सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गजवास्टक १०८ पुस्तकका दुई भूमिका

इतिहास एउटा जिउँदोजाग्दो चित्र हो, जो रातो रगतले लेखिएको थियो र त्यसका ढुकढुकीलाई ‘गजवास्टक’का एकएक पंक्तीले आत्मसात गरेका छन् ।

Nepal Telecom ad

१.
आठसिलोके छेडछाडहरूको पल्टन
डा. तारानाथ शर्मा

‘युगज्ञान’ सातदिने पत्रिकाका पेटमा व्यङ्ग्यका आठसिलोके मट्याङ्ग्राहरू हानेर ‘गजवाष्टक’का जनकले एउटा आफ्नै खालको इतिहास बनाएका छन् । यी मट्याङ्ग्राहरूले मनग्गे भ्रष्टाचारीहरूका निधारमा ठूल्ठूला टुटुल्काहरू उठाएका थिए । हो, ती टुटुल्काहरू अवश्य पनि सामयिक थिए, समयसित नछुट्टिने गरी टाँसिएका थिए, तापनि कतिपय छेडखानहरूले समयको साँघुरो सीमालाई सबैका लागि फड्किने र आफूलाई शाश्वता बनाउने नमूना पनि यी गजवका अठपहरियाहरूको पल्टनले दिएकै छ ।

२०२९ साल पञ्चपरमेश्वरको परम पूणर्ताको, तेजस्विताको र ताण्डव नृत्यको समय थियो । त्यसैको पञ्चाग्निमा पिल्संदै पिढींदै र पेलिँदै सोह्र हरफे छेडपेचहरूको पल्टन प्रस्तुत हुन थालेको हो । पञ्च प्रशासनको प्रेताचार, पापाचार र परपीडालाई पद्यमय प्रकाशनमा पञ्जीकृत गर्नु ‘गजवाष्टक’को ऐतिहासिक दायित्व हुन पुग्यो । गम्भीर आलोचना हुँदाहुँदै पनि, प्रस्तुतिको तिख्खरता छँदाछँदै पनि र जनपक्षीयताको आवेग भुल्भुलिँदा भुल्भुलिँदै पनि हलुका लयात्मकता र भर्पाई मिश्रीत भाषिकताको सिलोक कथाइका वाह्य आवरणमा स्वच्छन्द बग्न पायो यसले, ठटाउन पायो ढन्डेसो खुस्कुन्जेल रुढिवादलाई यसले र दगल्च्याउन, लत्याउन र लछार्न पायो बेस्मारी प्राधिकारीवादलाई यसले, प्रतिगामितालाई यसले, पञ्चमाङ्गितालाई यसले ।

आज जब जनतन्त्रको अभ्युदय भइसकेको छ, जनविरोधी निर्दलीयता इतिहासको ढुँडी भईसकेको छ र एकोहोरा निर्दयता, निर्देशन र निमोठ्नामोठ्पना बिस्मृतिमा विलीन भइसकेका छन् । ‘गजवाष्टक’ को महिमा शिथिल, प्रभावहीन र अप्रासांगिक मानिन सक्ला, तर ठालुहरूलाई ठेगान लगाउने यसको भूमिका ‘युगज्ञान’का प्रत्येक अङ्क पढ्ने पाठकमा जाहेर थियो । इतिहास एउटा जिउँदोजाग्दो चित्र हो, जो रातो रगतले लेखिएको थियो र त्यसका ढुकढुकीलाई ‘गजवास्टक’का एकएक पंक्तीले आत्मसात गरेका छन् । हिजोका अनुभव तिनमा भरिएका छन् । तिनको वणर्नलाई हृदयङ्गम गर्न सक्नु जीवनलाई वुझ्नु हो, हिजोलाई बुझेर भोलिको उज्यालाका लागि प्रेरणा लिँदै आज कर्तव्यनिष्ठ हुनु हो । ‘गजवाष्टक’ यही राष्ट्रिय हुटहुटीको बाहक भएको छ ।

नकरात्मकता र नैराश्यको समयलाई एक सिलोकले यसरी झटारो हीर्काएको छ ः
नानीमैयाँ-पुहातु पो नेता हुन थाले
नेता भन्ने चाहिं अब फेटा बाँध्न थाले ।

अनि त्यसको परिणाम के भयो त ? राजनीतिको शिथिल र रोगी अवस्थाले गर्दा ः
यति गर्ने उति गर्ने भन्दै दिन गए
अब भनिकन हेर्ने हेर्दै रहे

छेपारोको कथा गर्ने कथा गर्दै रहे
पक्कीघर बन्दै गए हेर्ने हेर्दै रहे

विरोधमा कुद्नेहरू ठन्डा हुँदै गए
नेताजीले ठाउँ छाडे हेर्ने हेर्दै रहे

बाङ्गोटिङ्गो जान्ने बाठा उक्लिदै नै गए
सोझो बाटो हिड्ने सोझा टवाल्ल पर्दै रहे

इतिहासको एउटा पृष्ठलाई गहिरिएर हेर्नु राष्ट्रलाई चिन्नु हो । ‘गजवाष्टक’ले राष्ट्रिय परिचयमा आफ्नो योगदान राम्ररी गरेको छ ।

०००

सरस्वतीनगर, चाबेल, काठमाडौं
२०५१ मङ्सीर १९


जस्तो लाग्यो मलाई
डा. गणेश भण्डारी

नेपाली हास्य-व्यङ्ग्य साहित्यको इतिहास सवा दुई सय वर्ष पुरानो छ । विक्रमीय उन्नाईसौँ शताव्दीका तेस्रा दशकदेखि नै नेपालीमा हास्य-व्यङग्य साहित्यको रचना गर्न थालिएको होे । सुवानन्द दासका कवितामा पाइने व्यङ्ग्य नेपाली व्यङ्ग्य साहित्यको माउ हो । सन १९५० तिरै राधावल्लभ अर्यालले रचेको ‘साँढ्याको कवित’ र १८५५ तिर उनैका दाजु भट्टाचार्य शक्तिवल्लभले आफ्नो संस्कृत भाषामा लेखिएको ‘हास्यकदम्ब’ नाटकको आफैंले गद्यानुवाद गरी यस फाँटलाई मलिलो र उब्जाउ बनाउने स्तुम्य प्रयास गरे ।

पत्रपत्रिकामा हास्य-व्यङ्ग्यका ट्क्राटाक्री छपाएर सामाजिकखि ीवनका विकृतिलाई उदाङ्गो पार्ने प्रयास ‘गोरखापत्र’को ‘जँुगेदाईको चिठ्ठी’ र ‘शारदा’को ‘हँस्सी-दिल्लगी’ स्तम्भले गरेका हुन, तर न् ास्य-व्यङग्यलाई नियमित र क्रमवद्ध रुपमा लागिपरेर प्रस्तुत गर्नेचाहिँ ‘हालखबर’ हो । २०१३ देखि प्रकाशित हुन थालेको ‘हालखबर’ मा हास्य-व्यङ्ग्यकार दाताराम शर्मा (पौडेल(ले ‘हाँस्नुहुन्छ भने’ स्तम्भमा नियमित र क्रमबद्व रुपमा अठार पुराण प्रकाशित गरी प्रशंसनीय उदाहरण प्रस्तुत गरेका छन् ।

यसै परम्पराका उत्तराधिकारीको रुप लिएर सोह्रवर्षपछि २०२९ देखि ‘युगज्ञान’ साप्ताहिकमा यसका संस्थापक र सञ्चालक चूडामणि रेग्मीले ‘गजवाष्टक’ स्तम्भ चलाएर नेपाली हास्य र व्यङ्ग्य वाङ्मयको निर्माणमा एउटा इँट थपेका छन् ।

व्यङ्ग्य ऋषिको फुल नाउँबाट हास्य-व्यङ्ग्य साहित्यमा श्रीवृद्वि गराउने नेपाली भाषा र साहित्यका साधक चूडामणि रेग्मी कवि, कथाकार र निवन्धकारका रुपमा परिचित छन् ।

प्रायः सवाई छन्दमा लेखिने ‘गजवाष्टक’ आठ सिलोके वा सोह्रहारे कविताको नाउँ हो । २० वर्षजति क्रमिक रुपमा ‘युगज्ञान’ मा छापिएका हास्य-व्यङ्ग्यात्मक कविताहरूको पुञ्ज हो- गजवाष्टक । ‘युगज्ञान’का पृष्ठहरूमा मात्र सीमित सामाजिक, आर्थिक, राजनीतिक र वर्तमान आङ्गत जीवनका पाटाहरूमा हास्य-व्यङ्ग्यको झटारो हानेर लेखिएका गजबका अष्टकहरूलाई समेटेर सिङ्गो कृतिका रुपमा प्रस्तुत गरेर चूडामणि रेग्मीले स्तुत्य प्रयास गरेका छन् । रेग्मीले पत्रकारका रुपमा सामाजिक, आर्थिक र राजनीति विसङ्गतिप्रति व्यङ्ग्य गरेको भए पनि हास्य-व्यङ्ग्य साहित्यका उन्नयनमा ‘गजवाष्टक’ले नयाँ अध्याय थपेको छ ।

०००

भृकुटीकुञ्ज
विराटनगर – २

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पिँडालीलाई यथोचित

पिँडालीलाई यथोचित

डा. तारानाथ शर्मा
म दाम्लो बाँध्दिनँ

म दाम्लो बाँध्दिनँ

डा. तारानाथ शर्मा
म दाम्लो बाँध्छु

म दाम्लो बाँध्छु

डा. तारानाथ शर्मा
डाढो

डाढो

डा. तारानाथ शर्मा
गलबन्दीका भैरव अर्याल

गलबन्दीका भैरव अर्याल

डा. तारानाथ शर्मा