साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जे आत्माले बोल्छ मात्र त्यो गर !

बाजले झैँ फिँजाऊ, हिम्मतको पखेटा, आफ्नै बाटो कोर आफैं , बनेर ईमानी नेता । किन बगाउने आँसु कसैका सामू झरझर... जे आत्माले बोल्छ मात्र त्यो गर।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

किन पर्ने अरुको भर ?
जे आत्माले बोल्छ मात्र त्यो गर।

अरूको छहारी हुन्छ, बालुवाको घर,
आफ्नै पसिना बगाई नवसिर्जना गर।
किन पर्ने अरुको भर ?
जे आत्माले बोल्छ मात्र त्यो गर।१।

काँधमा चढाई उसलाई नपुर्‍याउनु माथि,
मतलब निस्कदै जसले हान्नसक्छ लात्ती,
किन मान्ने कसैको डर ?
जे आत्माले बोल्छ मात्र त्यो गर।२।

यहाँ जे पनि हुन सम्भव छ एकदिनमा।
आस्थाको दियो, निभ्न सक्छ एकछिनमा,
किन मान्ने उसको आदेश जति पनि गर्दा कर ?
जे आत्माले बोल्छ मात्र त्यो गर ।३।

बाजले झैँ फिँजाऊ, हिम्मतको पखेटा,
आफ्नै बाटो कोर आफैं, बनेर ईमानी नेता ।
किन बगाउने आँसु कसैका सामू झरझर…
जे आत्माले बोल्छ मात्र त्यो गर।४।

जब टेक्छौ पैताला दृढ भई, धर्ती पनि काँप्छ।
आत्माको सशक्त ऊर्जाले, आकाशलाई नै नाप्छ।
शक्तिपुञ्ज स्वयं बन्छौ, नबन्दा कसैको अनुचर।
जे आत्माले बोल्छ मात्र त्यो गर।५।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
समयको सर्कस

समयको सर्कस

लक्ष्मण नेवटिया
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x