साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘बा’ (काव्यांश- १९)

हाम्रो हाल छ दृष्टिमा यदि भए दुख्छन् कि चिन्ता गरी ? हामी शोकविषे डुबे छटपटी बढ्छन् कि बाधा परी ? कस्ता कर्म गरे हुनेछ सजिलो ? यो जान्न इच्छा बढ्यो । केही चाल नपाउँदा हृदय यो व्याकूलतामा गढ्यो ॥

Nepal Telecom ad

दीनानाथ पोखरेल :

देख्ने शक्ति भरेर मार्ग हितको दौडाउने चालक ।
बाबा साथ हुँदा रहन्न द्विविधा बाँच्छन् बनी पालक ॥
बाबा दृष्टि अनन्त लिन्छ मन यो हुन् कर्म आभाहरू ।
साथैमा रहँदा समुन्नत थिएँ ऐले गुमे के गरूँ ? १६५॥

लामो जीवन मार्ग लाग्छ किन हो कालो अँध्यारो बढी ?
सम्झी भार बडा हियारतल यो धड्कन्छ सातो गढी ॥
आफ्नै गेह सरी गयो पर भयो आफैँ पराई बनी ।
छैनन् शक्ति हितार्थ कृत्य दिलमा भो शून्य यो जीवनी ॥१६६॥

आशा पूर्ण भरेर कर्म नगरे बर्सन्छ टन्टा झरी ।
मात्रै गर्नुछ कर्म सम्झन सके भित्रन्छ हाँसो भरी ॥
पृथ्वी हुन् ममतामयी अटल छन् वात्सल्य आभा बुझे ।
मान्छे उठ्दछ चेतना लय टिपी सञ्ज्ञान सङ्ला सुझे ॥१६७॥

हुन् आकाश पिता हियारतलमा यो ज्ञान राखेपछि ।
आमा हुन् धरणी समान मनले यो सत्य डाकेपछि ॥
आत्मा भ्रष्ट बनेर घुम्न नदिने हुन् सत्य यी चिन्तन ॥
बाँच्ने सौम्य विचारका डगर हुन् यो ज्ञान हो कञ्चन ॥१६८॥

मीठो बोल्दछ कर्म छैन गतिलो त्यो धूर्त ब्वाँसो बुझ ।
चर्को बोल्छ बिगार छैन पथमा त्यो व्यक्ति साथै रुझ ॥
मीठो भर्छ सुयोग्य लाग्छ रस त्यो भित्री बडो घात छ ।
चर्को बोल्छ तथापि छेक्छ ननिको त्यो व्यक्ति क्या खास छ ॥१६९॥

सत्यासत्य समान छन् अवनिमा सत्यार्थमा लम्कनू ।
यो हो योग्य मनुष्य भन्छ भवले सर्वत्र हेक्का लिनू ॥
यस्ता दिव्य मुहान सार्थक बडा को ज्ञान देला खुली ।
बाबा शब्द विशाल दिव्य महिमा छन् शैल अग्ला चुली ॥१७०॥

मान्छेले मन बाँध हेर परको देखिन्छ उस्तै भनी ।
रोई जीणर् बनेर दुख्छ तन यो सम्झाउँछन् तापनि ॥
होहो भन्न सकेन वक्ष बहुतै चर्केर सोला दियो ।
मेरो सौख्य लुटेर दैव कसरी तर्केर टाढा भयो ?१७१॥

मायाका मुखभित्र अग्नि करले लाई डरेका क्षण ।
आओस् लाग्छ परन्तु दर्द सबले झेल्नै नपर्ने दिन ॥
केले दिन्छ खुसी सुझाव अब ता आएर देओ सुधी ।
के हो काल ? र मार्छ मास्छ दुनियाँ यो भन्न आओ बुझी ॥१७२॥

हाम्रो हाल छ दृष्टिमा यदि भए दुख्छन् कि चिन्ता गरी ?
हामी शोकविषे डुबे छटपटी बढ्छन् कि बाधा परी ?
कस्ता कर्म गरे हुनेछ सजिलो ? यो जान्न इच्छा बढ्यो ।
केही चाल नपाउँदा हृदय यो व्याकूलतामा गढ्यो ॥१७३॥

हा ! हा ! दैव लुटिस् लगिस् पर कता ? अन्योलका खात छन् ।
केकस्ता अवहाल छन् जनकमा ? सन्तान बेहाल छन् ॥
हे नारायण ! यो नहोस् अगि भनेँ ऐले त्यही जो भयो ।
हाम्रा यो घरको मियो अटल त्यो ढल्दा उज्यालो गयो ॥१७४॥

०००
इलाम, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
0
Would love your thoughts, please comment.x
()
x