सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फेरिँदै जानु भा छ रिटायर बा

थाहा छैन, आफैँले दीक्षित गरेको शिष्यलाई औँलो काट्न लगाएर गुरु दक्षिणा लिने ऋषिको जुठो खानु भाछ अथवा, बहुरूपी पुतनासँग जोइल जानु भाछ किन हो किन हिजो आज रिटायर बा फेरिँदै जानु भा छ ।

Nepal Telecom ad

नारायण भट्टराई :

आज भोलि फेरिँदै जानु भा छ रिटायर बा
अभिमानी जालो भित्र घेरिँदै जानु भाछ रिटायर बा
वर्षाैँ लगाएर आर्जेका टुटे फुटेका
अनुभवहरूका पहाडमा चढेर
आफूलाई मात्र सर्वोच्च
देख्न थाल्नु भाछ,
आफूभित्रको ज्ञानको अथाह सागरलाई
अहङ्कारको आगोमा सुकाएर
खग्रास भएको मनबाट
अनिष्ट खोक्न थाल्नु भा छ,
मसान घाटमा वर्षाैँ अघि पोलिएको
आदर्शको खरानी
कोट्याइकोट्याई खुइलिसकेको टाउकोमा
सकी नसकी बोक्न थाल्नु भाछ,
आफूले खाएको कुवाको पानी बाहेक सबै
पानीका मुहानलाई अशुद्ध देख्न थाल्नु भाछ
समय र सन्दर्भ गुज्रिएका क्लिष्टे शब्दहरू
थुपारेको भद्दा शब्दहरूको थुप्रो भित्र मात्र
सिर्जना पलाएको देख्न थाल्नु भाछ,
थाहा छैन, आफैँले दीक्षित गरेको शिष्यलाई
औँलो काट्न लगाएर
गुरु दक्षिणा लिने ऋषिको जुठो खानु भाछ
अथवा, बहुरूपी पुतनासँग जोइल जानु भाछ
किन हो किन हिजो आज रिटायर बा
फेरिँदै जानु भा छ ।

०००
हाल अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आओ लाइक ठोकौँ !

आओ लाइक ठोकौँ !

नारायण भट्टराई
यस्तै छ हजुर यहाँको चलन

यस्तै छ हजुर यहाँको...

नारायण भट्टराई
तीन ठोक्तक

तीन ठोक्तक

नारायण भट्टराई
झूटको खेती

झूटको खेती

नारायण भट्टराई
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’