साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ट्यारिफ

तपाईंहरु, धेरै हल्ला नगरि, जानोस् र चौरासीको तयारीमा लाग्नुस्। तपाईंहरुको भन्दा ठुलो ठुलो मुख टालेर टिक्नु पर्छ मैले।

Nepal Telecom ad

दिप मंग्राती

“नेता ज्यू, यस्तो एकाधिकारवादी व्यवहार सह्य हुदैन ।” असन्तुष्टरुको अस्न्तुष्टीले माहौल गर्मायो।

“हो… हो… मान्य हुँदैन, भागबण्डा दामासाहीले हुनु पर्छ।” सबैले एकैस्वरमा बिरोध गरे।

“त्यत्राे जेल बस्दा कोहि आयाै, एकदुइ वर्ष तपाइँको साटो हामी जेल बसिदिन्छौं भनेर ? अहिले यसो चिल्लो गाडी चढ्यो नेताले भनेर डाहा गर्ने ?”

“बलिदानको मूल्य असुल्ने नै हो भने, शहिदहरुका परिवारले पनि मूल्य पाउनु पर्छ, राजनीति पीडिथहरुले पनि भुक्तान पाउनु पर्छ। धेर थोर बलिदान धेरैले गरेका छन्।”
माहौल अझ गरम हुदै गयो।

“आखिर समस्या भागबण्डामा नै हो नेताज्यू, हिसाबमिलान गरेर समस्या मिलाए भयो नि।” केहि मध्यम्मार्गीहरुले बिचको बाटो लाग्न खोजे। कोहि चाहिँ मौन थिए। भुङ्ग्राेमा हात किन पो हाल्ने भनेर होला सायद।”

“आज फैसला हुनै पर्छ।” उग्रबहादुरहरु अझ उग्र बन्दै थिए।

तपाईंहरु, धेरै हल्ला नगरि, जानोस् र चौरासीको तयारीमा लाग्नुस्। तपाईंहरुको भन्दा ठुलो ठुलो मुख टालेर टिक्नु पर्छ मैले। “जितेर न आए, भागबण्डा त होइन भत्ता पनि जाला फेरि” नेताले सम्झाउन खोजे।

“हुँदैन, कि राजिनामा दिनुपर्‍यो, कि भागबण्डा मिलाउनु पर्‍यो।” एउटा उठेर चर्को प्रतिकार गर्‍यो।

सायद नेताज्यूको पारो गरम भएछ क्यार कड्किए। “तपाईंहरु भनेको नमान्ने हो ?” तपाईंहरुलाई पनि स्याङ्सन लगाउनु पर्ने हो…? कि ट्यारिफ लगाइदिउँ…?”

०००
मिति: २०८२-०४-०६
बेलबारी, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिको

सिको

दिप मंग्राती
घण्टा

घण्टा

दिप मंग्राती
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
चस्मा

चस्मा

दिप मंग्राती
धमिरा

धमिरा

दिप मंग्राती
नेताजी

नेताजी

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x