साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्‌ग्यका झापाली वादशाह

राष्ट्रिय गाईजात्रा महोत्सवहुँदी देशका ख्यातिप्राप्त हास्य-कलाकारहरूका साथमा यहाँसम्म कि हास्य-महानायकहरू महजोडीसम्मका साथ उहाँले नारिएर कार्यक्रम प्रस्तुत गरेर आफूलाई र झापालाई चिनाउनु भएको छ ।

Nepal Telecom ad

पुण्यप्रसाद खरेल :

“डम्बर घिमिरे विशेषाङ्कको प्रकाशन हुँदैछ, तपाईंको एउटा लेख त चाहियो नि । यो एउटा हुकुम जस्तै थियो एक जना धरमपुरे मित्रको । मैले नाम नजानेका मित्रले गरेको यो हुकुम वारे म घोरिएँ। कहिले हो ? मधु पोखरेलको सम्मान कार्यक्रममा जाँदा विराटनगरमा हो कि ? डम्बरजी स्वयम्ले पनि लेख्न आग्रह गरेको जस्तो मनमा अलिअलि रिम्-रिम् सम्झना भयो । धरमपुरे मित्रको कुरा परेकाले मैले “खाँचैसँग ।” भन्ने जुवाफ लाइन । पापपुरेको हुकुम भएको भए म कुरो भुइँमा खस्न नदिकन जवाफ फर्काउथेँ होला । जुवाफ नफर्काउन एउटा कुरा, भुसुक्क बिर्सिनु अर्को कुरा । अचेल भुसुक्क विर्सिने विमारले म ओछेन लागे जतिकै भएको छ ।

फेरि “अब तपाईलाई ७ दिने भाकाबन्दी !” भनेर अदालती पारामा आएको म्यादले म झल्यास्स भएँ। लाऽ हो। अब सात दिनमा के चाहिँ पढ्नु, के चाहिँ लेख्नु ? पुस्तकहरू नराख्ने रङ्ग न ढङ्गकाे मान्छे आफू । खोजेको पुस्तक ठ्याक्कै भन्यावेला भेटिए त तै बरु । तर ती नाम नजानेका मित्रले बाँदरलाई लिस्नो लाइदिए “सर । संस्मरण भए पनि हुन्छ तर छिटो है ।” लिस्नो पाएपछि बाँदरले अब किन जोखिम मोल्ने त ? सवैभन्दा सजिलो संस्मरण लेख्नु नै हो । त्यसैले म लस्किएँ त्यतैतिर ।

कुन दिन अर्थात् कुन मितिमा मैले डम्बर घिमिरेलाई पहिलो पल्ट भेटेँ, फम रहेन । तर दशकौँ बितिसकेको छ उहाँलाई चिनेको उहाँका हास्य प्रस्तुतिहरू सुने-देखेको, कविताहरू सुनेको । ‘अयोग्य पुरुष नास्ति’ भन्ने उक्ति झै हरेक मान्छेमा आ-आफ्‌नै विशिष्टताहरू, आ-आफ्‌नै विलक्षणताहरू हुन्छन् नै । डम्वरजीमा त यस्ता विलक्षणताहरू एक होइन, एकभन्दा वढी छन् ।

डम्बरजीलाई मैले जति चिनेको छु, पक्कै पनि धेरै चिन्नेहरू अझै अरु धेरै जना छन्, होलान् । जे भए पनि म ढुक्कसँग के कुरा भन्न सक्छु भने डम्बर घिमिरेको अभावमा नवरङ्ग साहित्य प्रतिष्ठानका नवै रङ्ग फिका हुन्छन्, धरमपुरको साहित्यिक परिचय आज जे छ त्यस्तो पटक्कै हुने थिएन ।

मलाई आफू केटाकेटी छँदाको धेरै दोहोर्याई-दोहोर्याई हामीले भन्ने गरेको एउटा कुरा आज पनि याद छ- “ज-जगे दमाई जरिङ टिप्न जुरुक्क उठी जङ्गलतिर जुकाघारी जदौ गर्दै जा !” यसरी ‘ज’ बाट उठेका शब्दहरूको लगातार पुनरावृत्तिवाट बनेको यस वाक्यले दिने सन्देश कुनै नयाँ-नौलो छैन तर स्रोतालाई या पाठकलाई यसले एक प्रकारको मोहनी लाउँछ, मोहित पार्दछ । साहित्यमा यस्ता अलङ्कारको प्रयोगले अभिव्यक्तिलाई चमत्कारिक बनाउनुका साथै पाठकलाई आनन्दित पनि पार्दछ । साहित्यको सौन्दर्य बढाउने अलङ्कार मध्येको यो पनि एउटा अति प्रिय शब्दालड्ङ्कार हो । म यो सम्झिनासाथ डम्वरजीलाई सम्झिन पुगिहाल्छु । उहाँ ‘क’ बाट सुरु गरेर, ‘ख, ग, …ज्ञ’ सम्म नै जुनसुकै अक्षरबाट सुरु भएका शब्दबाट त्यही जकारादि शब्दमाला नै फररर फलाक्न सक्नुहुन्छ । नेपाली भाषामा ‘ण’बाट सुरु भएका शब्दहरू छैनन् । त्यसैले उहाँ यस समस्यालाई (अर्थात बाधा), उहाँको अर्थमा ल्याएर अण्याक’को प्रसङ्ग (अण्याक) हास्यवाचन गर्न सक्नुहन्छ ।

जन्मजात उहाँले मिठो स्वरको वरदान लिएर आउनुभएको छ । त्यसकारण बन्दका कविता गाउन पर्दा वा काव्य प्रस्तुति गर्दा उहाँ अति नै मिठो रूपमा सुनाउन पनि सक्नुहुन्छ । छन्द कविगोष्ठीमा उहाँले स्वर नआउने कविहरू ढक्रिए झैं ढक्रिए ढक्रिनु पर्दैन ।

लेखनाथ पस्तकालय समय-समयमा छन्दमा कविता सनाउने कार्यक्रमको आयोजना गर्छ । मिठा लयमा सुन्न पाइने छन्दका कविता सुन्न मन गर्ने म पनि निम्ता पाएर उपस्थित हन्छु । यस्तै एउटा छन्द कविगोष्ठी दरवार हत्याकाण्डको लगत्तै पछिको कार्यक्रम रहेछ कि क्याहो, म पनि उपस्थित थिएँ । धेरै कविहरूका कविताका विषय राजा वीरेन्द्रप्रति सम्मान जनाउने, उनको हत्या गर्ने हत्याराप्रति आक्रोस उराल्ने, उनको ‘राष्ट्रप्रेम’ को प्रचार गर्ने, उनकाप्रति स्वर्ग जाऊ भन्ने कामना गर्ने आदि थिए । तर डम्बर घिमिरेको कविता भने राजा वीरेन्द्रको हत्याकै विषयमा भईकन पनि सवभन्दा छुट्टै र नौलो थियो । मलाई एक हरफ अझै सम्झना छ-
“स्वर्ग नजाऊ राजा तिमी प्रेत बनी आज,

जसले खायो तिमीलाई त्यसलाई तिमी खाऊ ।”

यदि प्रतियोगितात्मक गोष्ठी हुन्थ्यो र म एकल जाँचकी हुन्थेँ भने लहिएर म उहाँलाई नै ‘फस्ट’ भएको घोषणा गर्ने हुँला ।

कविता, गीत ज्यादाजसो लोक छन्द र लोकलयमा सुनाउन माहिर उहाँलाई गोष्ठीमा उपस्थित हुँदै खेरी आयोजकहरू एक प्रकारको खुसीमा पर्थे । उहाँको उपस्थितिको अपेक्षा प्रायः सवै कार्यक्रमका आयोजकमा हुन्थ्यो । किनभने उहाँको प्रस्तुति त कार्यक्रमको चटनी नै हुन्थ्यो, अचार नै हुन्थ्यो । कार्यक्रमका सहभागीले कानसम्म मुख च्यातिने गरी हाँस्न पाउँथे ।

साहित्यकारका दुईटा खेमामध्ये उहाँ प्रगतिशील लेखक संघको खेमामै पर्नुहुन्थ्यो । म प्रगतिशील लेखक संघको कुर्सीमा धेरैजेल रहेँ । त्यसवेला उहाँ र म धेरै कार्यक्रममा सहभागी भयौं । कुनै कुनै कार्यक्रममा उहाँले आफ्‌नो हास्य प्रस्तुति गर्दा ती प्रस्तुतिका शब्दहरू प्रलेसको मान्द्रोबाट छरिएर बाहिर पुग्न खोज्थे । त्यति राम्रा मान्छेका त्यति मीठा शब्दहरू हुत्त पोखिएर प्रलेसबाट बाहिर पर्छन् कि ? म त्रसित बन्थेँ र कार्यक्रमपछि वा कहिलेकाहीँ कार्यक्रम अघि नै पनि उहाँलाई होसियार हुन अनुरोध गर्थें- “डम्वरज्यू ! हँसाउने धुनमा कुराको दाई गर्न शब्द छिरोल्दा बढी जोसिएर, हौसिएर ह्वात्त कुरा छिरोल्ने खलोबाट शब्दहरू पाखा छिरोलिन्छन् है । जोसमा होसको करेली खुस्कन दिनु हुन्न है !” उहाँ अँ-अँ भनेझै गर्दै “अर्काको बानी को लिन्छ ? आफ्‌नो बानी को छोड्छ ?” भन्न खोजेझै पनि गर्नुहुन्थ्यो । कविहरूको यो विशेषता वास्तवमा कविहरूलाई विशिष्ट बनाउने विशेषता पनि हो भन्ने म सम्झन्थें र म आफूलाई थुम्थुम्याउँथेँ ।

यसरी हास्य प्रस्तुत्ति डम्वरज्यूको छु‌ट्टै विशेषता हुँदै हो। गोष्ठी सेमिनारहरूलाई एकरसको दिक्कपनबाट चटनी खुवाएर स्रोताहरू वा दर्शकहरूलाई जिब्रो पड्‌काउने पार्न, चनाखो पार्न डम्बरजी सदैव एकदम उपयोगी हुनुहुन्छ। यस मानेमा उहाँ झापाको बादशाह ने हो भन्दा पनि हन्छ । हास्य प्रस्तुतिमा उहाँको योग्यता क्षमताको कुरा गर्दा यति मात्र चर्चा गर्दा उहाँमाथि अन्याय हुन्छ । प्रज्ञा भवनमा हुने राष्ट्रिय गाईजात्रा महोत्सवहुँदी देशका ख्यातिप्राप्त हास्य-कलाकारहरूका साथमा यहाँसम्म कि हास्य-महानायकहरू महजोडीसम्मका साथ उहाँले नारिएर कार्यक्रम प्रस्तुत गरेर आफूलाई र झापालाई चिनाउनु भएको छ ।

डम्बर घिमिरेले धरमपुरमा गरेका कार्यक्रम, जुटाएका साहित्यकार, उपस्थित गराएका अतिथिहरू, सम्मानित गरेका तथा कदरपत्रद्वारा कदर गरिएका मुलुकका लब्धप्रतिष्ठित साहित्यकारहरूको सूची हेर्दा उहाँलाई पूर्वाञ्चलका मोतीराम भनी चिनिनुभएका चूडामणि रेग्मीका भाइ भन्न सकिन्छ । न ठूलो सहर धरमपुर, न कुनै ठूलो प्रतिष्ठित शैक्षिक प्रतिष्ठान नै धरमपुरमा । गाउँ र नितान्त गाउँ हो धरमपुर । तर सबैका अनुमान विपरीत घिमिरेज्यूले धरमपुरमा धरान-विराटनगरमा हुनेभन्दा ठूला साहित्यिक मेलाहरू सम्पन्न गर्ने गराउनु भएको छ ।

शिक्षक जीवनवाट निवृत्त भएर विराटनगरतिर बसाइ सर्नुभएका डम्बरज्यूप्रति झापाली साहित्यिक जगत भने दुखित छ । उहाँ विराटनगरमा थपिएर विराटनगर केही अग्लिदैन तर झापा, विशेषगरी धरमपुर भने डम्बर घिमिरेको पलायनबाट धेरै दुःखित बन्छ, बनेको छ । एउटा व्यक्तित्वको निर्माण गर्न, स्थापित गर्न एउटा युग खर्चिनु पर्छ । त्यसकारण धरमपुर आज एउटा स्थापित साहित्यिक व्यक्तित्वले यसरी वाई-वाई गर्दा यहाँको साहित्यिक जगत् हिस्सिएको छ, आँखामा आँसु छचल्काएर उहाँ गएको बाटो हेर्दो छ। हामी ‘उहाँ विदेशिनु भएको होइन, हामीमाथि अफ्ठेरो परि आउँदा आइपुग्ने ठाउँमा हुनुहुन्छ’ भनेर सम्झाउँदै छौं।

वि.सं. २००२ असार १ मा खोटाङमा जनमनुभएका डम्वर घिमिरेका “भीष्म प्रतिज्ञा” (कविता-२०५१), “घामपानी” (हास्यव्यङग्य २०६०), धर्मकुमारी (खण्डकाव्य – २०६५) र तीतोपीरो (हास्यव्यङ्ग्य क्यासेट २०५७) प्रकाशित छन् । सारै छोटा कविता, मुक्तक, हास्य-मुक्तक पनि लेख्न हात चलेका उहाँ गतिलै सम्पादक पनि हुनुहुन्छ । नवरङ्ग साहित्यिक पत्रिकाका गतिला ठेलीहरू सम्पादन गरेर कुशल सम्पादकमा दरिनुभएको छ । म उहाँको कलम दौडिरहोस् ! हास्य प्रस्तुतिमा ओठ चलिरहोस् । कुनै पिरले उहाँलाई नछुओस् ! भन्ने कामना गर्दै उहाँकै शहीदको रोग शीर्षकको छोटो कविता साथ यो लेख टुङ्ग्याउँछु-

शहीदको धन
एक मिनेटको मौन
अरु सबै रोग लागोस् बरु,
कवि हुने रोग कसैलाई नलागोस् !

०००
झापा
फोन : ०२३-५६२४२७
मिति २०६८ / ५ / २५ मा
नवरङ्ग- (२०६८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बुस राजा बारुद राजा

बुस राजा बारुद राजा

पुण्यप्रसाद खरेल
हुरी

हुरी

पुण्यप्रसाद खरेल
उठ ! जुरुक्क जुरुक्क उठ !

उठ ! जुरुक्क जुरुक्क...

पुण्यप्रसाद खरेल
महिषासुर ब्याउँछ

महिषासुर ब्याउँछ

पुण्यप्रसाद खरेल
‘तपाईंको नाम के हो ?’ का रुद्र खरेल

‘तपाईंको नाम के हो...

पुण्यप्रसाद खरेल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x