साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुरी

दायाँ नलाग ! दायाँ नलाग ! त्यहाँ पाप छ मारकाट छ ! ढाँटै ढाँटको फलिफाप छ !..." तर हुरी चल्दै नै छ मान्छेको पाइला स्तव्ध छ हुरीले मान्छेलाई दायाँ र वायाँ भागमा भागवण्डा गर्दैछ । 

Nepal Telecom ad

पुण्यप्रसाद खरेल :

पूर्वबाट
पश्चिमबाट न उत्तरबाट
दक्षिणबाट न कताबाट कताबाट
मूल सडकाबाट न चोरबाटोबाट आँधी पसेर
मदानीले ठेकीभित्रको दहीझैं
मान्छे भित्रको मान्छेलाई विथोलिदिएको छ
आँखाबाट होला कि कानबाट
हुरी ओइरिएर मान्छेका कलेजाहरू,
पीपलका पातझैं कमाउँदैछ
तिघ्रा थर्थराउँदै छ
बाटो न घाटो भएर मान्छे
औंसीको रातमाझैं विथोलिई रहेछ ।
दायाँ लाग्छ घरी मान्छे
किनारा छाम्न
बायाँलाग्छ घरि मान्छे
आश्रय थाम्न
पानीमा परेको कमिलो झैं
हैरान छ त्यान्द्रो माग्न
अन्धकार छ आकाश उसलाई
बेखवर छ दिशा
अगाडि न पछाडि भएको अर्द्धमुर्छित मान्छे
खुट्टाहरू बेचाल खडा छ ।
“दायाँ लाग दायाँ !
त्यहाँ धर्म छ, स्वर्ग छ
सवथोक साविक छ… ”
कानमा गुञ्जिरहेछ पुरानै स्वर
“वायाँ लाग वायाँ !
त्यहाँ सुरक्षा छ, मानवता छ !
समानता छ !”
प्रतिध्वनित भैरहेछ सुमधुर स्वर
अकाश सङ्लिन बाँकी छ
तारा देखिन बाँकी छ
किनार थिग्रिन बाँकी छ
अझै गड्याङगुडुङ कराइरहेछ ।
“वायाँ लाग ! वायाँ लाग !
त्यहाँ शान्ति छ ! प्रगति छ ! …
सभ्यताको प्रगति हो बाटो हो !
मुलसडकतिर आऊ !…”
दायाँ नलाग ! दायाँ नलाग !
त्यहाँ पाप छ मारकाट छ !
ढाँटै ढाँटको फलिफाप छ !…”
तर हुरी चल्दै नै छ
मान्छेको पाइला स्तव्ध छ
हुरीले मान्छेलाई दायाँ र वायाँ भागमा
भागवण्डा गर्दैछ ।

०००
२०४७/५/२१
रोकिन्न कावेली (२०६७)

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Bhim khatiwada
Bhim khatiwada
3 months ago

समयकाे बाेली नि सर!

तारा गाउँले
तारा गाउँले
3 months ago

ऐतिहासिक कविता

Nepal Telecom ad
बुस राजा बारुद राजा

बुस राजा बारुद राजा

पुण्यप्रसाद खरेल
उठ ! जुरुक्क जुरुक्क उठ !

उठ ! जुरुक्क जुरुक्क...

पुण्यप्रसाद खरेल
महिषासुर ब्याउँछ

महिषासुर ब्याउँछ

पुण्यप्रसाद खरेल
‘तपाईंको नाम के हो ?’ का रुद्र खरेल

‘तपाईंको नाम के हो...

पुण्यप्रसाद खरेल
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
2
0
Would love your thoughts, please comment.x
()
x