साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेडा र बाख्राको चहलपहल

सत्य कुरो नबुझी भेडाहरु पछि लाग्छन् सर्वत्र भेडा र बाख्राको चहलपहल छ । जसले पुज्छ पराइकै पाउ अनि पुच्छर यताउता दायावाँया उसैको हलचल छ ।

Nepal Telecom ad

मरुभूमि नारायण :

देश बेच्ने र रोक्नेको एकातिर पसल छ
न नेता असल छन् न छिमेकी असल छ ।

बारुलो मर्दैन आवाज सिंहको भए पनि
सैतानी उक्साहटले देश उथलपुथल छ ।

सौताने बाहरुको बिगबिगी बढ्दै गयो
यसमा आफ्नै बाउको दृष्टि कमसल छ ।

सत्य कुरो नबुझी भेडाहरु पछि लाग्छन्
सर्वत्र भेडा र बाख्राको चहलपहल छ ।

जसले पुज्छ पराइकै पाउ अनि पुच्छर
यताउता दायावाँया उसैको हलचल छ ।

जति शंख फुके पनि कसैले केही गर्दैन
उफ्रिन्छ भ्यागुतो न व्यवहार अब्बल छ ।

जोगाऊ आमा देश भोलि रहन्छ रहन्न
जेहोस् ऐलेसम्म मेरो देश सकुशल छ ।

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x