साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विभीषिका र बाध्यता

स्वार्थी छन् परिबारवाद तिर झन् झुक्ने दलालीहरू को सक्छन् लिन भ्रष्ट रावण यहाँ श्रीराको आबरु ? के दिन्छन् फल उम्रिएर वनमा ती दुष्ट काँडाहरू? जोतिन्छन् न कतै बसेर हलमा ती बैल छाडा अरु ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

रोजै पुज्छु म राम रावण पुजौँ संस्कारले दिन्न हो
रोएको छ बलिन्द्रधार धरती चित्कार रोकिन्न यो
पाएको जुन वस्तु हार भनियो घाँडो भयो भार त्यो
नाङ्गो नृत्य हुँदैछ झन् शिखरमा दोषी दुराचारको ॥१

नेपाली पहिले झुकेन अहिले पानी भयो वीरता
साह्रै नै धमिलो भयो क्षय भयो नेपालको अस्मिता
गर्ने उल्झन स्रोत साधन भए को गर्छ खै सञ्चिता ?
सारा शोषक भ्रष्ट छन् उपरका यो राष्ट्रका खै पिता ? ॥२

पुज्ने साहस छैन यो हृदयमा गाई भनी गर्दभ
कालो रात दिवा भनेर मदले मान्ने बडो सौरभ
अत्याचार भयो भनेर जनता लाखौँ रुँदैछन् जब
फैलेको छ यहाँ सुशासन भनी को भन्नसक्छन् अब ?॥३

खाँबो उत्तम देशको न जनको बन्ने कुनै छन् यहाँ
खेदो मात्र लुकेर यो मुलुकको खन्ने उनै छन् यहाँ
राजाको अधिकार खोसी पहिले पाखा यहाँ लाइयो
दर्जा आज तिनै अयोग्य जनमा सम्राटको चाहियो ॥४

स्वार्थी छन् परिबारवादतिर झन् झुक्ने दलालीहरू
को सक्छन् लिन भ्रष्ट रावण यहाँ श्रीरामको आबरु ?
के दिन्छन् फल उम्रिएर वनमा ती दुष्ट काँडाहरू?
जोतिन्छन् न कतै बसेर हलमा ती बैल छाडा अरु ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x