साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महिला हिंसाविरूद्ध कविता वाचन कार्यक्रम

शनिबार पल्पसा सदन हेटौँडामा सम्पन्न कार्यक्रममा ३ कविहरू एलिसा पराजुली, उषाकिरण अधिकारी र कृतिका लौडारीका कविता गुञ्जिएका थिए ।

Nepal Telecom ad

हेटौँडा, २०७९, मंसिर १७ । लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा कविता वाचन कार्यक्रम भएको छ ।

शनिबार पल्पसा सदन हेटौँडामा सम्पन्न कार्यक्रममा ३ कविहरू एलिसा पराजुली, उषाकिरण अधिकारी र कृतिका लौडारीका कविता गुञ्जिएका थिए ।

कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेको अध्यक्षता र जिसस अध्यक्ष ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो ।

साहित्य सङ्गम मकवानपुरद्वारा आयोजित सो कार्यक्रममा नवसर्जक साहित्य चौतारीका संरक्षक तथा परिकल्पनाकार दीपक गौतमले नवसर्जकमा आवद्ध सर्जकहरूलाई बधाईका साथ ३ सय ६५ दिन नै महिला हिंसाविरूद्धका आवाजहरू गुञ्जनुपर्ने बताउनु भयो ।

हिमराइट्सकी कुमारी वाइबा, ग्रामीण महिला विकास मकवानपुरकी उपाध्यक्ष लक्ष्मी मोक्तान आदिले मन्तव्य राख्नुभयो भने आँचलकी अध्यक्ष भावना सापकोटा, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, सानु खनाल, रमेश अधिकारी, शान्ति प्रियबन्दना, पुरूषोत्तम आचार्य, सानुभाइ बिक, माधव भण्डारी रश्मी, स्वस्तिका दाहाल आदि सर्जकहरूको उपस्थिति थियो ।

कार्यक्रममा ३ सर्जकहरूलाई सम्मानस्वरूप उहाँहरूकै कविता र फोटोअंकित मायाको चिनो उपहार प्रदान गरियो । कार्यक्रम भवानी तिमल्सिनाले सहजीकरण गर्नुभएको हो ।

०००
– संप्रस पौडेल, हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x