दीनानाथ पाेखरेलबाबुआमा (काव्यांश- ५१)
बाँचून् सन्तति देश अब्बल रहोस् आत्मीय भाका भरे। त्यस्ता उज्ज्वल कर्मपारख बनी सङ्लो उज्यालो छरे।। प्यारा देवसमान वृद्ध जनको हामी भरोसा बने । पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।

दीनानाथ पाेख्रेल :
मेरा योग्य रहून् स्वसन्तति भनी सिर्जे बडा जाँगर ।
मान्छेझैँ म बनूँ मिठा रस बहून् वाणीविषे सादर ।।
हाँस्दा वृद्ध खुलेर डुल्दछ खुसी सायुज्य सङ्लो हुने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।४६।।
हाम्रा शैशव कालमा अति खटी हाँसो दिएको दिन ।
खोलोस् दृष्टि त्यता फिरी हृदयले भुल्ला र कल्ले किन ?
खैँची विश्व दिए खुसी मन भरी को सक्छ जम्मै गने ?
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।४७।।
पानी, जङ्गल, मार्ग, घाट यिनको रक्षा गरेथे पनि ।
राखे नित्य हियारभित्र धरणी सन्तान आफ्ना भनी ।।
यी बाँचे सब थोक बाँच्दछ बुझे सम्झेर हेर्यौँ भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।४८।।
बारीखेत गरूँ सुरक्षित भनी सन्तान नासो बुझे ।
मेरा खातिर नै खटे हरघडी चट्टानजस्तै जुधे।।
देखे सौख्य दिने अनन्त सपना सत्कर्म अग्ला उने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।४९।।
बाँचून् सन्तति देश अब्बल रहोस् आत्मीय भाका भरे।
त्यस्ता उज्ज्वल कर्मपारख बनी सङ्लो उज्यालो छरे।।
प्यारा देवसमान वृद्ध जनको हामी भरोसा बने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।५०।।
०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम
Subscribe
Login
0 Comments
Oldest







































