साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पोइटिङ्ग्री

कपाल एक मुठी समातेर कमलनयन कटाक्षभावले हेर्दै- “अँ हिजो तिम्रो बूडीको फोन आउँदा नि ! तिमी कतिबिधि जोइटिङ्ग्रे देखिएका थियौ । त्यो चाहिँ बिर्स्याै  ?” भन्दी हो ।

Nepal Telecom ad

नेपाली समाजमा जोइटिङ्ग्रे शब्द निकै प्रचलित छ । जोईले गर भनेको काम कुरा गर्ने र नगर भनेको कामकुरा नगर्ने पोइलाई यस शब्दले विभूषित गरिन्छ । जोई वा श्रीमतीले जहाँ पनि जहिले पनि आफ्नो इच्छानुसार ठिङ्ग्याउन सकिने पोइ वा श्रीमान जोइटिङ्ग्रे हो भन्न सकिन्छ । त्यसो त दिदीबहिनी, आमा, ठुलीआमा, काकीआमा लगायतका प्रियजनले कुनै पुरुष पात्रलाई सइष्र्या यसो भन्ने गरेको पाइन्छ । जोइटिङ्ग्रे्रेहरूका अनेकौं अनुकरणीय स्वभाव हुने गर्दछन् जो तथाकथित गैरजोइटिङ्ग्रे्रेहरूले सिक्नुपर्ने हुन्छ । ती मध्ये केही यहाँ प्रस्तुत गर्दछु ।
– उनीहरू हतपती रिसाउँदैनन् । कहिलेकाहीँ बाआमासँग झनक्क रिसाए पनि श्रीमतीको अघिल्तिर त आज्ञाकारी हुन्छन् ।
– धुम्रपान, मद्यपान, जुवातासादी कुलतबाट टाढा रहन्छन् ।
– खुरूखुरू अराएको काम गर्ने हुनाले राष्ट्रिय उत्पादकत्व अभिवृद्धि गराउनमा महत्वपूणर् भूमिका खेल्छन् । यस अर्थमा जोइटिङ्ग्रेहरू राष्ट्रिय व्यक्तित्व हुन् ।

लैङ्गिक समताको यो युगमा यसरी पुरुष जाति जोइटिङ्ग्रे हुन पाउने तर सोही प्रकृतिका नारी जातिलाई सम्बोधन गर्ने कुनै उपयुक्त शब्द आजसम्म नहुनु हास्यास्पद कुरा हो । नारीजाति प्रतिको उपेक्षा हो । शब्दकोषले समेत विभेद गरेको छ । त्यस्तो अर्थ दिने शब्द लेखेको छैन । शब्दको बगैंचामा डुल्ने जोकोहीले पनि यो विभेद सहन सक्दैन । अझ नारीवादी लेखकहरूले त यो अग्घोर अन्याय सहने कुरा पनि भएन ।

अग्रजले केही गरेन भन्दै सराप्ने र आफू पनि केही नगर्ने राजनीतिक संस्कारको छाप शब्दका खेतालाहरूमा पनि परेको हो कि भन्ने हल्ला समाजमा गाइँगुइँ चल्न थालिसक्यो । यसले उग्र रुप लिन नपाउँदै हाम्रो पुस्ताले पनि केही गरिहाल्नु अपरिहार्य भएको छ । अतः पुरुषाज्ञा शिरोपर गर्ने, पुरुषको इशारामा नाच्ने, श्रीमानको कुरालाई राजाज्ञा सरह तामेली गर्ने नारीलाई पोइटिङ्ग्री भनी सम्बोधन गर्न प्रस्ताव गरिएको छ । पोइटिङ्ग्रीहरू हाम्रो समाजमा युगौंदेखि रहेका भए पनि उनीहरूलाई सम्बोधन गर्ने उचित शब्द नभैरहेको पृष्ठभूमिमा यो पोइटिङ्ग्री शब्द प्रयोगको प्रस्ताव यहाँ राखिएको हो । शब्दसभाबाट अनुमोदन भएपछि पोइटिङ्ग्री शब्द जनजिब्रोमा सयर गर्न अवश्य आउने नै छ ।

जसरी मुमुक्षुहरूलाई धरादेखि गगनसम्म र गगनदेखि अन्तरिक्षसम्म शयर गर्ने मन छ त्यसैगरी पोइटिङ्ग्रीजस्ता नयाँ शब्दलाई पनि कसैको निबन्धदेखि शब्दकोषसम्म र त्यहाँदेखि जनजिब्रोसम्म सयर गर्ने मन अवश्य छ । त्यसैले पनि पोइटिङ्ग्री आज पहिलो पाइला टेकेर हजार माइलको भाषिक यात्रामा निस्केको छ ।

पोइटिङ्ग्रीको साथमा यसका साथी शब्दहरू जस्तै माइ टिङ्ग्रे/माइटिङ्ग्री, भाइटिङ्ग्र्रे/भाइटिङ्ग्री पनि पाइला चाल्दै अघि बढ्दैछन् । शब्दोपासकहरूले यस विषयमा चर्चापरिचर्चा गर्न पाउनेछन् । कतिपय प्राज्ञहरूले त यस्ता ताइ न तुइका शब्दलाई वहसको विषय बनाउनु हुन्न भनेर परम्परावादी धाराको वकालत गर्नेछन् । वादेवादे जायते तत्वबोध भनेझैं अन्ततः टिङग्रे/टिङ्ग्री प्रत्ययलाई शब्दसभाले पारित गर्ने नै छ ।

हुन पनि शब्द खाँचो भएर कति ठाउँमा अप्ठेरो परेको छ । राष्ट्र जनता र अधिकांश कर्मचारीको अहित हुने भए पनि हाकिमको इशारामा निहित स्वार्थवस काम गर्ने कर्मचारीलाई के भन्ने ? यस्तालाई पनि टिङ्ग्रे/टिङ्ग्री प्रत्यय जोडेर हाकिमटिङ्ग्रे अथमा बोसटिङ्ग्री भन्दा भैहाल्छ । राजनीतिक वृत्तमा केही वर्ष यता निकै चर्चामा रहेको झोले शब्द पनि पर्यायवाची शब्दको अभावमा बिचरा रोइरहेको थियो । यिनीहरूलाई पनि नेताटिङ्ग्री भन्न सकिन्छ । नेताटिङ्ग्रे भन्न सकिन्छ । सैद्धान्तिक प्रसङ्गमा कुरा गर्ने हो भने वादटिङ्ग्रे/वादटिङ्ग्री भन्न सकिन्छ । यसरी अनेकौं टिङ्ग्रे/टिङ्ग्री प्रत्ययजनित शब्दहरूले गर्दा शब्दकोषको आकार पनि अभिवृद्धि हुने भएको छ ।

पोइटिङ्ग्रीले अब मानक रुप ग्रहण गरिसकेको परिप्रेक्षमा कस्ताकस्ता प्रसङ्गमा यो शब्द अभिव्यक्त हुन सक्छन् भनेर पनि चर्चा गर्नु यहाँनेर सान्दर्भिक नै होला ।

पव वा रेस्टुरेन्टमा जम्मा भएकामध्ये एउटीले भन्ली “ओइ जाउँ अब मेरो बूडो आउनेबेला भो !”
त्यहिबेला अर्कीले भन्ली- “ह्या … कस्ती पोइटिङ्ग्री रैछे यो त !”

आजभोलि जोडी प्रवासमा रहेका नारीपुरुष प्रशस्तै छन् । उनीहरूले विपरितलिङ्गी साथी बनाएर मनको प्यास मेट्ने गरेको पाइन्छ । कतिपयले त तनकै प्यास पनि मेटेको पाइन्छ । यही प्रसङ्गमा एउटा वा धेरै जोडी कुनै खाजाघरमा लेगपिस वाइन/ ह्वीस्की, चिकेन चिल्ली, फिङ्गर चिप्स, मोमो खाँदाखाँदै महिलासाथीको मोबाइलमा उसको लोग्नेको फोन आउँदो हो । अनेक कुरा गरेर छिटो छुट्टिन खोज्दी हो । अनि त्यहिबेला पुरुष साथीले “सारो पोइटिङ्ग्री त नबनन डार्लिङ !” भन्दो हो । प्रतिउत्तरमा नबाटेर छोडिएको कपाल एक मुठी समातेर कमलनयन कटाक्षभावले हेर्दै- “अँ हिजो तिम्रो बूडीको फोन आउँदा नि ! तिमी कतिबिधि जोइटिङ्ग्रे देखिएका थियौ । त्यो चाहिँ बिर्स्याै  ?” भन्दी हो ।

जति जोइटिङ्ग्रे शब्द प्रयोग हुन्छ यो समाजमा पोइटिङ्ग्री शब्द पनि उति नै प्रयोग हुन थालेको छ । अन्तमा एउटा अर्को प्रसङ्ग जोडेर पोइटिङ्ग्रे पुराणको यो अध्याय यहिँ बिसाउँछु ।

अफिस जानुअघि कुनै रिसाहा जुवाडेकी स्वास्नी हतारहतार भाँडा माझ्दै गरेको बेला कुनै सहेलीको फोन आउँदो हो- “ओइ छिटो झर न म तेरो गेटमा आइसकें ।”

यति भनेर मोबाइल व्यागमा राखेपछि बर्बराउँदै भन्दी हो- “यो कस्ती पोइटिङ्ग्री छे के !”

०००
नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x