नन्दलाल आचार्यसेतो रुमाल
त्यसै बेला मानिसहरूले आफ्ना रुमाल उचाल्न थाले । ती आँसुले भिजेका, घामले फिक्का पारेका थिए । आकाशतर्फ उड्दा धुवाँ हरायो, आकाश उज्यालो बन्यो।

नन्दलाल आचार्य :
“के त्यो सेतो रुमाल हो, वा रगतले भिजेको आकाशको टुक्रा ?” नाति मधुकरले आकाशतर्फ औंलाले देखायो ।
गोली रोकिने बित्तिकै शहर धुलो र करुणाले ढाकिएको थियो । जनताका सपनाहरू गिलासझैँ फुटेका थिए ।
हजुरआमाले मधुकरको हात समाउँदै भनिन्, “नाति, त्यो त शान्तिको सङ्केत हो ।”
तर उसको आँखामा धुवाँ मात्र थियो । हजुरआमाको दृष्टिमा भने त्यो धुवाँ सेतो रुमालझैँ फहराइरहेको थियो ।
त्यसै बेला मानिसहरूले आफ्ना रुमाल उचाल्न थाले । ती आँसुले भिजेका, घामले फिक्का पारेका थिए । आकाशतर्फ उड्दा धुवाँ हरायो, आकाश उज्यालो बन्यो।
मधुकरले विस्मित भएर भन्यो, “हजुरआमा, शान्ति यति सजिलो हुन्छ र ?”
हजुरआमा मुस्कुराइन्; “शान्ति कुनै शक्तिशाली देशले दिने उपहार होइन, हरेक हृदयले आकाशतिर फ्याँकेको साझा रुमाल हो ।”
०००
२०८२/०६/०५
Subscribe
Login
0 Comments
Oldest









































