साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गन्तव्य नै हराए

पानी परेन थोपो धर्ती सुका सुका छ हाम्रो शरीर हेर्दा छैनन् कि झैँ लुगा छ माटो जमेन फुक्का बुर् बुर् धुलो उडेको पन्छी समेत उड्ने मेलो नभै रुकेको ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

यात्रा थियो हिजोको गन्तव्य पन्थ पूर्व
गाडी चढी हिँडेको संयोग यो अपूर्व
घन्टा दुई हिँडेमा पुग्ने थलो थियो सो
सम्पूर्ण रात्रि हिँड्दा थाकेर देह गल्दो ।१

ठेक्का थियो नयाँ त्यो बाटो नयाँ खनेको
बाटो तयार के होस् माटो नयाँ छरेको
कैयौं हजार गाडी दौडे धुलो उडाए
रातै परे समानै गन्तव्य नै हराए ।२

चौतर्फ गुम्म हेर्दा पार्दै धरा अँध्यारो
साह्रै धुलो उडेको हिँड्नै अतीव गाह्रो
जानू कता कता खै देखिन्न एक रत्ति
केही ढिलो गरेमा बच्दैन देह कत्ति ।३

पानी परेन थोपो धर्ती सुका सुका छ
हाम्रो शरीर हेर्दा छैनन् कि झैँ लुगा छ
माटो जमेन फुक्का बुर् बुर् धुलो उडेको
पन्छी समेत उड्ने मेलो नभै रुकेको ।४

०००
हाल नेपालगञ्ज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा !

आमा !

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
नाक र नेतृत्व

नाक र नेतृत्व

घनश्याम रेग्मी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x