साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुनकोशीले गर्यो शुभकामना आदानप्रदान तथा काव्य गोष्ठी

आइतबार ठमेलमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता एवं वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको हो ।

Nepal Telecom ad

काठमाडौं, २०८२ असाेज ५ । सुनकोशी वाङ्मय प्रतिष्ठानले विजया दशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा काव्य गोष्ठी गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता एवं वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको हो ।

आइतबार ठमेलमा आयोजित कार्यक्रममा पवन आलोक, श्रीओम श्रेष्ठ ‘रोदन’, तुलसीहरि कोइराला, विमल भौकाजी, मणि लोहनी, श्रीबाबु कार्की, तारा केसी, पूर्ण बहादुर श्रेष्ठ ह्रदयङ्कृत, मधु पाठक, विश्व सिग्देल, बोधराज पौडेल, सुमन सौरभ, ध्रुवराज थापा ‘पुरुष’, दिपक चौलागाई, गंगा थापा, एलिशा ढुंगाना, राजीव श्रेष्ठ, सरस्वती चिमोरिया, छविरमण सिलवाल लगायतका कविहरुले आआफ्नो सृजना सुनाए ।

उनीहरुको सृजनामा देश,यूगिन चेत,आम मानिसका पीडा, निराशा, विकृति र विसङ्गति विरुद्धका व्यङ्ग्य, पर्यावरण लगायतका विषयका कविताहरु सुनिए ।

चिस्वहाल गौचर परिवारको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, लघुकथा समाज, नेपालका अध्यक्ष तुलसीहरि कोइराला, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती लगायतले विजया दशमीको उपलक्ष्यमा शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाको सञ्चालनमा भएको उक्त कार्यक्रममा सदस्य पूर्णबहादुर श्रेष्ठ ह्रदयङ्कृतले स्वागत मन्तव्य राखेका थिए ।

०००
प्रदीप सापकाेटाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x