साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कि जोत्, कि मेरो पैसा ले

टोपी दुईहातले समातेर गोरूको अगाडि राख्दै भने “कि जोत , कि मेरो पैसा ले।”। यसै त हेर तँलाई छाड्दै छाड्दिन“ भनेर कराएछन्।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

यो कुरा यही शताब्दी को हो। यो पहिलो कथा पंचायत काल भरी पंचायत ईतरका नेता कार्यकर्ताले खुबै मुखाग्र गरेका थिए। तेसैले यहाँ पनि पुन: प्रस्तुत गरियो। तर यो लोककथा प्रसंग दशरथका छोरा रामचन्द्रको वन जाने समयसँग जोडिएर आउँछ। रामचन्द्र पिताजीको आज्ञाले वनजान लागे तेतिखेरअयोध्या पुरीका सम्पूर्ण रामको पछिपछि रुँदै रूँदै बाटो लागे । जंगलको छेउ पुगिसक्न लाग्दा पनि कोही फर्किएनन्। यो कुरा बिचार गरी राखेका भाइ लक्ष्मणले रामलाई भने दाजु हजुर पछाडि फर्किएर हेरिबक्स्योस्त भनेकाले रामले यसो पछाडि फर्किएर हेर्छन् त सारा पुरबासी रूँदै पछि लागेर आएको देखेर भन्नु भो तपाइहरू किन आऊनु भएको ? हाम्रो पुर त खाली भयो नि भन्दा प्रभु हजुर जहाँ हामी ताहाँ।

अब त्यसो हैन बरू मेरा भक्त जहाँ म त्यहाँ । तपाईंहरू पुरमा फर्किनुहोस् म जहाँ पुगे नि तपाईंहरूसँगै हुन्छु, मलाई विश्वास गर्नुहुन्छ भने पुरबासी स्त्री पुरुष सबै फर्केर जानुहोस् भनेपछि फर्कन थाले। राम पनि भाइ सीता साथ खुरूखुरू अगाडि बढ्नु भो। साँझ पख भाइ लक्ष्मण बासको प्रबन्ध गर भनेर पछाडि फर्कदा त मानिसहरू पछिपछि आइरहेको देखेपछि मर्जि भो तपाईहरूलाई त मैले पुर फर्कनुस् म साथमा हुनेछु भनेकै त थिएँ, किन फर्कनुभएन ? भनेर सोधनी भएकाले भने प्रभु हजुर स्त्री पुरूष पुरबासी फर्क भन्ने मर्जी भो तर हामी न स्त्री हौ न पुरूष नै अनि कसरी फर्कने प्रभु ! भन्दा अहो लौ भुल परेछ त्यसो भए म कलि युगमा हिमाली शिवदेश नेपाल खण्डमा महेन्द्र राजाको नाम लिएर जन्मनेछु, तेतिखेर तपाईंहरू त्यहाँ जन्म लिनुहुनेछ, म तपाईंहरूलाई पञ्च बनाएर साथ लिई एकछत्र शासन गरुँला लौ ऐले फर्किएर जानू ।

यसाे भनेपछि यी लिंग नछुट्टिएकाहरू पनि फर्किएर अयोध्या पुरीमा गए। पछि रामको बचन अनुसार नेपालमा कलियुगमा तिनै लिंग नछुट्टिएकाहरू नेपालमा पंचायती शासन कालभरी पञ्च भए तिनै पञ्च मध्यका एकजना उपप्रधान पञ्चको कथा हो भन्छन् लोकले यो लोककथालाई ।

गहतेरी भन्ने गाउँमा बाजेकै पालादेखिका धनी परिवारका लिलाकान्त भन्ने साहु थिए।एक वर्षको चुनावमा उनलाई पनि उपप्रदान हुन मन लागेछ र गाउँ पंचायत भरीका यसो दुई चार जाना ठूला ठालुसँग सल्लाह मागेर उम्मेद्वारी दिए । संयोग कस्तो परेछ भने त्यो पदमा उम्मेदवारी दिने मान्छेको नाममा उजुरी दावी बिरोध हुँदा जन्म मिति मिलेन यसैले उनको उम्मेदवारी रद्ध हुँदा लिलाकान्त निर्विरोध उपप्रधान भए। बिचरा साहुका छोरा पढ्ता लेख्ता नहीं। बलै तलै लिलाकान्तसम्म लेख्ने गरेर सहीको काम चलाउने गरे। सबैले उपप्रदान ज्यू नमस्कार भन्दा मखलेल हुन्थे लिले साहु।उपप्रदान भाको पनि दुई वर्ष भैसकेको थियो। सबैतिर समाजमा मानमनितो पाउँदा झन् फुलेल भएका थिए लिले साहु। तर आफ्नो खेतबारी जोत बाहा गर्न भने अरूलाई पैसा निमेक दिनु भन्दा आफैं घोटिन्थे जोतिन्थे, मक्खीचुस झिंगाको बोसो काढ्ने ढ्याके चोके धाने साहु भएकाले।

जेठमा बाँझो खेत जोत्ने बेला थियो।जोत्न भनेर गोरू लिएर उपप्रदान खेतमा गए। गोरू नारेर धमाधम भर्खर बाँधेको हलो टॅँडिएको पनि थिएन। बलै तलै बाङ्गाे बाङ्गाे हुदै केहि समय त तान्यो तर घरकोले झैं त्यो भर्खरै किनेर ल्याएको गोरू बहर नै भए नि तान्न सकेन । ॲात पुष्ट नभएको राम्रोसँग नदाईएको हुनाले बलै तान्दैथ्यो गोरू भने उपप्रदान लौरोले सुम्ल्याउँदै पुच्छर निमोठ्दै जोत्दैथे। गोरू जेठको घामले र बाँझे हलोको तनाई हलीको गोदाईले थचथची बस्नथाल्यो। उठाउनलाई पिटे, कानमा समातेर ताने बलै उठ्छ अलिकता तान्छ अनि थचक्कै भएपछि उठाउन खोजे मरिगए सकेनन् ।

उनलाई पनि ठाडो घामले पोल्ने, हलोले थकाउने गोरूले अत्याउने हुँदा असीना पसिना भैसकेकोले रिसको सिमा रहेन शिरको टोपी झिकेर बेसरी मुखमा लपारेर पुछे । रनक्क रिस उठ्यो उनको पालो बसेको गोरूको अगाडि गएर भने,’अई म को चिन्या छस् ? म चानेचुने मान्छे हैन बुझिस् म यो गाउँको उपप्रदान हुँ बुझिस् उपप्रदान ।“ टोपी दुईहातले समातेर गोरूको अगाडि राख्दै भने “कि जोत , कि मेरो पैसा ले।”। यसै त हेर तँलाई छाड्दै छाड्दिन“ भनेर कराएछन्।

पल्तिर शितल बसेका गोठालाहरूले सुनेर गोठालो गएका गोसाईं बालाई भनेछन् । गोसाई बा यसो उठेर हेर्छन् त उपप्रदान त बसेको गोरूको अगाडि टोपी थापी रा देखेर भनेछन्, अई गहतेरी कान्छा, हैन केको चटक हो टोपी थापेर के मागेको गोरूसँग ? होसमा त छस् “ ? भनेको सुनेपछि गोरू गाले परेछ बा नाक टोपीले थुन्दिएर उठाउला भनेर लाज ढाकेको । थाहा पाएका गोसाईं बाले भने भो भो लाज नढाक गोरू फोएर घरजा तैंले जोत्नै सक्दैनस् नाथे। फो गोरू भनेर भन्दिएपछि नबोली गोरू फोएर घरतिर लागे उपप्रदान पञ्च।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरानी केमा लगाम बा ?

खरानी केमा लगाम बा...

सुरेशकुमार भट्ट
मर्ने कसरी रैछ मैले जाने नि दाइ ! हो है भाइ ?

मर्ने कसरी रैछ मैले...

सुरेशकुमार भट्ट
लुर्केको भाकल : उँधो न उँभो

लुर्केको भाकल : उँधो...

सुरेशकुमार भट्ट
धन्नै गएनन् माझघर बा

धन्नै गएनन् माझघर बा

सुरेशकुमार भट्ट
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x