साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेरिँदै जानु भा छ रिटायर बा

थाहा छैन, आफैँले दीक्षित गरेको शिष्यलाई औँलो काट्न लगाएर गुरु दक्षिणा लिने ऋषिको जुठो खानु भाछ अथवा, बहुरूपी पुतनासँग जोइल जानु भाछ किन हो किन हिजो आज रिटायर बा फेरिँदै जानु भा छ ।

Nepal Telecom ad

नारायण भट्टराई :

आज भोलि फेरिँदै जानु भा छ रिटायर बा
अभिमानी जालो भित्र घेरिँदै जानु भाछ रिटायर बा
वर्षाैँ लगाएर आर्जेका टुटे फुटेका
अनुभवहरूका पहाडमा चढेर
आफूलाई मात्र सर्वोच्च
देख्न थाल्नु भाछ,
आफूभित्रको ज्ञानको अथाह सागरलाई
अहङ्कारको आगोमा सुकाएर
खग्रास भएको मनबाट
अनिष्ट खोक्न थाल्नु भा छ,
मसान घाटमा वर्षाैँ अघि पोलिएको
आदर्शको खरानी
कोट्याइकोट्याई खुइलिसकेको टाउकोमा
सकी नसकी बोक्न थाल्नु भाछ,
आफूले खाएको कुवाको पानी बाहेक सबै
पानीका मुहानलाई अशुद्ध देख्न थाल्नु भाछ
समय र सन्दर्भ गुज्रिएका क्लिष्टे शब्दहरू
थुपारेको भद्दा शब्दहरूको थुप्रो भित्र मात्र
सिर्जना पलाएको देख्न थाल्नु भाछ,
थाहा छैन, आफैँले दीक्षित गरेको शिष्यलाई
औँलो काट्न लगाएर
गुरु दक्षिणा लिने ऋषिको जुठो खानु भाछ
अथवा, बहुरूपी पुतनासँग जोइल जानु भाछ
किन हो किन हिजो आज रिटायर बा
फेरिँदै जानु भा छ ।

०००
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x