साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- ५१)

बाँचून् सन्तति देश अब्बल रहोस् आत्मीय भाका भरे। त्यस्ता उज्ज्वल कर्मपारख बनी सङ्लो उज्यालो छरे।। प्यारा देवसमान वृद्ध जनको हामी भरोसा बने । पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।

Nepal Telecom ad

दीनानाथ पाेख्रेल :

मेरा योग्य रहून् स्वसन्तति भनी सिर्जे बडा जाँगर ।
मान्छेझैँ म बनूँ मिठा रस बहून् वाणीविषे सादर ।।
हाँस्दा वृद्ध खुलेर डुल्दछ खुसी सायुज्य सङ्लो हुने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।४६।।

हाम्रा शैशव कालमा अति खटी हाँसो दिएको दिन ।
खोलोस् दृष्टि त्यता फिरी हृदयले भुल्ला र कल्ले किन ?
खैँची विश्व दिए खुसी मन भरी को सक्छ जम्मै गने ?
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।४७।।

पानी, जङ्गल, मार्ग, घाट यिनको रक्षा गरेथे पनि ।
राखे नित्य हियारभित्र धरणी सन्तान आफ्ना भनी ।।
यी बाँचे सब थोक बाँच्दछ बुझे सम्झेर हेर्‍यौँ भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।४८।।

बारीखेत गरूँ सुरक्षित भनी सन्तान नासो बुझे ।
मेरा खातिर नै खटे हरघडी चट्टानजस्तै जुधे।।
देखे सौख्य दिने अनन्त सपना सत्कर्म अग्ला उने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।४९।।

बाँचून् सन्तति देश अब्बल रहोस् आत्मीय भाका भरे।
त्यस्ता उज्ज्वल कर्मपारख बनी सङ्लो उज्यालो छरे।।
प्यारा देवसमान वृद्ध जनको हामी भरोसा बने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।५०।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x