साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाबाबाका, शुभ वचनले, याे जगत् जित्न पाऊँ

जन्मी धर्तीमा अनुभव चुमी साधनामा रमाऊँ आफ्नै माटोमा सबसित घुली भावना साट्न पाऊँ लागोस् आशिष् यो,भुवनबिचमा दु:ख धेरै नपाऊँ आमाबाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ

Nepal Telecom ad

विदुर अधिकारी :

हाँस्दै हाँस्दै यो प्रणय म रचूँ सभ्यकर्मी बनेर
माया गर्नेको हृदय म जितूँ प्रेम नौलो दिएर
यो धर्तीमा सत् घरजम गरी कर्म राम्रा निभाऊँ
आमाबाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ
(१)

तिम्रो छोरोले अलि अलि गरी लेख्न थाल्दै छ काव्य
भन्थ्यौ हे आमा “अघि बढ तिमी सिर्जना फुर्छ भव्य”
तिम्रै आशिष् यो पल पल चुमी काव्य लेख्दै रमाऊँ
आमाबाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ ।
(२)

भन्थ्यौ हे !बाबा,मधुर कविता,पुत्र लेख्दै गरेस् है
नेपालीका ती मन मुटु छुने सिर्जनाले भरेस् है
तिम्रा यी वाणी हर पल चुमी भाव नौला रचाऊँ
आमाबाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ
(३)

टीकाका बेला अति खुस हुँदै, छेउमै बस्न पाऊँ
आशिष् थापी सत् सुख र दुखका बात गर्दै रमाऊँ
हो मेरो इच्छा तनमन धरी बाबुआमा रिझाऊँ
आमाबाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ
(४)

जन्मी धर्तीमा अनुभव चुमी साधनामा रमाऊँ
आफ्नै माटोमा सबसित घुली भावना साट्न पाऊँ
लागोस् आशिष् यो,भुवनबिचमा दु:ख धेरै नपाऊँ
आमाबाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ
(५)

०००
रामपुर, चितवन
भक्तपुर बुढ्याैली समाजकाे छद अभ्यासबाट सुटुक्क

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
सासू-मुमा

सासू-मुमा

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x