सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘बा’ (काव्यांश- १९)

हाम्रो हाल छ दृष्टिमा यदि भए दुख्छन् कि चिन्ता गरी ? हामी शोकविषे डुबे छटपटी बढ्छन् कि बाधा परी ? कस्ता कर्म गरे हुनेछ सजिलो ? यो जान्न इच्छा बढ्यो । केही चाल नपाउँदा हृदय यो व्याकूलतामा गढ्यो ॥

Nepal Telecom ad

दीनानाथ पोखरेल :

देख्ने शक्ति भरेर मार्ग हितको दौडाउने चालक ।
बाबा साथ हुँदा रहन्न द्विविधा बाँच्छन् बनी पालक ॥
बाबा दृष्टि अनन्त लिन्छ मन यो हुन् कर्म आभाहरू ।
साथैमा रहँदा समुन्नत थिएँ ऐले गुमे के गरूँ ? १६५॥

लामो जीवन मार्ग लाग्छ किन हो कालो अँध्यारो बढी ?
सम्झी भार बडा हियारतल यो धड्कन्छ सातो गढी ॥
आफ्नै गेह सरी गयो पर भयो आफैँ पराई बनी ।
छैनन् शक्ति हितार्थ कृत्य दिलमा भो शून्य यो जीवनी ॥१६६॥

आशा पूर्ण भरेर कर्म नगरे बर्सन्छ टन्टा झरी ।
मात्रै गर्नुछ कर्म सम्झन सके भित्रन्छ हाँसो भरी ॥
पृथ्वी हुन् ममतामयी अटल छन् वात्सल्य आभा बुझे ।
मान्छे उठ्दछ चेतना लय टिपी सञ्ज्ञान सङ्ला सुझे ॥१६७॥

हुन् आकाश पिता हियारतलमा यो ज्ञान राखेपछि ।
आमा हुन् धरणी समान मनले यो सत्य डाकेपछि ॥
आत्मा भ्रष्ट बनेर घुम्न नदिने हुन् सत्य यी चिन्तन ॥
बाँच्ने सौम्य विचारका डगर हुन् यो ज्ञान हो कञ्चन ॥१६८॥

मीठो बोल्दछ कर्म छैन गतिलो त्यो धूर्त ब्वाँसो बुझ ।
चर्को बोल्छ बिगार छैन पथमा त्यो व्यक्ति साथै रुझ ॥
मीठो भर्छ सुयोग्य लाग्छ रस त्यो भित्री बडो घात छ ।
चर्को बोल्छ तथापि छेक्छ ननिको त्यो व्यक्ति क्या खास छ ॥१६९॥

सत्यासत्य समान छन् अवनिमा सत्यार्थमा लम्कनू ।
यो हो योग्य मनुष्य भन्छ भवले सर्वत्र हेक्का लिनू ॥
यस्ता दिव्य मुहान सार्थक बडा को ज्ञान देला खुली ।
बाबा शब्द विशाल दिव्य महिमा छन् शैल अग्ला चुली ॥१७०॥

मान्छेले मन बाँध हेर परको देखिन्छ उस्तै भनी ।
रोई जीणर् बनेर दुख्छ तन यो सम्झाउँछन् तापनि ॥
होहो भन्न सकेन वक्ष बहुतै चर्केर सोला दियो ।
मेरो सौख्य लुटेर दैव कसरी तर्केर टाढा भयो ?१७१॥

मायाका मुखभित्र अग्नि करले लाई डरेका क्षण ।
आओस् लाग्छ परन्तु दर्द सबले झेल्नै नपर्ने दिन ॥
केले दिन्छ खुसी सुझाव अब ता आएर देओ सुधी ।
के हो काल ? र मार्छ मास्छ दुनियाँ यो भन्न आओ बुझी ॥१७२॥

हाम्रो हाल छ दृष्टिमा यदि भए दुख्छन् कि चिन्ता गरी ?
हामी शोकविषे डुबे छटपटी बढ्छन् कि बाधा परी ?
कस्ता कर्म गरे हुनेछ सजिलो ? यो जान्न इच्छा बढ्यो ।
केही चाल नपाउँदा हृदय यो व्याकूलतामा गढ्यो ॥१७३॥

हा ! हा ! दैव लुटिस् लगिस् पर कता ? अन्योलका खात छन् ।
केकस्ता अवहाल छन् जनकमा ? सन्तान बेहाल छन् ॥
हे नारायण ! यो नहोस् अगि भनेँ ऐले त्यही जो भयो ।
हाम्रा यो घरको मियो अटल त्यो ढल्दा उज्यालो गयो ॥१७४॥

०००
इलाम, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बाबुआमा (काव्यांश)- ४०

बाबुआमा (काव्यांश)- ४०

दीनानाथ पाेखरेल
बाबुआमा (काव्यांश-३९)

बाबुआमा (काव्यांश-३९)

दीनानाथ पाेखरेल
बाबुआमा (काव्यांश- ३८)

बाबुआमा (काव्यांश- ३८)

दीनानाथ पाेखरेल
बाबुआमा (काव्यांश- ३७)

बाबुआमा (काव्यांश- ३७)

दीनानाथ पाेखरेल
बाबुआमा (काव्यांश- ३६)

बाबुआमा (काव्यांश- ३६)

दीनानाथ पाेखरेल
बाबुआमा (काव्यांश- ३५)

बाबुआमा (काव्यांश- ३५)

दीनानाथ पाेखरेल
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

रामशरण न्याैपाने
आमाबिनाको घर

आमाबिनाको घर

रुद्र ज्ञवाली
बुहारीको सन्देश

बुहारीको सन्देश

कविराज घिमिरे
बुढ्यौलीलाई पत्र : एक अन्तरङ्ग संवाद

बुढ्यौलीलाई पत्र : एक...

नन्दलाल आचार्य
बाबुआमा (काव्यांश)- ४०

बाबुआमा (काव्यांश)- ४०

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x