साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिङ्बिहिन तिखे गोरु

कतै अति दुच्छर बोली, कतै त्यसैलाई उधारिएको छ भने कतै भिरबाट खँदारिएको छ । कतै त्यसलाई रगतपच्छे हुनेगरी लतारिएको घिसारिएको छ ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

दुई दिन अगाडि अल्लि फराकिलो तरिकाले एउटा नौटङ्की मञ्चन गरियो- हजारौं विदूषकहरूक्क सहभागितामा । त्यसका लागि देश नामको मञ्छ उपयोगमा ल्याइएको थियो भने अनेक जाती प्रजातिका प्रत्यक्ष परोक्ष झोले खोले टोलेहरू विदूषकको भूमिकामा थिए । अझ देशनामको मञ्चभरी अटाइ नअटाइ प्रजातन्त्र नामको कुनै अमूर्त चिज खाँदेर भरिएको छ भन्ने देखाउनको लागि निर्वस्त्र विदूषकहरूले अनेक भाँती र भुमरिका ताँती र ठुमरी देखाए । अनि हामी भने आफ्नै युगौं पुरानो बाध्यता बोकेर उकुसमुकुस गरिरह्यौँ । बिचरा नारायण गोपालका लागि त मुटुमाथि ढुङ्गाराखी हाँस्नुपर्‍या मात्र थियो । तर हाम्रा लागि त मुटुभित्र तरबार राखी हाँस्नुपर्ने बाध्यता छ ।

यो नौटङ्कीको एउटै मात्र थेगो प्रजातन्त्र बिचरो यस्तो मरणासन्न अवस्थामा छ कि संसारको कुनै कुनामा पनि त्यसले राम्ररी सास फेर्न पाएको छैन । कतै त्यसैको नाममा गोली प्रहार भएको छ त कतै अति दुच्छर बोली, कतै त्यसैलाई उधारिएको छ भने कतै भिरबाट खँदारिएको छ । कतै त्यसलाई रगतपच्छे हुनेगरी लतारिएको घिसारिएको छ भने कतै बटारिएको निमोठिएको छ । बिचरो त्यही प्रजातन्त्र नामको चिजलाई देश नामको मञ्चमा यतिसम्म च्यातचुत पारिएको छ कि त्यसका टुक्राटाकृहरू आज चीलगाडी हुँदै खाडी पुगेर अनि अन्यत्रका झाडी पुगेर प्याकप्याक भैरहेका छन ।

देशमा प्रजातन्त्र भन्ने भैदिएको भए यहाँ न घुसखोरिको नाम हुन्थ्यो, न कमिसनको, न भ्रष्टाचारको दुर्गन्ध आउँथ्यो, न दरबार जल्थ्यो, न रित्ता गाउँ हुन्थे न आँसुका असङ्ख्य पोखरी हुन्थ्यो । यति कुरो हामी बुझ्दैनौ भनेर हाम्रै अगाडि सिङ्बिहिन तिखे गोरुको नौटङ्की देखाइयो प्रजातन्त्र दिवसको नाउँमा । हामीलाई ती नौटङ्किका कलाकारहरूसँग सोध्न मन छ – के २०८२ भदौ २३ र २४ को घटना यहाँ प्रजातन्त्र भएकोले घटेको हो ? के चिया बगान, जहाज खरिद, जग्गा प्रकरण , शरणार्थी काण्ड , अन्यायी कानून , विदेशभक्ति , सकेसम्म महादुष्ट सत्ता प्रमाणित गराउने अघोषित होडबाजी प्रजातन्त्रका अङ्गहरू हुन ? के गाउँबस्तिका असहाय बृद्धबृद्धाका अबिरल रुवाइ अनि विदेशको कहालीलाग्दो नोकरिमा देशका युवाको लाशको ताँती त्यही प्रजातन्त्र देशमा भएको प्रमाण हो ?

अनेक प्रकारका झुट महाझुटका सभ्यताघाती शृङ्खलाहरू, अति शोषणका करहरू, जतासुकैका घोटालाहरू , हाम्मवाद, झ्वामवाद सबै सबै प्रजातन्त्रका ढुकढुकी हुन ? हातमुख जोर्नकालागी विदेश लखेटिएर लास बनेर फर्कनु प्रजातन्त्र हो ? के बाख्रा, सर्प, विमानस्थल, सडक पुल भवनहरू, हरेक कार्यालयका घुस्याहा मनहरू नै प्रजातन्त्रका हातखुट्टा पेट हुन् ? अलिकती कुकर्मीहरूले विभिन्न छलकपट मार्फत सत्तामा पुगि महालूट मच्चाउनु नै सबैका लागि अतिशय उत्कृष्ट व्यवस्था हो ? उहिल्यैका सानातिना रजौटामा बिहे गरेर ल्याएको दिनमा राजालाई बेहुली सुम्पेजस्तोगरि आफ्नो रगत पसिनाले आर्जेको सम्पत्ति बेचेर ऋण तिर्न जोडेको पैसो तत्कालै करको रुपमा महाभ्राष्टाधिराजहरूका लागि बुझाउनु प्रजातन्त्र हो ? कसलाई उल्लू सम्झेर यहाँ प्रजातन्त्र नामको भष्मासुर राग बर्सेनि बजाएको ?

व्यवहारिक  रूपमा भाँडतन्त्र,साँढतन्त्र राँडतन्त्र जाँडतन्त्र भए त्यसलाई गणतन्त्र भन्नू, नाङ्गियतालाई सङ्घियता भन्नू, अमान्यपातिकलाई समानुपातिक भन्नू, विदेशिलाई नागरिकता बेचेर, स्वदेशका युवा लखेटेर, विदेशी दुष्टहरूकै इशारामा अधर्म सापेक्षता लगायतका कुकर्म भित्र्याएर गर्नु नै प्रजातन्त्र हो ? सिङै नभएको गोरुलाई तिखे भन्नू र अहिलेको महासडतन्त्रलाई प्रजातन्त्र भन्नुमा के फरक छ ? अनि के हाम्रो आँखामा खुर्सानीको धूलो छर्न प्रजातन्त्र दिवसको नौटङ्की गरेको ?? कोहि यस्ता हजारौं प्रश्नहरूप्रति जवाफदेही भए थुतुनो चलाएर होइन देशलाई साँच्चिकै राम्रोसँग फलाएर फुलाएर यसको व्यवहारिक जवाफ दिन सक ।

०००
२०८२ फागुन ८
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
स्याबास काग !?

स्याबास काग !?

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x