना जिन्दगी छैन भन्दा हुन्छ। मुडको अभावमा कार्यालयतिर काम थाँतीमै रहने कुरो नयाँ होइन। हाकिमलाई मुड चल्नुपर्छ…नत्र फाइल जहीँको तहीँ ट्राफिक जाममा गाड़ी ठप्प भए झै हुन्छ।

हाकिमको मुड चलाउन सेतो वा पहेँलो खामले हम्किदिए हाकिमको मुड चल्छ। कुनै कुनै कार्यालयका हाकिमको कुरा छोड़िदिउँ तर तल्लो पदका कर्मचारीले आज मुड छैन भने पछि सर्वनाश। उनीहरूको मुड बनाउन कुरा उही त हो। मुडले भोलि मात्रै पर्खन्छ। तर भोलि पनि मुड नचले त्यो भोलि कहिल्यै आउँदैन। आज नगद काल उधार भने जस्तो।

चुनावको छेकमा नेता तिनका पुच्छरेहरूको मुड बेजोड़ चलेको देखिन्छ। नेताको मुडले मिसाइलको काम गरिरहेको हुन्छ। तर चुनाव सिद्धिएपछि मुडवाल नेताहरूको मुडमा घाम कहिल्यै लाग्दैन। नेताको मुड बिग्रेमा विकास खोरण्डो हुन्छ। चुनाव अघि मुड कसैको बिग्रिएको देखिँदैन तर चुनाव सिद्धिएपछि नेता, पार्टीका कार्यकर्ताको मुड कहिल्य़ै आउँदैन।

क्लासमा शिक्षकको, कार्यालयमा हाकिमको, कारखानामा मालिकको मुड बिग्रे भूइँचालो आउँछ। छोरोको मुड बिग्रे आमा बाबाको सातोपुत्लो उड़्नुपर्छ।

यही मुडले नजिक बढ़ाउँछ यही मुडले साथीभाइ इष्टमित्र माझ भनावैरी सृष्टि गर्छ। मेरो मुड छैन मलाई नचला है भन्ने कोही नहोलान्। मेरो मुड नबिगार है भाइ हो…आज मेरो मुड ठिक छैन भन्नेहरू नसुनिने होइन। यो मुड अचम्भको छ। यही मुडको कारणले कसैलाई नून नखाएको कुखुरा झैं देखिन्छ कसैलाई तर्सेको मृग जस्तै बनाउँछ। मुडले टेन्सन बढ़ाउँछ।

हाम्रो जातिमा मुडको अभाव देखिन्छ र हाम्रो जातिको मुड कहिल्यै राम्रो भएको देखिँदैन। राजनीतिको मुड बिग्रिएर हाम्रो अस्तित्व, भाइचाराले डाँड़ा काटिसकेको छ। यसैकारण हामीले पहिले आफ्नो मुड बनाएर गाउँ समाज इष्ट मित्रको भलो चिताउने काम गर्नुपर्छ। मुड बिग्रियो भन्दैमा इष्टमित्रसित वैरभाव गर्नु आफ्नो खुट्टामा आफैले बञ्चरो हाने बराबर हो।

तपाईको मुड कस्तो छ कोनि ! मेरो मुड हिजोआज सामान्य बिग्रेको छ। मेरो हजूरसित कुनै सम्पर्क छैन। मुड बिग्रिरहेछ… मुड बिग्रिरहेको झोंकमा भनिदिएँ, मलाई अब याद नगर्नुहोस्..मलाई इग्नोर गर्नुहोस्
उनले पनि भने, मेरो पनि मुड बिग्रेको छ अहिले।

000
जलपाईगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
हाकिमको कालो कर्तुत

हाकिमको कालो कर्तुत

ठाकुरप्रसाद अधिकारी
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x