साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कैफियत प्रेम

बुढी गृहिणीले एकछिन अगाडि पाेल्टामा घुसारेर राखेकाे माेवाइल झिकिन् र यमराजलाई भनिन् । - "यमलाेक जान लागेँ भनेर बुढालाई मेसेन्जरमा मेसेज पठाउँछु !"

Nepal Telecom ad

प्रा. डा. विदुर चालिसे :

कामदारकाे श्रीमती काम गर्दैन थिइन । जिज्ञासु थिइन । सचिवकाे श्रीमती बेलाबेला हिसाब मिलाउँथिन । नेताकाे श्रीमती बार्गेनिङ्ग गर्थिन र बेलाबेला कार्यकर्तालाई थर्काउँथिन् ।
– “चुनावमा टिकट लिने भए खुरूक्क काेसेली लिएर भेट्नु !”

अर्कातिर व्यापारीका श्रीमतीहरू नाफा पाउन व्यापारिक केन्द्रहरू खाेज्थिन् । दलालका श्रीमतीहरू व्युटिपार्लरमा घुइँचाे गरेर हैरान पार्थिन् । बेलाबेला माेवाइलकाे सूचना हेर्थिन् । घरमा गृहिणीहरू सबैका थिए। ती सबै कसै न कसैका गृहिणी पक्कै थिए । तिनलाई आफ्नै प्रकारकाे कामले फुर्सद हुँदैन थियाे । तिनकाे त कुरै छाेडँला तर यस बाहेक हरेक घरमा गृहिगी थिए नै । उनीहरूकाे न काम थियाे न त पेसा व्यवसाय नै । उनीहरूकाे जीवनकाे अभिन्न साथी माेवाइल थियाे । भिन्न साथी त श्रीमानहरू थिए ।

श्रीमानहरू पनि कम्ताका थिएनन् । श्रीमतीकाे प्रेममा अडिनुभन्दा अर्काकाे श्रीमतीसँग टाँस्सिन पुग्थे । अलि टाठाबाठाहरू घरबारमा शालिन थिए । एकदिन सबैजना गृहिणीहरूकाे छेउमा पृथ्वीकाे मानवीय लिला देखे । सुन्दर बाहुबली यमराज पृथ्वीकाे उमेरकाे समय सकिएका गृहिणीहरूलाई भेट्दै उमेर साेध्न थाले ।
– “तपाईकाे उमेर ?”
– “बीस वर्ष !”

झरिझुट्ट स्वरूपका यमराजलाई देखेर नेताकाे श्रीमतीले झपारेर भनिन् ।
– “के पारा हाे याे तपाईंकाे ? पुरूष भएर महिलाकाे उमेर साेध्न लाज लाग्दैन ?”
यमराज पृथ्वीमा लज्जानीति बाेध गरेर दलालकाे श्रीमतीकाे छेउ पुगेर साेधे !”
– “तपाईकाे उमेर ?”
– “साेह्र वर्ष !”
– “तपाईं त साठीकाे देखिनुहुन्छ त !”
– “ए तपाईं ! मेराे बुढाले कमाएकाे सम्पती भाेग गर्नै नदिने ? यही हाे तपाईंकाे लाेककाे धर्म ?”

यसरी नै सुन्दर बाहुबली यमराज सबैतिर गृहिणीहरूलाई उमेरकाे प्रश्न साेध्दै वास्तविक यमलाेक जाने हकदार खाेज्दै जाँदा बाटाेमा एउटा खुम्रे बुढीलाई बाटाेमा देखेर साेधे ।
– “तपाईकाे उमेर ?”
– “थाहा छैन !”
यमराजले आफूसँग भएकाे बुढीकाे जीवनकाे बहिखाता पल्टाए । पक्का पनि याे गृहिणी बुढीकाे यमलाेक जाने समय भइसक्याे भन्ने लागेर अर्काे प्रश्न काेट्याए ।
– “लाै ! आमै जानुपर्याे यमलाेक ! उमेर सकिए छ !”

बुढी गृहिणीले एकछिन अगाडि पाेल्टामा घुसारेर राखेकाे माेवाइल झिकिन् र यमराजलाई भनिन् ।
– “पख्नुस् ! पख्नुस् !! म एउटा काम गर्छु अनि ल !”
– “यस्ताे बुढेस कालमा पनि के गर्नुहुन्छ र ?”
– “यमलाेक जान लागेँ भनेर बुढालाई मेसेन्जरमा मेसेज पठाउँछु !”

यमराज हैरान भए । उनले बुढीलाई यमलाेक लैजाने सूचना चुहिने डरले चित्रगुप्तलाई खबर पठाए ।
– “यसकाे कैफियत जनाउनू !”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
फ्याङ्ले काेट

फ्याङ्ले काेट

डा. विदुर चालिसे
पाकेटमार

पाकेटमार

कृष्ण प्रधान
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
आधुनिक सीता

आधुनिक सीता

रमेन्द्र काेइराला
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
फटा नीति सकियो

फटा नीति सकियो

वलदेव थापा
0
Would love your thoughts, please comment.x
()
x