साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो भाषा चमत्कार

उनी भन्न थाले ‘फोर नाइन फोर्टी नाइन हुन्छ, टु नाइन ट्वान्टी नाइन हुन्छ भने वान नाइन वान्टीनाइन हुन्छ कि हुँदैन ?’ मरिमरी हाँसियो । हाँस्दाहाँस्दै हैरान भएपछि मेरी श्रीमती भित्र पस्न खोज्दै भन्दै गइन्- ‘बाल्टिन, हाल्टिन, वान्टीनाइन ।’

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

नेपालका एकजना प्राज्ञले नेपाली भाषामा अङ्ग्रेजी अङ्क प्रयोग गर्नुपर्छ भनेर एउटा अभियानै चलाउनु भएपछि म कहिले कहिले हैरान हुनेगर्दछु । मनले भन्छ यस्तो छ्यासमिसे काम ठीक हुँदैन कि । हुन त विवाह गरेपछि श्रीमान् र श्रीमतीको भावना मिसिएर नयाँ भावना आउँछ भन्छन् । दुईजनाको रजको समिश्रणबाट सन्तान हुने कुरा सबैले बुझेकै विषय हो । कुन्नि के-के मिसिएर पानी भएजस्तै नेपाली भाषामा अङ्ग्रेजी अङ्क मिसाउँदा पनि खासै फरक नपर्ने हो । भारतले त्यसो गरेकै छ तर पनि मलाई त त्यो ठीक लाग्दै लागेन किनभने यस्तै गर्दै जाँदा भाषा नेपाली, अक्षर, नेपाली, अङ्क अङ्ग्रेजी गर्दै जाने हो भने कुनै दिन हाम्रो स्वर नेपाली, मात्रा अङ्ग्रेजी, लवज हिन्दी, बिसाइ जर्मनी भएर मेरा जुत्ता है जापानी, पत्लुङ इङ्ग्लिस्थानी, सर्पे लाल टोपी रुसी जस्तो हुन्छ कि भनेर म डराउने गर्दछु ।

नेपाली भाषामा पनि कहिलेकाहीँ अनौंठो प्रयोग हुने गर्दछ । त्यस्तो देख्दा पनि म आत्तिएर हैरान हुने गर्दछु । एकपटक एउटा समाचारमा लेखिएछ- संसारका सवैभन्दा ठूलो बालकको स्कूल । ठूलो बालकको स्कुल कि बालबालिका पढ्ने संसारभरको सबैभन्दा ठूलो स्कुल । यो प्रश्नले मलाई लखेटेको हो केही समय । हालै अर्को पत्रिकाले लेखेछ- सत्र सय किलोमिटर लामो मोटर चल्ने सडक, निर्माण सम्पन्न । उसले भन्न खोजेको हो मोटर चल्ने सडक सत्र सय किलोमिटर निर्माण सम्पन्न तर यहाँ भनाई नमिलेर दोहोर्‍याई दोहोर्‍याई पढिरहेको थिएँ । एकजना मेरा भाइ पर्ने सज्जन टुप्लुक्क आइपुगे । कुराकानीपछि मैले भाषाको कुरा गरे ।

मेरा भाइ त झन म भन्दा पनि बढी चिन्तित रहेछन् नेपाली भाषाका विषयमा । उनले भित्र गएर एउटा थोत्रो लाल्टिन लिएर आए । पहिले त उनले यो किन राखेको भनेर सोधे । मैले भनेँ- ‘ए भाइ के तिमीलाई थाहा छैन यो नराखे त बरबाद हुन्छ । बिजुलीको भरै छैन । यो नराखे त लोडसेडिङ हुदा के गर्ने फेरि लोडसेडिङ नहुँदा पनि त झ्याप्प झ्याप्प बत्ती निभेको छ । तिमीलाई थाहै छ किन सोध्यौ ?’ उनले फेरि सोधे – ‘ठीक छ, बाल्न राखियो । अब भन्नोस् त यसको नाम के हो नेपाली भाषामां ?’ जवाफ दिनै पर्‍यो । मैले भने- ‘लालटिन’

मेरो कुरा सुनेर भाइ मरिमरी हाँसे र भने- ‘होइन यो बाल्ने भाँडो हो तसर्थ यसको नाम बाल्टिन हुनुपर्दछ ।’ मलाई हाँसो उम्लेर आयो । खितितित्त हाँस्दै थिए, मेरी श्रीमती पल्लो घरबाट एक बाल्टिन पानी पैँचो मागेर आउँदै रहिछन् । उनले पनि हाँसेरै भनिन्- ‘त्यो बाल्टिन भए यो चाहिँ के त ?’ भाइले एक्कासी जवाफ दिए- ‘त्यो हालटिन किनभने त्यहाँ पानी हालिन्छ ।’ हाँसोको पर्रा छुट्यो । अरु दुई तीनजना पनि थपिए । मरिमरी हाँस्दै थियौँ, भाइले कलम र कागज झिके । हामीलाई जिज्ञासा बढ्यो

भाइले अङ्ग्रेजी अङ्क १९, २९, ३९, ४९ लेखेछन् र ल्याएर देखाउँदै हामीलाई सोध्न थाले- ४९ लाई देखाएर यसलाई के भन्छन् ?’ मैले भनिदिएँ फोर्टी नाइन । उनले ठीक भनेर दोस्रो अङ्क देखाए- ‘मैले भने थर्टी नाइन’, फेरि देखाए मैले भनेँ ‘ट्वान्टी नाइन’, अर्को देखाएपछि मैले भनेँ ‘नायन्टिन’ । उनले भने- ‘गलत’ । हामी सबै छक्क परेर उनकै अनुहारमा एकोहोरो हेरी बस्यौँ लाटीले कुन्नि ‘के हेरेझैँ । यो देखेर उनी भन्न थाले ‘फोर नाइन फोर्टी नाइन हुन्छ, टु नाइन ट्वान्टी नाइन हुन्छ भने वान नाइन वान्टीनाइन हुन्छ कि हुँदैन ?’ मरिमरी हाँसियो । हाँस्दाहाँस्दै हैरान भएपछि मेरी श्रीमती भित्र पस्न खोज्दै भन्दै गइन्- ‘बाल्टिन, हाल्टिन, वान्टीनाइन ।’ यस्तै छ, हाम्रो भाषाको चमत्कार !

०००
बानेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x