साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घर्षणवाद

“विश्वमा गोचर या अगोचर जे जति वस्तु पदार्थ छन् ती सबै घर्षणका परिणाम हुन । त्यसैले यो घर्षणवाद सबै वादहरूमा उत्तम वाद हो । यस्तो वैज्ञानिक र सम्यक वादका प्रतिपादक जो हुनु हुन्छ, धन्य हुनुहुन्छ ।”

Nepal Telecom ad

रुद्र ज्ञवाली :

उसलाई बेला मौकामा नयाँ नयाँ विचार फुर्ने गर्छ । यसपटक भने उसलाई एउटा नयाँ वाद फुर्‍यो ।

आल्हादित उसले उत्तरीय, नैवेद्य, भेटी र भर्खरै फुरेको बादको प्रस्तावना बोकेर गुरुकुलमा दाखिल भयो ।

“प्रिय शिष्य । तिम्रो प्रस्तावनाका आधारमा म ठोकेरै भन्न सक्छु विश्वमै प्रचलित वादहरूमा यो वाद विशेष महत्त्वको छ । कालान्तरमा यो वादले राजनीति र साहित्यमा आफ्नो एकल प्रभुत्त्व कायम गर्नेमा कुनै शङ्का रहेन । बरू छिट्टै यसको प्राण प्रतिष्ठाका लागि तिमी कुनै अनुष्ठान आयोजना गर ।”

ऊबाट आयोजित अनुष्ठानमा प्रमुख गुरुबाट प्रवचन शुरु भयो

“यो सृष्टि सबैखाले घर्षणहरूको परिणाम हो । विभिन्न पदार्थ, तत्वहरूको घर्षणबाट सूर्य बन्यो सूर्यका तत्वहरूको घर्षणबाट ग्रहहरू उत्पन्न भए । नयाँ वस्तुप्रतिको आकर्षण शास्वत् प्रक्रिया हो । यसै प्रक्रिया अन्तरगत पृथ्वी बन्यो, जीव बने र हामी बन्यौँ ।”

“गहिरिएर सोच्यौँ भने हामी बन्नुका पनि कारण छन् । अध्यात्मवाद र भौतिकवादको अन्तरघुलनबाट निर्मित यो वादले जत्ति जीवन र जगतको विश्लेषण गर्न सक्ने वाद अहिलेसम्म यो लोकमा प्रतिपादन भएकै थिएन । यो वादले ब्रह्माण्डकै सटीक विश्लेषण गरेको छ । जीवन भन्नु प्राणीका क्रिया प्रतिक्रियाहरूको घर्षण हो । घर्षण भन्नु द्वन्द्व हो । बादलहरूको टकरावबाट चट्याङ र बिजुली, विपरित लिङ्गहरूको घर्षणबाट प्राणी, घाम पानी माटो र बिजको घर्षणबाट जीव वनस्पति ।”

“विश्वमा गोचर या अगोचर जे जति वस्तु पदार्थ छन् ती सबै घर्षणका परिणाम हुन । त्यसैले यो घर्षणवाद सबै वादहरूमा उत्तम वाद हो । यस्तो वैज्ञानिक र सम्यक वादका प्रतिपादक जो हुनु हुन्छ, धन्य हुनुहुन्छ ।” यति भनेर गुरुले प्रवचन सिद्धयाउनु भयो ।

गुरुका प्रवचनमा अनुरक्त उसका आँखा हर्षाश्रुले भरिए ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x