साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिश्र मामाको मानसिक द्वन्द्व

‘मैले के छ हो मामा ?’ हालखबर भनेको त मामाले माथिका सारा वृत्तान्त सुनाउनुभयो । अन्त्यमा भन्नुभयो- ‘बाबु ! म पनि अब त्यतै आकर्षित भएको छु । सायद अब चाँडै नै टुप्पी काट्छु, खरानी धस्छु र निर्वस्त्र भएर बस्छु ।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

यसपालिको शिवरात्रीमा मिश्रमामा पशुपतिनाथको मन्दिरवरिपरि राम्रैसँग घुम्नुभएछ । भक्तजनहरूको, हाल विहाल, निहार्नुभएछ । भगवानको दर्शन गर्न भनेर घण्टौ लाइनमा उभिई पाइला विस्तारै चाल्दासम्म पनि मामाका मनमा श्रद्धाका भावना उर्लिएर आएका हुन् । त्यतिबेला मामाका मनमा एक किसिमले विरक्ति नै छाएको थियो । आखिर यो जीवन क्षणभङ्गुर नै त हो । माइकले पनि त्यस्तै धारणा पोखिरहेको थियो तर यस्तोमा पनि कता कति माया पिरतीका कुराकानी देख्नुभएछ मामाले । कति त यसैमा मस्त भएको पनि देखियो रे । फेरि धर्म गर्न जानेहरू पनि ढाँटढुटका कुरा गरी भित्र पस्न लाइनमा घुसेर बस्न खोज्नेहरू पनि देखिए रे । जे होस्, धेरैजसो त श्रद्धासाथ रहेका देख्नुभएछ मामाले ।

मिश्र मामाले यसपटक त्यसरी लाइनमा बसेर मन्दिर प्रवेश गर्ने प्रतीक्षा गर्दा एउटा उक्ति सम्झनुभयो रे मनमनै कि मान्छेहरूको अन्तेष्टिमा दाहसंस्कार गर्न जाने मलामीका मनमा जिन्दगी के रहेछ र आज छ, भोलि छैन जस्ता कुरा आउँछन् । त्यहाँबाट फर्केपछि विस्तारै तेरो मेरो म यस्तो तँ यस्तो आदि भावना भरिन्छन् । मन्दिरमा प्रवेश गरेपछि सत्य भाव स्वतः हराएर जान्छ । त्यस्तै सम्भोगको अन्त्यमा मान्छे सम्भोगसँग नै घृणा पाल्न थाल्छ र पुनः पुनः त्यस्तो कार्यमा नलाग्ने मन बनाउँछ तर ढिला हुँदै गएपछि फेरि इच्छुक हुन्छ त्यसैमा । यो भगवानको खटनपटन हो भन्ने कुरा खुब मनन गर्नुभो रे मामाले । तर फेरि युवायुवतीका क्रियाकलापले मनमा द्वन्द्व पनि घुस्न पुग्यो रे ।

मन्दिर परिसरमा प्रवेश गरेपछि मामाको मन अर्कै भयो रे । कारण के भने त्यहाँ नाङ्गा बाबाहरू लिङ्ग प्रदर्शन गरिरहेका देखिएछन् । उनीहरूलाई लाइनमा घण्टौ बसेर आउन परेन । त्यहाँ आएपछि पनि सुरक्षाकर्मीले चाँडै जाऊ चाँडै जाऊ भनेर धकेल्ने र मुन्ट्याउने गरेनन् उनीहरूलाई त्यहीँ बसिरहेका थिए । मामाका मनमा आयो रे के तिनीहरू नाङ्गा भएकाले त्यो सहुलियत मिलेको हो कि यहाँ नाङ्गो नाच नाच्ने प्रवृत्तिलाई प्रोत्साहित गर्न खोजेको हो समाजले । लिङ्गमा विविध किसिमका धातुका काँजा हाल्न सिकाउने ध्येय हो यो लिङ्गलाई तन्काएर लङ्गौटी लगाएझैँ पछाडि ल्याएर घुसारेको पनि देख्नुभएछ मामाले र लिङ्गमा लौरो अड्याई लौरोमाथि मान्छे चढाएको पनि देख्नुभएछ मामाले ।

त्यसको भोलिपल्ट यहाँका पत्रिकाहरूले ती अश्लील दृश्यलाई रङ्गीन तस्विरसहित वर्णन गरेको देख्नुभएछ । अनि मामाका मनमा आछ हाम्रो समाज सभ्यताको विपरीत जान खोज्दै त छैन नभए यस्ता कुरोलाई किन प्रोत्साहित गर्छ ? आफूसँग आफै भन्नुहुँदोरहेछ मामा- त्यस्ता असभ्य दृश्यलाई कुनै अगचमा अर्थात् इच्छुकहरूले मात्र गएर हेर्न पाउने स्थानमा राखिनुपर्थ्यो । यसोभन्दा मामाका मनमा फेरि खेलेछ त्यसो गर्दा पाप लाग्ने हो कि ? फेरि, रे, आएछ त्यसो भए पाप के हा र धर्म के हो ?

जो मान्छे विषयहरूलाई साधारण रूपमा हेर्छ, त्यसलाई यस्ता तर्कवितर्क कुतर्क केही आउँदैनन् । मिश्र मामा त पर्नु भो गहिराइसम्मै पुग्न र विचलित हुन पनि खोज्ने । तसर्थ मामालाई विषयले छोएछ । फालिदिऊ कि लुगाफाटा, धसिदिऊँ कि खरानी, काटिदिऊँ कि टुप्पी जस्तो भएछ । मनमा आएछ खरानी घसेपछि लङ्गौटीसम्म पनि लाउन नपर्ने, बूढीको खप्की र साहूको दप्की सहन नपर्ने । खाओवादीदेखि माओवादीसम्मको डर हुँदै न हुने । अड्डाखानामा घुस भूम जुस ख्वाउनै नपर्ने । ‘भुँडी’ भर्ने र आँखा तर्नेको चिन्ता नहुने । न भोक न सोक न सुर्ता न धोका न धन्दा सुखैसुखजस्तो लागेछ र त्यतै तानिनु पनि भएछ ।

शिवरात्रिको भोलिपल्ट मिश्र मामासँग ठ्याक्क भेट भयो । ‘मैले के छ हो मामा ?’ हालखबर भनेको त मामाले माथिका सारा वृत्तान्त सुनाउनुभयो । अन्त्यमा भन्नुभयो- ‘बाबु ! म पनि अब त्यतै आकर्षित भएको छु । सायद अब चाँडै नै टुप्पी काट्छु, खरानी धस्छु र निर्वस्त्र भएर बस्छु ।

मामाका कुरा सुनेर मेरो हाँसोको हल्को मुखबाट फुत्कन फुत्कन खोजेको थियो । जवर्जस्ती रोकेँ । अनि भनेँ मामा । त्यो जीवन पनि त्यति सजिलो छैन जति सोच्नुभएको छ ।

मेरो कुराले मामाका मनमा फेरि द्वन्द्वको सिर्जना गर्‍यो क्यारे । मामा सेलाउन थाल्नुभो । म त्यहाँबाट टाप कसेँ । अलि ओल्तिर आएर मामाका कुरा सम्झेको त खुतुतु हाँसो छुट्यो । एक्लै हाँसेको म आफैँलाई लाज लागेर आयो ।

०००
बानेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x