सुभाषचन्द्र देवकाेटाकार्बाही गरिसियोस् महाराज ! गर्धन थापेको छु
दम्भ र बेइमानी बिरुद्ध, औंलो ठड्याउने पनि मनै हो। अहंकारको लंकामा अगुल्टो फ्याकने पनि मनै हो। हजुरको कपटको कुन्युमा आगो झोसेको छु, त्यसैले, कर्बाही गरिसियोस् महाराज! मैले गर्धन थापेको छु।

सुभाषचन्द्र देवकाेटा :
१
आदेश मान्न अस्विकार गरेको छु,
कुशासको जंगलमा आगो झोसेको छु,
हजुरको रामराज्यको कालो पर्दा खोलिदिएको छु,
त्यसैले,
कारबाही गरिसियोस् महाराज !
मैले गर्धन थापेको छु।
२
यो साँचो हो !
दम्भ र बेइमानी बिरुद्ध,
औंलो ठड्याउने पनि म नै हो।
अहंकारको लंकामा
अगुल्टो फ्याँक्ने पनि म नै हो।
हजुरको कपटको कुन्युमा आगो झोसेको छु,
त्यसैले, कारबाही गरिसियोस् महाराज !
मैले गर्धन थापेको छु।
३
ईमानीको बखान गरेको छु,
जाली र झेलीहरुको खोइरो खनेको छु,
दासत्वको घेराबाट आमलेख भएको छु,
हजुरको ठगीको साम्राज्यमा आगो झोसेको छु,
त्यसैले
कारबाही गरिसियोस् महाराज !
मैले गर्धन थापेको छु।
४
यो बिल्कुल सत्य हो !
लुटको अखडामा धावा,
बोल्ने पनि म नै हो।
बेथितीको रहमा,
ढुङ्गा हान्ने पनि म नै हो।
हजुरका नन्दीभृङ्गीहरुको ताण्डवमा आगो झोसेको छु
त्यसैले,
कारबाही गरिसियोस् महाराज।
मैले गर्धन थापेको छु।
५
म निसंकोच छु,
निडर छु,
बेथितिका बिरुद्ध उभिएको छु
त्यसैले,
कारबाही गरिसियोस् महाराज !
मैले गर्धन थापेको छु।
०००
गाेरखा
Subscribe
Login
0 Comments
Oldest






































