साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अवश्य बन्छ यो घर

एउटै फूलबारीका, करोडौँ फूल हौँ तर कामचोर हुँदा माली, सकेनौँ फुल्न सुन्दर ॥

Nepal Telecom ad

हरिप्रसाद पौड्याल :

सारङ्गीको मिठो धून, सुनिँदैन यता कतै
विदेशी बज्दछन् बाजा, घर- गाउँ जताततै ॥१

पुराना बिर्सियौँ खाना, ढिँडो, रोटो र बाबर
पिजा बर्गर रोज्दै छौँ, भई स्वादे र पामर ॥२

कला – संस्कृतिको रक्षा, भए पो हुन्छ गौरव
भाषा- साहित्य हुन् प्राण, बचाए चल्छ सौरभ ॥३

धोती टोपी लडाइन्छन्, तेरो मेरो भनी यहाँ ॥
चौबन्दी, फरिया अश्रु, झार्छन् बन्धक भै जहाँ ॥४

सुरुवाल र दौराको घट्यो मूल्य उसै गरी
पहिचान गुमाएर बाँच्ने हो भन के गरी ? ॥५

एउटै फूलबारीका, करोडौँ फूल हौँ तर
कामचोर हुँदा माली, सकेनौँ फुल्न सुन्दर ॥६

सभ्यता-मान्यता हाम्रा, मुर्झाए मर्न तत्पर
बलिया इँट, खम्बा यी, जोगाए बन्छ यो घर ॥७

०००
धुलाबारी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपना

सपना

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
नेतृत्व भयो काँतर

नेतृत्व भयो काँतर

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x