साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निस्सासिएछ हावा

कार्वनडाइअक्साइडले आत्मसमर्पण गर्छ अङ्गहरु लुला हुन्छन् हावा थरर काँप्छ उसलाई साँकोमा अँठ्याएको महसुस हुन्छ स्वासप्रस्वासमा असहज हुन्छ हावा निस्सासिन्छ।

Nepal Telecom ad

शिवप्रसाद जैशी :

आजकाल उसलाई हावासँग झोँक चल्छ
हावाको समावेशिताप्रति उसको मनमा आगो बल्छ
भित्रभित्र आक्रोसित भावनाको भेल बग्छ
हृदयमा हावा पछार्ने खेल चल्छ
हावा आफूभन्दा माथि माथि भएको सपना पर्छ, उसलाई
उसले जताततै हावाको सम्राज्य देख्छ,
आफ्नो भन्दा ठुलो सम्राज्य !
सर्वत्र हावाको उपस्थिति उसलाई सह्य छैन
उसलाई हावा थुन्ने जेल बनाउन मन लाग्छ
उसको अनुमतिविना हावा चलेको पटक्क मन पर्दैन
विना अनुमति;
हावाले ओगटेको ठाउँ
हावा पुगेका गाउँ
अँह, मन पर्दैन।
र भन्छ
ए, हावा तिमी मेरो नियन्त्रण भन्दा बाहिर किन ?
मेरो आदेश र निर्देशनको अवज्ञा किन ?
किन समान रुपले बहन्छौ ?
पानी मेरो नियन्त्रणमा
खानी मेरो नियन्त्रणमा
नानी मेरो निन्त्रणमा
आनीबानी मेरो नियन्त्रणमा
साँधसिमाना मेरो नियन्त्रणमा
इमान जमान मेरो नियन्त्रणमा
मन, मस्तिष्क र आवाज मेरो नियन्त्रणमा
सबथोक मेरो अधिनस्थ हुँदा
तिमी किन स्वतन्त्र
किन मैमत्ता !
उसले हावालाई अराजक देख्छ
जुनको शीत र सुर्यको किरण
छेक्न सक्ने म
तिमी छिर्ने छिद्रहरु टाल्न सक्दैन र ?
भन्छ उसले।
हावा नियमपूर्वक बहेको
विभेद रहित भएको
प्रकृतीय चक्रमा घुमेको
प्राणीहरुलाई समानरुपले चुमेको
आक्रोशले, आदेश दिन्छ
सखाप पार्नुपर्ने गाउँ र ठाउँ तुफानी बेगमा जाउ
अमरत्वका प्रतिक्षित क्षेत्रमा शीतल पवन बनेर आउ।
उसको धम्कीमा हावा विघटनको उत्तेजना हुन्छ
र भन्छ
तिमीबाट नाइट्रोजन छुट्ट्याइ दिउँ
अक्सिजनलाई अलग पारि दिउँ
आर्गनलाई फँसाइ दिउँ
कार्वन डाइअक्साइडको विस्तार गरी दिउँ
निओन, हेलियम र क्रिप्टोनलाई निस्तेज पारि दिउँ।

नाइट्रोजन र अक्सिजन लडाइमा फँस्छन्
आर्गन, निओन, हेलिएन र क्रिप्टोन गुप्तवास बस्छन्
कार्वनडाइअक्साइडले आत्मसमर्पण गर्छ
अङ्गहरु लुला हुन्छन्
हावा थरर काँप्छ
उसलाई साँकोमा अँठ्याएको महसुस हुन्छ
स्वासप्रस्वासमा असहज हुन्छ
हावा निस्सासिन्छ।

०००
कैलाली, हाल- थानकाेट, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
घुसले खायो

घुसले खायो

शिवप्रसाद जैशी
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x