साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टाउको व्यापार

त्यो के भने पूजारी... वादी... सुराकी आतङ्ककारी पनि त हुनसक्छ । कतै फेरि नराम्रोसँग फसिने त होइन ? तसर्थ मैले भने- ‘किन्ने हो म दर्शन गरेर फर्कन्छु । अनि लिएर जान्छु ।’

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

बूढापाकाहरू भन्छन्- पेशामा अति उत्तम पेशा व्यापार हो । मलाई पनि त्यस्तै लाग्छ- व्यापार अपार । तर, के गर्नु, आफ्नो बुद्धि त्यतातिर लाग्दै लागेन । जागिरबाट गिरेपछि पनि कलम समात्न छाडिएन । बुद्धिमा बिर्कै लागेको हो क्यारे । कहाँबाट लेखक हुने धनले अड्यायो – मलाई । लेख्यो, केर्‍यो, फेरि लेख्यो अनि कागजै घ्यार्र च्यात्यो । यदाकदा यो त छपाउनुहुन्छ होला भनेर सकी नसकी साफी गरेर सम्पादकज्यूलाई दियो, उहाँले फेरि नराम्रोसँग अँठ्याइदिने । यस्तो हुँदाहुँदै पनि एक-दुई लेख पत्रिकामा छापिएपछि आफैलाई स्याबासी दियो र कसैले परिचय माग्दा भन्न थालियो लेखक । तात्तो न छारो । उत्ता आफ्नै गाउँको साँवा अक्षर छिचोलेका कटहरे जेठाले व्यापार गरेर धन कमाएको देख्दा मुखै रसाएर आउँछ । तसर्थ व्यापार थालौं कि जस्तो हुन्छ र सोच्न थाल्छु । मनले भन्छ- के व्यापार गर्ने ?

सुनेको हुँ- पारिवने कान्छाले कालो गुदरगानो पाए पित्तललाई सुन बनाउन सकिन्छ रे भन्ने सुनेछन् । कालो गुँदरगान खोज्दा खोज्दा ऋणमा फसेर आठबिसेको खेतै सुइँक्याएका हुन् रे । रतुले घर्तीलाई कुनै उट्पट्याङले लगाइदिएछ, कालो कुसको व्यापार साह्रै उत्तम हुन्छ । त्यो व्यापार गर्छु भन्दाभन्दै रतुलेले साह्रै ठूलो हैरानी पायो रे । पुछारघरे कान्छाले भने खुर्सानी व्यापार गरेर अलिकति कमाएकै हो रे । तसर्थ म के व्यापार गरेँ भनेर सोच्दै थिएँ, मेरो मनमा एउटा विचार आयो- घरजग्गा खरिद-विक्री । कति पैसा लाग्छ भनेर बुझेकी त मेरो सातो गयो । अनि सम्झे- आलू व्यापार । फेरि आफ्नै मनले भन्यो त्यस्तो जाबी आलु व्यापार पनि व्यापार हो ? यस्तैमा एउटा पत्रिका बेच्ने केटो मेरो घरनजिकैको बाटोमा ठूलो स्वरले कराउँदै भन्दै गयो- ‘एउटा टाउकाको मोल पचास लाख ।’ अनि त मेरो मनले मलाई आदेश दियो- ‘गर्ने भए टाउकोकै व्यापार गर ।’

मनकामना देवीको दर्शन गर्न जाँदा पूजारीसँग सुतोमा टाउको किनेर खाएको सम्झना भयो पुजारीसँग टाउका प्रशस्तै भएको पनि सम्झना भयो । मनमनै भने- अब मनकामना गएर टाउका खरिद गर्ने र नाफामा बेच्ने तर फसाद के भयो भने नेपाल बन्द छ, कसरी जाने ? अनि मनैले भन्यो- टाउका दक्षिणकालीमा पनि पाइहालिन्छ । त्यहाँ गएर टाउकाको व्यापार गर् । आदेश सिरोपर गरेकै नेपाल बन्द हुनासाथ हिँडेरै त्यतातिर लागे ।

पूजारीसँग टाउका थुप्रै रहेछन् । मनले भन्यो- साइत परेकै हो । अनि म टाउका छान्न थालेँ । एउटा गजबको टाउको भेटेर सोधे- ‘यो टाउकोको मूल्य कति ?’ पूजारीले मतिर टुनुक हेरे- ‘किन्ने हो ?’

म अकमकाएँ । केही सोच्नै सकिनँ । अनि जे पर्ला-पर्ला भनेर प्रतिप्रश्न नै हुर्याएँ भन्नुहोस्, मूल्य कति ? पूजारीले मेरो टाउकोदेखि पाइतालासम्म हेर्‍यो । मलाई अर्को डर लाग्यो । त्यो के भने पूजारी… वादी… सुराकी आतङ्ककारी पनि त हुनसक्छ । कतै फेरि नराम्रोसँग फसिने त होइन ? तसर्थ मैले भने- ‘किन्ने हो म दर्शन गरेर फर्कन्छु । अनि लिएर जान्छु ।’

म सरासर भगवतीको दर्शन गर्ने लाइनमा लागे । मनमनै देवीको प्रार्थना गरिरहे- ‘हे भगवती, दया गर । मलाई टाउको व्यापार गरेर पैसा कमाउनु छैन । बरू त्यो व्यापारीका आँखा छलेर यहाँबाट उम्कन सकेँ । नभन्दै भगवतीको निगाह भयो । पुजारी आफ्नै काममा व्यस्त भएको मौका पर्‍यो । त्यहाँबाट कुलेलम ठोकेँ । अहिले पनि मेरो मन भनिरहेछ- ‘टाउकोको व्यापार नगर्नु ।’

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x