साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोकान

चेतना र विकास सँगसँगै हुनुपर्थ्याे सायद गाउँमा पहिरो गएको हो कि योजनामा पहिरो गएको हो ?

Nepal Telecom ad

१. बाटो

विकास निर्माणपूर्वको बाटो हुँ म
जो जसरी हिँडे पनि खुला थिएँ
दायँवायाँ फाँट थिए, जलाशय थिए
आज ढलपानी बग्ने कुला भएँ
विकासका नाममा
घर कम्पाउन्डहरूले च्यापिँदा च्यापिँदै
आज मुसा च्यापिने दुला भएँ ।

२. खोला

बस्ती खोलामा पसेपछि
खोलो पनि बस्तीमा पस्ने रहेछ
बस्तीले खोलालाई नपत्याएपछि
खोलो पनि वस्तीलाई नपत्याउने रहेछ
म अन्योल छु खोलालाई गाली गर्ने कि बस्तीलाई
किन अल्मलिए सहसभ्यतामा हुर्किएका मान्छे र खोला
हेर्दाहेर्दै मान्छेले खोलालाई, खोलाले मान्छेलाई सक्ने रहेछ ।

३. पैह्रो

म अन्योलमा छु अचेल
विकास भएको हो कि विनास भएको हो
आफ्नै छाती दुख्न थालेको छ अचेल
डोजर गाउँमा चलेको हो कि मेरै छातीमा चलेको हो
चेतना र विकास सँगसँगै हुनुपर्थ्याे सायद
गाउँमा पहिरो गएको हो कि योजनामा पहिरो गएको हो ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x