साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कार्बाही गरिसियोस् महाराज ! गर्धन थापेको छु

दम्भ र बेइमानी बिरुद्ध, औंलो ठड्याउने पनि मनै हो। अहंकारको लंकामा अगुल्टो फ्याकने पनि मनै हो। हजुरको कपटको कुन्युमा आगो झोसेको छु, त्यसैले, कर्बाही गरिसियोस् महाराज! मैले गर्धन थापेको छु।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

१
आदेश मान्न अस्विकार गरेको छु,
कुशासको जंगलमा आगो झोसेको छु,
हजुरको रामराज्यको कालो पर्दा खोलिदिएको छु,
त्यसैले,
कारबाही गरिसियोस् महाराज !
मैले गर्धन थापेको छु।

२
यो साँचो हो !
दम्भ र बेइमानी बिरुद्ध,
औंलो ठड्याउने पनि म नै हो।
अहंकारको लंकामा
अगुल्टो फ्याँक्ने पनि म नै हो।
हजुरको कपटको कुन्युमा आगो झोसेको छु,
त्यसैले, कारबाही गरिसियोस् महाराज !
मैले गर्धन थापेको छु।

३
ईमानीको बखान गरेको छु,
जाली र झेलीहरुको खोइरो खनेको छु,
दासत्वको घेराबाट आमलेख भएको छु,
हजुरको ठगीको साम्राज्यमा आगो झोसेको छु,
त्यसैले
कारबाही गरिसियोस् महाराज !
मैले गर्धन थापेको छु।

४
यो बिल्कुल सत्य हो !
लुटको अखडामा धावा,
बोल्ने पनि म नै हो।
बेथितीको रहमा,
ढुङ्गा हान्ने पनि म नै हो।
हजुरका नन्दीभृङ्गीहरुको ताण्डवमा आगो झोसेको छु
त्यसैले,
कारबाही गरिसियोस् महाराज।
मैले गर्धन थापेको छु।

५
म निसंकोच छु,
निडर छु,
बेथितिका बिरुद्ध उभिएको छु
त्यसैले,
कारबाही गरिसियोस् महाराज !
मैले गर्धन थापेको छु।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x