साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन्छ नेपाल देश

फुर्ती कुर्सीको किन मुलुक फस्यो झिक्न सक्ने भएनन् आफ्नै माटोमा रुधिर र पसिना पोख्न खोज्छन् दिदैनन् नेपाली चेली प्रतिदिन गणिका बन्न वाध्यै छ केस ढाट्दै छल्दै छन् अब कति सहने भन्छ नेपाल देश ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

वृद्धा जोडी छन् सकल सुत गए कष्ट भोग्छन् रुँदै छन्
आशा गर्दै छन् अतिशय जनता भोट हाल्दा खुशी छन्
पुग्छन् सत्तामा गदगद सब छन् मान सम्मान बेस
स्वार्थी बन्दै छन् प्रतिदिन भँडुवा भन्छ नेपाल देश ।।१

चिन्ता गर्दै छन् युवक र युवती काम खोज्दै अपार
भन्छन् उद्योगी पर मुलुक पसे काम खोज्दै हजार
पाएमा आफ्नै शिखर गिरि छटा धन्य हुन्थ्यौँ विशेष
वास्ता को गर्छन् मतलव सकियो भन्छ नेपाल देश ।।२

कोही बोल्दैनन् कति दिन सहने घूसखोरी डकार्छ
आफ्नाको मात्रै हित सुख सुविधा हेर्छ मागे हकार्छ
दाना पानीको अवसर नमिले भन्छ देओ मधेस
स्वार्थी स्वार्थीको जमघट बलियो भन्छ नेपाल देश ।।३

सत्ता भत्ताको अनुकलन मिलोस् देश बेच्नै तयार
आफ्ना झोलेको कति कति सुविधा बन्न थाले सतार
नेपाली छोरा रगत र पसिना बेच्न जान्छन् अशेष
सच्चा जन्मेनन् सपुत किन हरे भन्छ नेपाल देश ।।४

फुर्ती कुर्सीको किन मुलुक फस्यो झिक्न सक्ने भएनन्
आफ्नै माटोमा रुधिर र पसिना पोख्न खोज्छन् दिदैनन्
नेपाली चेली प्रतिदिन गणिका बन्न वाध्यै छ केस
ढाट्दै छल्दै छन् अब कति सहने भन्छ नेपाल देश ।।५

०००
पाउँदी, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
के फूल फुल्लान् बागमा

के फूल फुल्लान् बागमा

जगदीश्वर पाेखरेल
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ

वृद्धा र वृद्ध भन्छन्...

जगदीश्वर पाेखरेल
वृद्धवृद्धा सँगै छन्

वृद्धवृद्धा सँगै छन्

जगदीश्वर पाेखरेल
उता म्याऊँम्याउँ

उता म्याऊँम्याउँ

जगदीश्वर पाेखरेल
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x