सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बुढ्यौली साहित्य समाजद्वारा तुल्सी थापा अभिनन्दित

शनिबार पल्पसा सदनमा भएको दोश्रो वार्षित्कोत्सव कार्यक्रमको अवसरमा समाजले थापालाई नगद २ लाख रुपैयाँसहित अभिनन्दन गरेको हो ।

Nepal Telecom ad

हेटौंडा, मंसिर १७ । बुढ्यौली साहित्य समाज मकवानपुरले अग्रज साहित्यकार तुल्सी थापालाई अभिनन्दन गरेको छ ।

शनिबार पल्पसा सदनमा भएको दोश्रो वार्षित्कोत्सव कार्यक्रमको अवसरमा समाजले थापालाई नगद २ लाख रुपैयाँसहित अभिनन्दन गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा विशिष्ट अतिथिद्वय बुढ्यौली साहित्य समाजका सल्लाहकार कृष्णमुरारी गौतम चट्याङमास्टर तथा जिसस मकवानपुरका अध्यक्ष ललित घलान रहनु भएको थियो ।

बुढ्यौली साहित्य समाजका अध्यक्ष आरसी रिजालको अगुवाईमा १७ वटा साहित्यिक संघ, संस्थाले संयुक्त रुपमा थापालाई अभिनन्दन गरेको हो । उहाँको सम्मानमा अक्षयकोष स्थापना गर्ने र आएको व्याज रकमबाट थापाको नाम जोडेर पुरस्कृत गरिने समाजका सचिव राजकुमार लामिछानेले बताउनु भयो ।

सो अवसरमा थापा सर तथा उहाँका बारेमा लेखिएका रचना समेटिएका पुस्तक सार्वजनिक गरिएको छ । नेपालमा दाना कविताका रचनाकारका रुपमा उल्लेख्य योगदान पु¥याउनु भएका थापा सरको सम्मानका अवसरमा सर्जक कविराज घिमिरेद्वारा लिखित बुढ्यौली खण्डकाव्य विमोचन समेत भएको छ ।

कार्यक्रममा निमेष निखिल, सुदर्शन अधिकारी, प्रताप विष्ट आदिले उहाँको कृतित्वमाथि चर्चा गर्नु भयो । पुरुषोत्तम आचार्यले बुढ्यौली सम्बन्धमा कविता वाचन गर्नु भएको थियो । यस्तै साहित्य सर्जक स्वस्तिका दाहालले आरसी रिजालले लेख्नु भएको बुढ्यौली सम्बन्धी गीत गाउनु भएको थियो ।

कार्यक्रम साहित्य संगमकी अध्यक्ष अनिता न्यौपानेले सहजीकरण गर्नु भएको थियो ।

०००
– संप्रस पौडेल, हेडौँडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad