पुण्यप्रसाद खरेलहुरी
दायाँ नलाग ! दायाँ नलाग ! त्यहाँ पाप छ मारकाट छ ! ढाँटै ढाँटको फलिफाप छ !..." तर हुरी चल्दै नै छ मान्छेको पाइला स्तव्ध छ हुरीले मान्छेलाई दायाँ र वायाँ भागमा भागवण्डा गर्दैछ ।

पुण्यप्रसाद खरेल :
पूर्वबाट
पश्चिमबाट न उत्तरबाट
दक्षिणबाट न कताबाट कताबाट
मूल सडकाबाट न चोरबाटोबाट आँधी पसेर
मदानीले ठेकीभित्रको दहीझैं
मान्छे भित्रको मान्छेलाई विथोलिदिएको छ
आँखाबाट होला कि कानबाट
हुरी ओइरिएर मान्छेका कलेजाहरू,
पीपलका पातझैं कमाउँदैछ
तिघ्रा थर्थराउँदै छ
बाटो न घाटो भएर मान्छे
औंसीको रातमाझैं विथोलिई रहेछ ।
दायाँ लाग्छ घरी मान्छे
किनारा छाम्न
बायाँलाग्छ घरि मान्छे
आश्रय थाम्न
पानीमा परेको कमिलो झैं
हैरान छ त्यान्द्रो माग्न
अन्धकार छ आकाश उसलाई
बेखवर छ दिशा
अगाडि न पछाडि भएको अर्द्धमुर्छित मान्छे
खुट्टाहरू बेचाल खडा छ ।
“दायाँ लाग दायाँ !
त्यहाँ धर्म छ, स्वर्ग छ
सवथोक साविक छ… ”
कानमा गुञ्जिरहेछ पुरानै स्वर
“वायाँ लाग वायाँ !
त्यहाँ सुरक्षा छ, मानवता छ !
समानता छ !”
प्रतिध्वनित भैरहेछ सुमधुर स्वर
अकाश सङ्लिन बाँकी छ
तारा देखिन बाँकी छ
किनार थिग्रिन बाँकी छ
अझै गड्याङगुडुङ कराइरहेछ ।
“वायाँ लाग ! वायाँ लाग !
त्यहाँ शान्ति छ ! प्रगति छ ! …
सभ्यताको प्रगति हो बाटो हो !
मुलसडकतिर आऊ !…”
दायाँ नलाग ! दायाँ नलाग !
त्यहाँ पाप छ मारकाट छ !
ढाँटै ढाँटको फलिफाप छ !…”
तर हुरी चल्दै नै छ
मान्छेको पाइला स्तव्ध छ
हुरीले मान्छेलाई दायाँ र वायाँ भागमा
भागवण्डा गर्दैछ ।
०००
२०४७/५/२१
रोकिन्न कावेली (२०६७)









































समयकाे बाेली नि सर!
ऐतिहासिक कविता