साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफैँभित्र गरौँ प्रश्न !

हार हुन्न जितौँ चाँडो काँचुली फेरियोस् छिटो लान्छौँ के साथमा जाँदा आफैँलाई चिनौँ छिटो । सत्कर्म पोटिलो बाटो नापो गर्न ढिलो भयो आफैँभित्र गरौँ प्रश्न क्षणभङ्गुर जीव यो ।

Nepal Telecom ad

पदम दाहाल :

नहोऊन् क्वै टपर्टुइँय्या भएमा खुसी हुन्छ को ?
जानी जानी मपाइँत्व चढाए ऋषि हुन्छ को ? ।१।

स्वार्थलम्पट या भोगी मान्छे भैकन बाँच्छ जो
गबारो ऊ समाजैको हो कि त्यो धमिरो किरो ? ।२।

सोचमग्न सधैँ पैसा धनै ध्याउन्नमा छ जो
उठ्ला व्यक्तित्व कैले र, भलो भाल समाजको ? ।३।

नास्रुदिन जुनी उस्को खै माथि हात पर्छ र ?
दरीद्र मनको क्षुद्र दुरुस्तै छ दिगम्बर ।४।

निंदमा दिनमा चेष्टा कमाऊँ कसरी सधैँ
साथीभाइ मरून् बाँचून् नल्याऊन् सूचना कुनै ।५।

धोको लालचको भोको चौका मौका चियाउँछ
कहाँबाट भराँै गोजी दाउ हेर्छ हराउँछ । ।६।

गिँड भै पिँधमा खस्छ कुवाभित्रै बिलाउँछ
धमिलो भल छेकेरै माछा मार्न रुचाउँछ । ।७।

ढुँडी झैँ पस्छ लुक्तै ऊ जुत्तेखोर छिरे सरी
मर्यादा मान हारेको मुर्दा तुल्य कठैबरी ! ।८।

हार हुन्न जितौँ चाँडो काँचुली फेरियोस् छिटो
लान्छौँ के साथमा जाँदा आफैँलाई चिनौँ छिटो ।९।

सत्कर्म पोटिलो बाटो नापो गर्न ढिलो भयो
आफैँभित्र गरौँ प्रश्न क्षणभङ्गुर जीव यो । ।१०।

०००
मादी न.पा. ६, सङ्खुवासभा, हालः लोकन्थली, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x