साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उठ ! जुरुक्क जुरुक्क उठ !

थप यो एउटा थपक्कै असफल भयो भन्नु त ह‍ो इतिहासले ! उठ जनताका वैरीहरू उठ ! फेरि "कुशासन कायम राख्छौं" भन्दै उठ ! फेरि "भ्रष्टाचार गर्छौं" भन्दै उठ ! फेरि "नेपो-बेबी मच्चाउँछौं" भन्दै उठ !

Nepal Telecom ad

पुण्यप्रसाद खरेल :

“अब हामी उठ्छौं” भन्नेहरूलाई
मेरो केही भन्नु छैन
तैपनि भन्छु:–
“उठ ! जुरुक्क जुरुक्क उठ !
शमशेरहरूलाई पनि
बोलाऊ र भन, उठ !
शाहहरूलाई पनि
बोलाऊ र भन, उठ !
तिमीहरू पनि उठ !
म पनि तिमीहरूलाई भन्दैछु, उठ !
नेपालीलाई त्यसरी नै
भुटानी बनाएर बेच्नेहरू उठ !
गिरीबन्धु सुम्पनेहरू उठ !
वाइडवडीमा अरब-खरब लुँड्याउनेहरू उठ !
नेपाल ट्रस्टका सम्पत्तिबाट
फाइदा लतार्नेहरू उठ !
सरकारी नियुक्तिमा आफ्नालाई राख्नेहरू उठ !
पहुँच पुर्याएर राष्ट्रको तरमा
पौडिरहेकाहरू उठ्नैपर्छ उठ !
निजीशिक्षा र निजी अस्पतालबाट
सारा नेपालीको रगतले नियमसङ्गत रूपमा
मोटाइरहेका उठ !
उठ्न नसक्ने त तिनै विचरा आम श्रमजीवीहरू हुन् ।
तिनलाई हारालुछ लुछ्नेहरू
उठ्नुनै त यथार्थ ह‍ो उठ !
धेरै आन्दोलन असफल भएका छन् ।
थप यो एउटा थपक्कै
असफल भयो भन्नु त ह‍ो इतिहासले !
उठ जनताका वैरीहरू उठ !
फेरि “कुशासन कायम राख्छौं” भन्दै उठ !
फेरि “भ्रष्टाचार गर्छौं” भन्दै उठ !
फेरि “नेपो-बेबी मच्चाउँछौं” भन्दै उठ !
“अर्काको बानी को लिन्छ
आफ्नो बानी को छोड्छ ?” भन्दै
नारा लगाउँदै उठ !

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुस राजा बारुद राजा

बुस राजा बारुद राजा

पुण्यप्रसाद खरेल
हुरी

हुरी

पुण्यप्रसाद खरेल
महिषासुर ब्याउँछ

महिषासुर ब्याउँछ

पुण्यप्रसाद खरेल
‘तपाईंको नाम के हो ?’ का रुद्र खरेल

‘तपाईंको नाम के हो...

पुण्यप्रसाद खरेल
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x