साइबर अपराध सम्बन्धी सचेतना सामग्री

च्याम्पुटी गीता

फोनमै गर्छे लुछाचुँडी, भन्छे नानाभाँती तैँले छोडे के पो हुन्छ ? लाउँछु अरू ताँती कहिले ल्याउँछे कालेलाई, कहिले ल्याउँछे गोरे च्याम्पुटीको तिनै भतुवा जीवनसाथी हो रे !

Nepal Telecom ad

ललिता दोषी :

च्याम्पुटीझैँ सबै हुन्नन्, हुन्छन् छोरी सीता
मैले त च्याम्पुटीको गाउँदै छु है गीता

कति गर्नु बन्द झ्याल कति गर्नु ढोका
च्याम्पुटीको चर्तिकला देखेर छौँ रोका
कहिले आउँछ गीत गाउँदै झ्याप्लेझ्याप्ले भालु
कहिले आउँछ सिटी लाउँदै डल्लेडल्ले आलु

कहिले आउँछ लौकाजस्तो, कहिले आउँछ मूला
केही भनौँ भने हजुर च्याम्पुटी छ छुरा
छँदै थिए हीराजस्तै दुई प्यारा छोरा
सबै आई भनिरहे यी त हुन्छन् मोरा

छोरी बुझ्छे दुःखसुख, छोरी हुन्छे साथी
छोरी भएको घरमा हेर हुँदैन है राति
केको बुझ्थी दुःखसुख केको हुन्थी साथी
मूला, लौका क्याक्यासँग हिँड्छे नाचीनाची

न त भयो घरको ख्याल, न त हेरी समाज
गाँजे, ट्यापे क्याक्यासँग छ है उसको जमात
कहिले जान्छे डिस्को नाच्न, कहिले जान्छे होटेल
हिरै हुन्छे भन्थे छोरी भई रित्तो बोतल

ह्विस्की र ब्रान्डीसँग साटेकी छे जीवन
हेर्दा पनि लाज लाग्ने लाउँछे कपडा रिबन
दाजुभाइले सम्झाउँदा भन्छे गुन्डा लाउँछु
भएभरको सम्पत्ति म तिनैलाई ख्वाउँछु

फोनमै गर्छे लुछाचुँडी, भन्छे नानाभाँती
तैँले छोडे के पो हुन्छ ? लाउँछु अरू ताँती
कहिले ल्याउँछे कालेलाई, कहिले ल्याउँछे गोरे
च्याम्पुटीको तिनै भतुवा जीवनसाथी हो रे !

एउटाको कुबुद्धिले ढल्यो सिङ्गै घर
बूढा भए परमधाम छोरा गए पर
च्याम्पुटीझैं सबै हुन्नन्, हुन्छन् छोरी सीता
मैले त च्याम्पुटीको गाएकी हुँ गीता ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यहाँ यस्तै छ भाइ !

यहाँ यस्तै छ भाइ...

ललिता ‘दोषी’
राष्ट्रघाती

राष्ट्रघाती

ललिता ‘दोषी’
उखेल्नेछौँ पङ्ख

उखेल्नेछौँ पङ्ख

ललिता ‘दोषी’
छोड्दैन चिताले कवै

छोड्दैन चिताले कवै

ललिता ‘दोषी’
सराप्ला चिताले

सराप्ला चिताले

ललिता ‘दोषी’
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x