डा. विदुर चालिसेमाेवाइल किरा
"म जेनजी हुँ, जेनजी !, मलाई जेनएक्स तथा जेनवाईसँग मलाई मतलब छैन । याे सारा धनदाैलत, सम्पत्ती र अधिकार मेराे अधिनमा हुनुपर्छ । नत्र....!

डा. विदुर चालिसे :
गर्मी लागे लामखुट्टे र जाडाे आए भुसुनाले उसकाे विछ्याैना चाैपट हुन्थ्याे । सधै मादक पदार्थकाे दुर्व्यसनीमा झैं लठ्ठ पल्टेकाे उसकाे आँखामा रातभर निद्रा थिएन । मेराे आँखामा पनि झुमझुम निद्रा झुलिरहेकाे थियाे । उसले मेराे अगाडि हुँकार र अहँकारकाे ज्वाला छाेडेर झाेक्किँदै भन्याे ।
-“धेरै नघुर है मलाई ! म त जेन्जी हुँ !”
उसकाे आक्राेस र धम्कीपूर्ण आवाजले मेराे आँखाभित्र रहेकाे झुमझुम निद्रा बरालियाे । त्यसपछि चुपचाप माेवाइल राखेर मैले सङ्कल्प गरेर भन्ठानेँ ।
-“याे त मैले नै जन्माएकाे छाेराे हाे । मेरै कमाई खान्छ । मै सँग बस्छ । मेरै लालन पालनमा बाँच्छ । तर पनि मलाई नै किन धम्की दिन्छ ?”
यत्तिकैमा उसले मेराे छेउमा रहेकाे माेवाइल लुछेर नै लियाे । खुब बर्बराउन लाग्याे ।
-“जेन्जीलाई चिन्या छ ?”
-अहँ, छैन !”
उसले गर्वका साथ ठुल्ठुलाे स्वरमा अनेकाैँ भ्रम, भय, भ्रान्ति, भावुकता र भाकल गरेर करायाे । म किमकर्तव्य विमुढ बनेर सुनिरहेँ । अर्काे मनमा प्रश्न उठ्याे ।
-“यसलाई हुर्काउँदा हुर्काउँदै, पढाउँदा पढाउँदै, सिकाउँदा सिकाउँदै र सक्षम बनाउन खाेज्दा खाेज्दै कसरी पागल बन्याे र एटिजमकाे झैँ पेसेन्ट बन्याे ?”
ऊ झनझन मलाई हेरे पागल झैँ चिच्याउन लाग्याे । धम्की दिन थाल्याे । चिच्याएर बाैलाहा झैँ उफ्रिन थाल्याे । कराएर भन्न थाल्याे ।
-“म जेनजी हुँ, जेनजी !, मलाई जेनएक्स तथा जेनवाईसँग मलाई मतलब छैन । याे सारा धनदाैलत, सम्पत्ती र अधिकार मेराे अधिनमा हुनुपर्छ । नत्र….!”
उसकाे धाकधम्की, आवेग र आवेशकाे स्वर सुनेर अन्तिममा सम्हालिँदै प्रश्न गरेँ ।
-“किन यति साराे चिच्याएकाे बाबू ?”
-“जेनजीकाे अधिकार बुझ्नुपर्दैन ?”
त्यसपछि पहिला उसकाे पागल स्वभावकाे उपचार गर्नका लागि मनाेचिकित्सकका लगेँ । मनाेचिकित्सकले झारफुक गर्दै भने ।
-“याे बाबूलाई फेसबुक, ईन्स्टाग्राम, ट्वीटर, टिकटक, रियल, मेसेन्जर तथा यूटुवजस्ता सामाजिक सन्जालबाट टाढै राख्नू ठिक हुन्छ ।”
मनाेचिकित्सकले दिएकाे सल्लाहकाे विषयलाई कारण र तथ्य पत्तालगाउन मनमा अनेक तरङ्गहरू चलाएँ । अन्त्यमा खुब फुर्याे । लुई पास्चरकाे प्रयाेगशालाभित्र एकाएक जन्मिएकाे भाइरस झैँ खुट्याएँ ।
-“माेवाइल किराले जेनजीकाे जाेवन लै लैमा भसक्कै !”
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































