साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलो डकार्ने कुकुर

लखरलखर कुइँकुइँ गराउँदै भगाउने चटक गरे यी पाल्तु भुस्याहाले नगद सर्लक्कै खाए रगत मुखमै गाडेर मस्त चुसे, यी कुकुरहरूले सुनलाई नुन बनाए देशीलाई विदेशी बनाए विदेशीलाई देशी बनाए ।

Nepal Telecom ad

भीम गौतम :

लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र…
ठगेरै खान जन्मियो
लुटेरै खान पल्कियो
नयाँ ठाउँ देख्यो
नौलो नाम लेख्यो
सुधार देख्दै देखेन
उधिनेरै छोड्ने भयो
आफू अघाएरै मर्ने भयो
धेरै रङका पाल्तु कुकरहरू
कोही उत्तरका ढाडेहरू
कोही दक्षिणका भुस्याहा लस्करहरू
लुँछे, चुस्नु चुसे
लुट्नु लुटे रङ्ग विरङ्गका कुकुरहरू
सर्लक्कै भुटे नेपाली अस्मितालाई ।

अब भर्भराउँदो अगुल्टो लिएर
भुक्न आउने डाङ्गोलाई
पुच्छर हल्लाउने डाङ्गीलाई
थुतुनोमै अगुल्टो झोस्न
पर्खिरहेछन् मान्छेहरू ।

लखरलखर कुइँकुइँ गराउँदै भगाउने
चटक गरे यी पाल्तु भुस्याहाले
नगद सर्लक्कै खाए
रगत मुखमै गाडेर मस्त चुसे,
यी कुकुरहरूले सुनलाई नुन बनाए
देशीलाई विदेशी बनाए
विदेशीलाई देशी बनाए
के-के किनिए
के-के बेचिए
तर किन्ने चिनियो बेच्ने चिनिएन
अब पालो आउँदै छ बेचिनेमा
मेरो अनि तपाईंको ।

तसर्थ अब हामी होसियार हुनु पर्नेछ
हामीले बिउझिँनु पर्नेछ
कलो डकारिरहने यी कुकुरहरूलाई
सखाप पार्नु पर्नेछ ।

०००
भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल्वाँठहरूले

ल्वाँठहरूले

भीम गाैतम
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
घैँटे शासक

घैँटे शासक

भीम गाैतम
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x