साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नियति र निर्लज्ज

अहिले ठूल्दाइ चैँ भूत सवार भाको हो कि देउता चढ्या हो कुन्नी ! घरी बारीका पाटामा बुरूकबुरूक उफ्रेर हाम्लाई हेप्ने तेरीमा रिँग्ने भनेर चिच्याउँछन्, घरी धुरीमा चढेर माइलाले घरको जहाज डुबायो ! भनेर फलाक्दै सुरूवाल खोलेर देखाउँछन् ।

Nepal Telecom ad

भोजराज रेग्मी ‘मुखाले’:

घरको जेठोबाठो । बाउको बिँडो थाम्ने । सनातन परम्परा धान्ने निहुँमा ठूल्दाइले खुट्टो घुमाएका थिए । मन परे पनि, नपरे पनि धेरैले चित्त बुझाएका थिए ।

ठूल्दाइले घरखर्च भनेर बीस मुरी तोरी फल्ने टारबारी बेचेर भाउजू र उनका माइतीलाई चारधाम घुमाए ।
आफ्नै आँगनमा पानीट्याङ्की राख्ने भनेर मूलको पानी आउने सिम्लेखेत बेचेर तिहारमा जुवा खेलेर हारे । हाते टेक्टर किन्ने भनेर उत्तीसघारी र गोठको एकहल गोरू मासेर तराई झरे र तीन महिनापछि आएर सप्पै पैसा पाकेटमारी भो भनेर कपाल कन्याएर टारे ।
महँगो ब्याजमा ब्याङ्के ऋण काडेर एकैचोटी दस माउ बाख्रा पाल्ने भनेर थाले । खोर र घाँसपानीको चाँजोपाँजो मिलाउन नसकेर बेसह्यार भई एकै बेत नब्याईकन सप्पै बाख्रा मासिए ।

भैँसी पालेर दूधको कारोबार गर्ने भनेर दुई माउ दुधालु लैनो गाई बेचेर हिँडेका ठूल्दाइ दुई बर्खा काटेर साँझमा मुसे अनुहार लाएर झन्नै मरिनँ ! भन्दै खुईखुई गर्दै घर फर्के । धन्न ! दाजु बाँचेर आए भनेर भाइहरूले सन्तोक माने ।

बाख्रा किन्दाको बैङ्कको ऋण तिर्ने भनेर बुहारी र छोरी चेलीका नाककानका एकसरो गहना समेत पोको पारेर शहर गएका दाइ सुनारेले पित्तल भनेर फत्तुर थाप्यो र पुलिस लाएर थुनायो भन्दै गनगन गरे र भाइभतिजाको आक्रोश थामथुम पारे ।

गरिआएको खेतीपाती झ्याउलो भो भनेर छिमेकीलाई अधियाँ दिए । बीउमल आफैले दिनुपर्ने, त्यसको हिसाब गर्दैनथ्यो । खेतमा पानी लाउँदाको ज्याला भनेर उब्जनीबाट कटाउँथ्यो । दिक्कवाक्क भएर आफ्नो खेत आफै बिराउने भन्दा बबाल मच्चाएर पानीपनेरो, घाँसपात गर्ने गाँडो बन्द गरेर दुःख दियो । ठूल्दाइ चुँइक्क बोलेनन्, बरू मुसुमुसु हाँसेर टारे ।

ठूल्दाइको धेरै पटकको गल्ती, खुराफाती र बदमासीले सीमा नाघेपछि भाइ, बुहारी र भतिजाहरूको सहनशीलताको बाँध भत्क्यो । घरसल्लाह गरेर ठूल्दाइलाई जिम्मेवारीबाट हटाई माइलालाई जिम्मा लाए । माइलाले पनि बिग्रेको व्यवहार सम्हाल्छु, सुखका दिन ल्याएरै छोड्छु भनेर आश देखाए, विश्वास बटुले । जिम्मेवारीबाट हट्नु परेको हीनताबोधले ठूल्दाइले अधिनायकवादको खतरा देखे र हरेक कुरामा फत्तुर थाप्दै किचकिच गरिरहे ।

घरको बाग्डोर सम्हाल्न पाउँदा माइलदाइ फुर्किएर आकाशपाताल जोडेर गफ लडाउन थाले । आफ्नो पालोमा पनि नगरे, कैले गर्नॅ त भनेर माइल्दाइले आफूलाई नयाँ सुट सिलाए, भाउजूलाई दामी सारी र लेहेङ्गा मात्र हैन, गोडादेखी टाउकासम्मै झकीझकाउ हुनेगरी नयाँ सेट गहना हाल्दिए । भाइ, बुहारी र भतिजाहरूले चैँ दशैंतिहारमा पनि एकसरो लुगा फेर्न पाएनन् । माइल्दाइले पनि यसरी असन्तुष्टीको आगो सल्काए । र पनि केही नभएको जस्तो गरेर, आसेपासेका हनुमान चालिसा पाठ र करकुटुम्बका मनोहर कहानियाँ सुनेर बस्छन् । भोकानाङ्गालाई चुट्किला सुनाएर ग्वाँ !! बनाउँछन् । आलोचकहरूलाई उखान टुक्काको चङ्गा उडाएर ट्वाँ पार्दिन्छन् ।

यसैमा उपकथा पनि जोड्न मन लागिहाल्यो । बाले अप्रेसन गरेपछि कागताली परेर जन्मेको छोटु (कान्छो) को अनुहार न आमाबासँग मिल्छ न हामी दाइदिदीसँग । पुल्पुलिएर छोइचलाई सक्नुको भएन । उल्लाई चुँइक्क केही भन्यो कि तल्लाघरे लाहुरे ओड पस्छन् । आमासँग कलह गरेर घुर्क्याएर सरापेर काशी गएको थियो । आफू पण्डा भएछ र उतैबाट एउटी जरखरिएकी लिखी टिपेर ल्याएछ । उसै त पलाप्पिएको त्यसमाथि बिच्किएर, बिछोडिएर बल्लबल्ल भेटिएको छोराकी स्वास्नी भनेर बाआमाले सरक्कै भित्र्‌याए । औलदौल पेवादाइजोको लोभ देखाएर मन्तरे मोराले पनि बाउदाजुको कान भर्न भ्याएछ । त्यही लिखीले अलिबारपछि लिडीबडी लगाई, ढाडीहरूसँग सङ्गत गरेर असङ्खय चम्कनाहरू पाई । ती चम्कनाको बगाल बढेर छिडियादेखि मिडियासम्मै ढाकेका छन् ।

घरी घरी दुःख दिएर सताइरहने छिमेकी भनाउँदोले साँध मिच्दै मिच्दै करेसाबारीसम्मै आइपुग्यो । घरका अरू हाम्रो उठिवास हुने भो । लौन, गुहार । गुहार !! भनेर चिच्याउँदा पनि ठूल्दाइ सुपारी चपाएर बसे । माइल्दाइ चैँ नआत्तिकन बस, हाम्रो खेतबारीको लालपूर्जा कन्तुरमा छ, कन्तुरको साँचो चैँ मेरो जनैमा बाँधेको छ भनेर हुक्का तान्दै बसे ।

यता छोटुकी लिखीले घुँडामाथिसम्मै सारी पेटीकोट सार्दै पाखुरी सुर्कंदै घरकै मान्छेलाई नै उल्टै तथानाम भन्न थाली । माइती लाएर तिमर्को उठीवास लाउँछु भनी । अति भएपछि सहन नसकेर जेठाजु र जेठानीहरूले थुतुनो च्यातिदिउँला के भन्या थे, महिलावादको राग अलापेर ठूलीभाउजू र भतिजी लिखीकै ओड पसे ।

पुल्पुलिएको छोटु साह्रै धुन्धुकारी भएर निस्क्यो । कहिले बाउआमाले नै पक्षपात गरे, दाइहरूले हेला गरे भनेर सधैँ रडाको मच्चाई रहन्थ्यो । गैरीखेत र टारबारी लिएर म आजै छुट्टिन्छु, अहिलै छुट्टिन्छु भनेर बेला बेलामा किचकिच गरिरहने मुल्याहा मोरो अहिले आएर ज्ञानी देखिन थाल्यो । उग्र रीस उठ्या बेला पहिले तिमले मलाई नटेर्ने ? म त लाहुरेबालाई पोल लाएर तिमरलाई तह लाउँछु भनेर कुर्लन्थ्यो । एक्कासी फरक्क फर्कियो । उल्कै गर्‍यो मोराले । मातृभक्ति र बन्धुप्रेमको सारेगम अलाप्न थाल्यो । हुँदा हुँदा उसले आफैले फकाएर ल्याएकी बाइफाले लिखीलाई पनि तिरस्कार गर्दियो । यसको बानीव्यहोरा बदलिएको देखेर घरै दुई कित्तामा बाँडियो । एकथरी छोटुभाइ जिन्दावाद भन्दैछन् । अर्काथरी यो छेपारोको भर नपर्नॅ भनेर खबरदारी गर्दैछन् ।

अहिले ठूल्दाइ चैँ भूत सवार भाको हो कि देउता चढ्या हो कुन्नी ! घरी बारीका पाटामा बुरूकबुरूक उफ्रेर हाम्लाई हेप्ने तेरीमा रिँग्ने भनेर चिच्याउँछन्, घरी धुरीमा चढेर माइलाले घरको जहाज डुबायो ! भनेर फलाक्दै सुरूवाल खोलेर देखाउँछन् ।

यता यस्तो गाईजात्रा छ, उता माथ्लाघरे र तल्लाघरेको भीषण लाप्पा चलिरहेको छ । सावधान ! साँढेको जुधाईले निर्धा बाच्छाहरू मिचिन बेर छैन । हे दैव !! सुख्खले दुःख पाउन पनि पाइएन !

०००
२०७७/३/५/६८
जङ्गबहादुरको फ्रेन्ड रिक्वेस्ट (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x