साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिक्सिको छ जता पनि

जन्मभूमि थलो त्यागी बिर्सी बेगिन्छ रे पर पुग्छ मानिस टाढा ऊ सिक्सिकै छ कि यो घर ? घिड्घिडो मनको धोको धाकिलो छ सदाभर सिक्सिको नखपोस् कोही जस्ले पार्नेछ दुर्बल ।

Nepal Telecom ad

पदम दाहाल :

सिक्सिको लाग्दछन् मान्छे खट्पटाउँछ यो मन
फिट्फिटाएर बाँच्तैछु भत्भताउँछ जीवन । ।१।

देखेर सुख अर्काको मान्छे मर्छ जलीकन
फलानाको छ रे दुःख भन्दा दुख्छ र सज्जन ? ।२।

आफँै सुक्सुक भोग्दैछु सिक्सिको लाग्छ मानिस
सैतान हो कि मान्छे ऊ ? हदै गर्दछ आरिस । ।३।

दायित्वबोध नै छैन भित्र दिग्ग्रान्त मालिक
सच्चा साधक हो के ऊ ? देख्तै धर्म निवारक । ।४।

धर्मभित्र बिलो बाँडो सिक्सिको छ जलाम्मय
मर्मबेगरको कर्म मान्छे लाग्दैन चिन्मय । ।५।

धर्म भित्रै छ रे सर्म दाह्रीकेश पलाउँछन्‌
झुसिल्किरा, झिँगा, पाहा जस्ता भै अथुलाउँछन् । ।६।

मान्छे हुन् तर बिन्दास सिक्सिकोमय सोच छन्
काल दलाल झोले हुन् चिल्ला चौपट्ट ओठ छन् । ।७।

राल काढेर अर्काको हालीमुहाली खोज्छ ऊ
सिक्सिकै सिक्सिको लाग्दो मझेरीनिर पुग्छ ऊ । ।८।

जन्मभूमि थलो त्यागी बिर्सी बेगिन्छ रे पर
पुग्छ मानिस टाढा ऊ सिक्सिकै छ कि यो घर ? ।९।

घिड्घिडो मनको धोको धाकिलो छ सदाभर
सिक्सिको नखपोस् कोही जस्ले पार्नेछ दुर्बल । ।१०।

०००
मादी न.पा. ६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x