सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कलो डकार्ने कुकुर

लखरलखर कुइँकुइँ गराउँदै भगाउने चटक गरे यी पाल्तु भुस्याहाले नगद सर्लक्कै खाए रगत मुखमै गाडेर मस्त चुसे, यी कुकुरहरूले सुनलाई नुन बनाए देशीलाई विदेशी बनाए विदेशीलाई देशी बनाए ।

Nepal Telecom ad

भीम गौतम :

लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र…
ठगेरै खान जन्मियो
लुटेरै खान पल्कियो
नयाँ ठाउँ देख्यो
नौलो नाम लेख्यो
सुधार देख्दै देखेन
उधिनेरै छोड्ने भयो
आफू अघाएरै मर्ने भयो
धेरै रङका पाल्तु कुकरहरू
कोही उत्तरका ढाडेहरू
कोही दक्षिणका भुस्याहा लस्करहरू
लुँछे, चुस्नु चुसे
लुट्नु लुटे रङ्ग विरङ्गका कुकुरहरू
सर्लक्कै भुटे नेपाली अस्मितालाई ।

अब भर्भराउँदो अगुल्टो लिएर
भुक्न आउने डाङ्गोलाई
पुच्छर हल्लाउने डाङ्गीलाई
थुतुनोमै अगुल्टो झोस्न
पर्खिरहेछन् मान्छेहरू ।

लखरलखर कुइँकुइँ गराउँदै भगाउने
चटक गरे यी पाल्तु भुस्याहाले
नगद सर्लक्कै खाए
रगत मुखमै गाडेर मस्त चुसे,
यी कुकुरहरूले सुनलाई नुन बनाए
देशीलाई विदेशी बनाए
विदेशीलाई देशी बनाए
के-के किनिए
के-के बेचिए
तर किन्ने चिनियो बेच्ने चिनिएन
अब पालो आउँदै छ बेचिनेमा
मेरो अनि तपाईंको ।

तसर्थ अब हामी होसियार हुनु पर्नेछ
हामीले बिउझिँनु पर्नेछ
कलो डकारिरहने यी कुकुरहरूलाई
सखाप पार्नु पर्नेछ ।

०००
भरतपुर, चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने
फेरि बधाईं

फेरि बधाईं

हेम अधिकारी
नेताज्यूको क्रान्ति र मुड्के सलाम

नेताज्यूको क्रान्ति र मुड्के...

सुभाषचन्द्र देवकाेटा
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
विश्व खवर

विश्व खवर

विष्णुहरि पाैडेल