साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिजोआज

ज्ञानी मास्टरको दसैं गजबको खाने र खेल्ने दिन केही होश नभै बृथा तलबले जोसिन्छ गाली दिन लेख्ने काम भयो घटेर सजिलो "फूट्टी" र "गोटी" तिर हेर्दा अल्टरको छ माल गतिलो जोडा छ के को पिर।

Nepal Telecom ad

शम्भु गजुरेल :

चौकीमा उजुरी परेन किन हो चोरी सबै रोकियो
पैसा माग्न कुनै भएन तरिका झर्क्यो सिपाही अहो
बाटो छेक्न बसेर छोड्नु कसरी खानै नपाइ घुस
लाठी साथ छँदा उसै बसिदिए ठान्ने भए कन्जुस ।
॥१॥

कालो कोट धुवाँ धुवाँ बगलिमा ध्वाँसो र जालो भरी
ठ्याक्कै बन्द भयो हुँदैन झगडा मुद्दा चलोस् के गरि
लोग्ने साथ सधैं भएन डर क्यै जाला कि अन्तै भनी
औडाहा हुनगै जले वकिलका साक्षी खरानी बनि ।
॥२॥

ज्ञानी मास्टरको दसैं गजबको खाने र खेल्ने दिन
केही होश नभै बृथा तलबले जोसिन्छ गाली दिन
लेख्ने काम भयो घटेर सजिलो “फूट्टी” र “गोटी” तिर
हेर्दा अल्टरको छ माल गतिलो जोडा छ के को पिर।
॥३॥

नेता मख्ख सबै छ काम सजिलो औंला ठड्याए भयो
कुर्सी झुम्म हुने नशा छ रसिलो बोली बदल्दा भयो
लाखौं लास चपाउँदै अलप जो पैले भएको थियो
भोको गिद्द बनेछ आज कुखुरी क्वाँ क्वाँ उ बास्ने भयो।
॥४॥

भेटी थाप्न मिलेन मन्द विषले लट्टै पुजारीहरू
भान्छा बन्द हुँदा विना डलरले हैरान “चर्चे” हरू
सारै कट्टरता भयो मसजिदे लर्को अटेरी भयो
प्यारो सुन्दर यो महानगरमा बेहाल पार्ने भयो ।
॥५॥

छैनन् पार्लरका दराज भरिला नारी झुसिल्ला भए
घुर्कीका सब रोग निर्मुल हुँदा ग्राण्डी त खाली रहे
धेरै ज्यान बचे चरा र पशुका हावा भयो कन्चन
बेला यो ननिको तथापि किन यो प्यारो भयो नन्दन ।
॥६॥

०००
कुटुलीकाेसा (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x