अमृत अधिकारीजान्छ नहेरी
जो पनि उम्कि हाल्ने जरिबाना तिरी भन्या केही नटेर्नेले कस्को सुन्नु फेरि दिउँसै रात पार्ने चाहिँ हिँड्छ नतिरी बाँकी राख्छ उधारो जान्छ नहेरी |

अमृत अधिकारी :
सधैंभरि अनशन बसि सुकिसक्यो अङ्ग
ऋषिहरुको तपस्यानै भइसक्यो भङ्ग
रङ्ग न ढङ्ग सबै कुरा छर्लङ्ग
जो सङ्ग धन भएनि मन हुन्छ झसङ्ग
जति हेरि बसेनि फेरि भयो झेल
थोरै अङ्क ल्याएनि जित्छन् यहाँ खेल
धेरै कुरा हुने ठाउँमा बढी हुन्छ चलखेल
बोल्नेकोत जे पनि बिक्न थाल्छ अचेल
बुझिसाध्य छैन गाँठे कस्तो हाउभाउ
जहिले पनि झटारोले पार्न खोज्छ दाउ
सुनको मात्रै सधैंभरि हुन्छ चर्को भाउ
नुन छर्के कहिले पनि निको हुन्न घाउ
जुन दिन पर्छ खाँचो कस्ले बोल्छ साँचो
चाँजोपाँजो मिले मात्रै टर्छ खरखाँचो
खनजोतनै नगरे हुन्छ खेत बाँझो
जति कर्म गरे पनि फल मिल्छ काँचो
यता चल्ने उता छल्ने कति चाँडै गल्ने
फल सबै कुहिएर रुख आफै ढल्ने
जो भिँड्न आए पनि गफ लडाएर बस्ने
हारजित छुट्याएर मनै जित्यौ भन्ने
जो पनि उम्कि हाल्ने जरिबाना तिरी
भन्या केही नटेर्नेले कस्को सुन्नु फेरि
दिउँसै रात पार्ने चाहिँ हिँड्छ नतिरी
बाँकी राख्छ उधारो जान्छ नहेरी |
०००
बैरेनी- ९, धादिङ
Subscribe
Login
0 Comments
Oldest








































