साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाषाशास्त्री महानन्द सापकोटालाई सम्झिइयो देवानछापमा

सापकाेटाकाे स्मृति अवसरमा माहानन्द स्मृति प्रतिष्ठान तथा महानन्द पुरस्कार समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसिद्ध कवि तथा गीतकार दिनेश अधिकारी हुनुहुन्थ्यो ।

Nepal Telecom ad

देवानछाप, इलाम, वैशाख ३० । भाषाशास्त्री महानन्द सापकोटाको १२८ औं जन्मजयन्ती उहाँकै जन्मस्थान रोङ गाउँपालिका- ५, देवानछापमा भव्यरुपमा मनाइएको छ । महानन्द स्मृति प्रतिष्ठान तथा महानन्द पुरस्कार समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसिद्ध कवि तथा गीतकार दिनेश अधिकारी हुनुहुन्थ्यो ।

अध्यक्षता बृहस्पति खतिवडा र केशव आचार्यले गर्नुभएको कार्याक्रमका संचालन सोमनाथ पौडेल तथा चन्द्र भण्डारीले गर्नुभएको थियो भने विशिष्ट अतिथिको रूपमा प्रा.डा. टङ्क नेउपाने, प्राज्ञसभासदद्वय मुनाराज सेर्मा तथा सुमित्रा वाङदेल चेली, पूर्व प्राज्ञसभासद विवश पोखरेल, चेतन पथ, रोशन परियार (धनकुटा), वरिष्ठ अधिवक्ता लीला उदासी, प्रा.डा.गङ्गाप्रसाद अधिकारी, रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो ‘सुवास’, रोङ- ५ का वार्ड अध्यक्ष दिलबहादुर पुलामी, तथा ६ का वडा अध्यक्ष सत्यम राईलाई आसन ग्रहण गराएर कार्यक्रम अघि बढेको थियो ।

नेपाली साहित्य विकास समितिका सचिव रश्मिशेखर सुवेदीले स्वागत गरेर अघि बढेको कार्यक्रममा भाषाशास्त्री महानन्द सापकोटाको चिनारी प्रसिद्ध खोजपत्रकार केदार शर्माले, भवानी घिमिरेको प्राडा गङ्गाप्रसाद अधिकारीले तथा हिरा आकाशको चिनारी वरिष्ठ अधिवक्ता लीला उदासीले गराउनु भएको थियो ।

कार्यक्रममा महानन्द पुरस्कार झापा सुरुङ्गाका कवि साहित्यकार कोमलप्रसाद पोखरेललाई, महानन्द युवा पुरस्कार इलाम चुलाचुलीका सुन्दर कुरूपलाई, भवानी घिमिरे रङ्ग पुण्य स्मृति पुरस्कार इलामे कवि विमल वैद्यलाई तथा हिरा आकाश पूणर् टुङ्ग स्मृति पुरस्कार पाँचथरे साहित्यकार प्रेम ओझालाई प्रदान गरिएको थियो ।

पुरस्कारपछि पुरस्कृत व्यक्तिहरुले आफ्नो पुरस्कार प्राप्तिको अनुभूति व्यक्त गर्नुभयो भने साथसाथै मणिकुमार स्याङ्वो, मुनाराज सेर्मा, सुमित्रा चेलीरू प्रा.डा.टङ्क नेउपाने, प्रमुख अतिथि दिनेश अधिकारीले बोल्नुभयो । कार्यक्रममा प्रसङ्ग मिलाएर बिचबिचमा कविहरू गणेश निरौला, गगन यक्पादेन, रोशन परियार, विवश पोखरेल, सुन्दर कुरूप, विमल वैद्य, प्रेम ओझा, माधव विडारी, दिनेश अधिकारीले कविता तथा गजल सुनाउनु भयो ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिका तथा रोङ गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुद्वारा लोभ्याउने प्रतियोगितात्मक नृत्य तथा सुनुवार समाजको लोकनृत्य प्रस्तुति पनि थियो ।

कार्यक्रम एकदम भव्य थियो । कार्यक्रममा उपर्युक्त व्यक्तिहरूका अतिरिक्त शिवशङ्कर थापा, वेनु पनेरू, देवीचरण भण्डारी, गीता सुवेदी नेपाल, टीका भट्टराई नेपाल, छविलाल खतिवडा, मिलन संग्रौला, कृष्ण बराल, गोपीकृष्ण प्रसाईं, देवीप्रसाद बाँस्तोला, मिलन कुमार ढुङ्गाना, लक्ष्मी अच्युत ढुङ्गाना, शिरो सान्दाइ, कृष्ण सुवेदी निराकार, हरिप्रसाद नेउपाने, कालीबहादुर थापा, कुमार भट्टराई, गोपीकृष्ण खतिवडा, अभागी थेगुवा, मोक्ष खतिवडा, रश्मि असफल, समरिबाबु कट्टेल, विष्णुकुमार भट्टराई, दुर्गाप्रसाद सिग्देल, विशाल कँडेल, नवराज घिमिरे, जीवनाथ सुवेदी, देशु सुब्बा, हेमन्त भण्डारी, पदम निरौला, हेमनाथ अधिकारी, जय आचार्य, शिव रेग्मी, विन्दु दाहाल, प्रकाश बुढाथोकी, धनञ्जय बाँस्कोटा, झरना दुलाल, खिलप्रसाद शिवाकोटी, शारदा आचार्य, डा.ठाकुरप्रसाद पोखरेललगायत सयजना भन्दा बढी स्रष्टा र स्थानीय दाजुभाइ दिदीबहिनीहरूको तथा विद्यार्थीहरूको घनिभूत उपस्थिति थियो ।

टाढाका स्रष्टाहरूलाई विर्तामोडदेखि कार्यक्रम स्थलसम्म पुग्न र फर्किनका लागि सवारी साधनको व्यवस्था गरिएको थियो र ती स्रष्टाहरूका लागि विहानको खाना तथा दिउँसो खाजाको व्यवस्था कार्यक्रम स्थलछेउमै गरिएको थियो । आयोजकको यो भव्य आयोजनालाई धन्यवाद भन्नुपर्छ ।

कार्यक्रमको आखिरीमा पुरस्कृत व्यक्तिहरूसमेत आयोजकको मनले खाएका व्यक्तिहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन र व्यवस्थापन उपस्थितिको त्यो ठुलो संख्यालाई हेरीकन राम्रो र भव्य भन्नुपर्छ ।

०००
– झापाबाट पुन्य खरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बुस राजा बारुद राजा

बुस राजा बारुद राजा

पुण्यप्रसाद खरेल
हुरी

हुरी

पुण्यप्रसाद खरेल
उठ ! जुरुक्क जुरुक्क उठ !

उठ ! जुरुक्क जुरुक्क...

पुण्यप्रसाद खरेल
महिषासुर ब्याउँछ

महिषासुर ब्याउँछ

पुण्यप्रसाद खरेल
‘तपाईंको नाम के हो ?’ का रुद्र खरेल

‘तपाईंको नाम के हो...

पुण्यप्रसाद खरेल
0
Would love your thoughts, please comment.x
()
x